अमेरिकाले उत्तर कोरिया नजिकै पुर्यायो अत्याधुनिक बमबर्षक विमान

एजेन्सी । अमेरिकाको बमबर्षक विमानले उत्तर कोरिया नजिकै उडान भरेको बताइएको छ । पेन्टागनले सो कुराको दाबी गरेको हो ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनकी प्रवक्ता डाना ह्वाइटले उक्त उडान ‘राष्ट्रपतिसँग कुनै पनि खतरासँग जुट्नका लागि थुप्रै विकल्प रहेको’ भनी दर्साउनका लागि गरिएको बताएकी छिन् ।

केही समय यता उत्तर कोरिया र अमेरिकाबिच वाकयुद्ध निकै तिखो भएको छ । अमेरिकाको तर्फबाट जारी बयानमा अमेरिका उत्तर कोरियाको ‘लापरवाही’ दृष्टिकोणलाई निकै गम्भीरतापूर्वक लिइने बताइएको छ ।

मंगलबार संयुक्त राष्ट्रमा दिएको आफ्नो भाषणमा ट्रम्पले यदि अमेरिकालाई आफ्नो र आफ्ना सहयोगीको रक्षाका लागि बाध्य बनाइए उत्तर कोरियालाई पूर्ण रुपमा नष्ट गरिदिने चेतावनी दिएका थिए ।

यसैबिच उत्तर कोरियाली विदेशमन्त्रीले संयुक्त राष्ट्रमा भाषण दिनु बाँकी छ । शनिबार उत्तर कोरियाको परमाणु परिक्षण स्थल नजिकै ३.४ म्याग्निच्यूडको भूकम्प दर्ता गरिएको थियो । जसका कारण उत्तर कोरियाले पुनः अर्को परमाणु परिक्षण गरेको आशंका फैलिएको छ ।

यद्यपी, विशेषज्ञले शनिबार दर्ता गरिएको भूकम्प प्राकृतिक घटना भएको बताएका छन् ।

Loading...