सामाजिक सुरक्षा कोषको अनलाइन सेवा आज र भोलि अवरुद्ध हुने

काठमाडौँ । सामाजिक सुरक्षा कोषले आफ्नो अनलाइन प्रणालीबाट प्रदान हुने सम्पूर्ण सेवाहरू दुई दिन अवरुद्ध हुने जनाएको छ। कोषले सूचना प्रणालीको परीक्षण गर्न लागेकाले आउँदो आज र भोलि तोकिएको समयमा सेवा बन्द रहने भएको हो।

कोषले एक सूचना प्रकाशित गर्दै आज दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म र शुक्रबार दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म अनलाइन सेवाहरू बन्द रहने जानकारी दिएको छ।

कोषको सूचना प्रणालीलाई आपत्कालीन अवस्थामा पनि सुरक्षित र सुचारु राख्न गरिने नियमित प्राविधिक परीक्षणका कारण सेवा प्रभावित हुन लागेको हो।

सूचनामा तोकिएको समयावधिभन्दा अगावै प्राविधिक परीक्षणको काम सकिएमा सेवा पुनः सुचारु हुन सक्ने पनि कोषले स्पष्ट पारेको छ।