आफैंले नियुक्त गरेको अध्यक्षलाई सरकार आफैंले गर्यो निलम्बन

काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न समिति गठन गरेसँगै उनी निलम्बनमा परेका छन्। सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष ओझाको योग्यता तथा नियुक्तिसम्बन्धी विषयमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो। उक्त समितिको संयोजकत्व उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीले गर्नेछन्। समितिमा बीमा क्षेत्रका विज्ञ कपिल ओली र […]

एसईईमा सूर्यविनायकबाट १० जनाको ४ जिपिए : कक्षा ८, १० र १२ का उत्कृष्ट विद्यार्थी सम्मानित

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाले माध्यामिक शिक्षा परीक्षा- कक्षा १० (एसईई), कक्षा ८ को आधारभूत तह तथा कक्षा १२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी र विद्यालयलाई विशेष सम्मान प्रदान गरेको छ। सोमबार नगरपालिकाले आयोजना गरेको कार्यक्रममा कक्षा ८, १० र १२ का उत्कृष्ट विद्यार्थीलाई नगदसहित सम्मान गरिएको हो । नगरपालिकाले कक्षा ८ को अन्तिम परिक्षा, […]

जनपक्षीय शिक्षा ऐनको माग गर्दै अखिल क्रान्तिकारीको प्रदर्शन, ९ नेता–कार्यकर्ता गिरफ्तार

काठमाडौँ । नेकपा बहुमत निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(क्रान्तिकारी)ले जनपक्षीय शिक्षा ऐनको माग गर्दै प्रदर्शन गरेको छ । माइतीघर मण्डलामा साेमबार विद्यार्थीहरूले पाेशाकमै प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा प्रहरीले उपाध्यक्षसहित ९ जना नेता–कार्यकर्तालाई गिरफ्तार गरेको छ । अध्यक्ष विरेन्द्र शाहले एक विज्ञप्ति जारी गर्दै पक्राउ परेका नेता–कार्यकर्ताको तत्काल रिहाइको माग […]

दुई ठूला दलको मिलोमतोमा संसद् ‘बिचौलियाको खेल मैदान’ भयो : प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई ठूला दलहरूले मिलोमतो गरेर संसद्लाई ‘बिचौलियाको खेल मैदान’ बनाइएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले नेपाली कांग्रेस र नेकपा एमालेको संसद्लाई ‘बिचौलियाको खेल मैदान’ बनाउने प्रवृत्ति देश र जनताका लागि लज्जास्पद र खेदजनक भएको टिप्पणी गरे । अध्यक्ष प्रचण्डले लोकतन्त्र सुदृढ […]

सर्लाहीबाट आएको हायसमा लागूऔषध फेला, चारजना पक्राउ

काभ्रे । काभ्रेको धुलिखेल–९ स्थित बीपी राजमार्गमा लागुऔषधसहित चारजना पक्राउ परेका छन्। सर्लाहीबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०३-००१ ज ०७७३ नम्बरको हायस गाडी चेकजाँचका क्रममा प्रहरी टोलीले गाडीको छतमा लुकाई राखिएको अवस्थामा २० हजार ९ सय ४० क्याप्सुल Tramadol, २ हजार ९ सय ५० ट्याबलेट नाइट्राजेपाम, Diazepam, Buprenorphine र Phenergan गरी ५३/५३ एम्पुल इन्जेक्सन बरामद […]

बलात्कार आरोपमा बालगृहकै प्रमुख अधिकृत पक्राउ

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकास्थित एक बालगृहमा आश्रय लिइरहेकी १७ वर्षीया किशोरीमाथि पटक–पटक बलात्कार गरेको अभियोगमा बालगृहका प्रमुख अधिकृत मधुसुदन राउतलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी परेपछि प्रहरीले राउतलाई काठमाडौको काँडाघारीबाट पक्राउ गरेको हो । पक्राउ परेका राउतलाई मकवानपुर ल्याइएको र आइतबार म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले […]

माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ, सरकारको उपलब्धि घुसकाण्ड मात्र भएको आरोप

REKHA SHARMA

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कर्मचारी सरुवा र नियुक्तिमा घुसको डिल गरेको आरोप लागेपछि प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले तत्काल छानबिन गर्न माग गरेको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै माओवादी केन्द्रकी सांसद रेखा शर्माले मन्त्री गुप्ताको नाम जोडिएको घुस प्रकरणबारे प्रधानमन्त्रीले संसदमा स्पष्ट जवाफ दिनुपर्ने बताइन् । उनले […]

बुङ्गल हाइड्रोको आइपिओ खुला

IPO

काठमाडौ । बुङ्गल हाइड्रो लिमिटेडको प्राथमिक शेयर (आईपीओ) मा आजदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले आफ्नो जारी पुँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको सय रुपैयाँ अंकित दरको २९ लाख ५ हजार कित्ता आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।जसमध्ये पहिलो चरणमा जारी पूँजीको […]

पार्टी निर्णयको विरोध गरेको भनेर जनमतले सोध्यो दुई नेतालाई स्पष्टीकरण

काठमाडौँ । जनमत पार्टीले दुई जना नेतालाई स्पष्टीकरण सोधेको छ। पार्टीको केन्द्रीय अनुशासन समितिले केन्द्रीय कार्यकारिणी सदस्य शम्भुनाथ साह (धनुषा) र वीरेन्द्र सोनार (रौतहट)लाई स्पष्टीकरण सोधेको हो। उनीहरूले पार्टी निर्णयको विरोध गरेको विधान विपरीत ढंगले अनुशासनहिनता प्रदर्शन गरेको अनुशासन समितिको ठहर छ। ‘तपाईं विगत केही दिन देखि सामाजिक सञ्जालहरूमा पार्टी निर्णयको विरोध गर्नुभएको र जनमत […]

प्रधानमन्त्री ओलीको अर्ती- तीस वर्षमा तीन सन्तान पाउनु,रमाउन चालिस नकुर्नु

काठमाडौँ, २७ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको समान विकास आवश्यक रहेको उल्लेख गर्दै समयमै विवाह गरी सन्तान उत्पादनमा लाग्न आग्रह गरेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित ‘राष्ट्रिय जनसङ्ख्या नीति, २०८२’ सार्वजनिक कार्यक्रममा ओलीले विकास र जनसङ्ख्याको गति सँगै हुनुपर्नेमा जोड दिए। जनसङ्ख्यालाई धर्तीका लागि उत्तरदायित्वका रुपमा लिनुपर्ने धारणा व्यक्त […]