राष्ट्रपतिको तलबभन्दा भत्ता बढी । ९ वर्षमा दोब्बरले बढाइयो सुविधा

काठमाडौं, १३ साउन । राष्ट्रपति र उपराष्ट्रपतिको तलबभन्दा भत्ता बढी छ । उनीहरूले लिँदै आएको सुविधा अब कानुनमा नै उल्लेख गर्न मस्यौदा संसदमा पुगेको छ । संविधानको धारा ७२ मा राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा संघीय ऐनमार्फत हुने भनिएको छ । संविधान जारी भएको २२ महिनापछि मात्र सरकारले यससम्बन्धी विधेयक संसदमा प्रस्तुत गरेको छ […]

१६ हजार बेराेजगारलार्इ जागिर खुल्दै । स्थानीय तहमा १६ हजार कर्मचारी अभाव

काठमाडाैं, १२ साउन । स्थानीय तहहरूमा १६ हजार १६ कर्मचारीको अभाव छ । कर्मचारी नहुँदा कतिपय स्थानीय तहको सेवा प्रवाह नै अवरुद्ध भएको छ । ठूलो संख्यामा कर्मचारी अभाव भएपछि स्थानीय विकास मन्त्रालयले व्यवस्थापन गर्न बुधबार सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ । स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले ७ सय ४४ वटै स्थानीय तहमा […]

विकास वजेटमा भ्रष्टाचार गर्नेहरुमाथि कारवाही गर्ने नेकपाको निर्णय

सल्यान, ११ साउन । नेपाल कम्युनिष्ट पार्टीले सल्यानमा जनताको विकास निर्माणमा आएका योजनाहरुमा भ्रष्टाचार गर्नेलाई कार्वाही गर्ने घोषणा गरेको छ । पश्चिमी क्षेत्रमा रहेको तत्कालिन स्वीकोट गाविसमा मंगलबार भएको पार्टीको भेलाले आर्थिक अनियमितता गर्ने, थोरै तथा गुणस्तरहिन काम गरि किर्ते कागज बनाई भ्रष्टाचार भएको भन्दै कारवाही गर्ने निर्णय गरेको हो । भेलाले जन भेटघाट भेला […]

विप्लव र प्रचण्ड मिलेर हलियाबाट घुस खाने मालपोतका हाकिममाथि यस्तो कारवाही

दिपायल, १० साउन । माओवादी केन्द्र र नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले संयुक्त रुपमा मुक्त हलियाबाट कमिसन खाने मालपोतका प्रमुखलाई कालोमोसो दलेका छन् । जिल्ला मालपोत कार्यालय डोटीका प्रमुख सुनिल सागर जोशीलाई मंगलबार दिउँसो दुर्इ पार्टीका कार्यकर्ताहरूले कालोमोसो दलेका हुन् । जोशीले मुक्त हलिया पुनःस्थापनाको रकममा कमिसन खान आएको भन्दै मुक्त हलियाले कार्यालयको गेटमा ताला लगाएर […]

यसरी फेरि लोडसेडिङ बढाइदैछ

काठमाडाैं, १० साउन । आगामी हिउँदमा मुलुकमा लोडसेडिङ हुने सम्भावना बढेको छ। नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ हटाउन अगाडि सारेका सबै काममा अवरोध भएपछि हिउँदमा लोडसेडिङको सम्भावना बढेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। बिजुलीको किफायती प्रयोगका लागि कार्यान्वयनमा ल्याउन लागिएको ऊर्जा दक्षता कार्यक्रम, २५ मेगावाटको ग्रिड सोलार कार्यक्रम रोकिएका छन्। भारतबाट थप बिजुली आयातका लागि […]

दार्जलिङमा माओवादीहरु छिरेको समाचारले दिल्लीमा हलचल

काठमाडौँ, ९ साउन । गोर्खाल्याण्डको माग गर्दै नेपालीभाषीको आन्दोलन झन्झन् चर्कर्दै गएको छ । भारतीय संचारमाध्यमहरुले भड्काउने खाले समाचार सम्प्रेशण गरिरहेका छन् । हिन्दुस्तान टाइम र टाइम्स अफ इन्डियाले गोर्खा जनमुक्ति सेनाले तोडफोडको लागि नेपालबाट २५–३० जना माओवादीहरु ल्याएको बताएका छन् । पश्चिम बंगालका उच्च अधिकारीको हवाला दिँदै उक्त समाचार सम्प्रेशण गरिएको छ । त्यसैगरी […]

गृहमन्त्री जनार्दनको आलोचना गर्ने प्रहरीका बहालवाला डिआइजी को हुन् ?

काठमाडौं, ९ साउन । नेपाल प्रहरीका डिआईजी सुदीप आचार्यले गृहमन्त्री जनार्दन शर्माद्वारा अगाडि सारिएको प्रहरी संरचना अवधारणाले विखण्डन निम्त्याउने टिप्पणी गरेका छन् । आइतबार गृह मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । गृहमन्त्री शर्माले सार्वजनिक गरेको ८४ बुँदे मार्गचित्रमा महानगर र उपमहानगरमा महाननगर प्रहरी, सहरी क्षेत्र र विकसित नगरपालिकामा नगर प्रहरी, सहरोन्मुख […]

सदावहार झगडिया पार्टी बनेको राप्रपा फेरि फुट्दै

काठमाडौं, ९ साउन । पूर्व पञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा विवाद र विग्रह हुनु कुनै नयाँ घट्ना होइन । बरु अनौठो त त्यतिबेला मान्नुपर्छ, जतिबेला राप्रपामा कुनै कचिंगल र विवाद हुँदैन । अब फेरि राप्रपा विभाजनकाे संघारमा पुगेकाे छ । केही समय अगाडि मात्रै एक ठाउँमा अाएका राप्रपाका नेताहरु फेरि फुटेर अाअाफ्ना गुटका अाअाफ्नै […]

बादलले आफूलार्इ मार्ने योजना बनाएको भन्दै प्रचण्डले बैठकमै आरोप लगाएपछि

काठमाडौं, ८ साउन । चुनावी समीक्षा गर्न बसेको माओवादी केन्द्रको केन्द्रीय सचिवालय बैठकमा शनिबार सम्पन्न भएको छ । अाइतबार पत्रकार सम्मेलन गरेर बैठकले लिएका निर्णय सार्वजनिक गरिएको हो । बैठकका एजेन्डा भन्दा पनि नेताहरुबीचको घोचपेचले बैठक अवधिभरि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा निकै छाए । बैठकले लिएका निर्णय भन्दा धेरै चर्चा समापनमा अध्यक्ष प्रचण्डले आफूलाई मार्ने […]

पार्टीभित्रका अन्तरघातीहरु खोज्दै प्रचण्ड

काठमाडौँ, ७ साउन । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहको निर्वाचनमा पार्टीको नीति र सिद्धान्त विपरित गएर चुनावमा अन्तरघात गर्ने जुनसुकै तहका नेता तथा कार्यकर्तालाई कडा कारबाही गर्ने नीति अख्तियार गर्ने भएको छ । । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज सम्पन्न पार्टीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले अन्तरघात गरेका पार्टीका नेता–कार्यकर्तामाथि कारबाही गर्ने निर्णय गरेको हो । […]