गृहमन्त्री जनार्दनले अब बौद्धिक सम्पत्तिको चोरी गर्नेलाई कारवाही गर्ने

काठमाडौँ, ७ साउन । गृहमन्त्री जनार्दन शर्माले बौद्धिक सम्पत्तिको चोरीलाई नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानले आज आयोजना गरेको ‘पृथ्वी पाँचौँ राष्ट्रिय लोकदोहोरी अवार्ड’ को शुभारम्भ गर्दै मन्त्री शर्माले कला, गीत तथा लोकदोहोरीलगायत बौद्धिक सिर्जनामा भ्रष्टाचार गर्ने तथा त्यसको विकासमा अवरोध पु¥याउने व्यक्ति वा संस्थालाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त […]

ओलाङचुङ्गोला हुँदै चीनसँग जोडियो नेपालको सडक सञ्जाल

ताप्लेजुङ, ७ साउन । छिमेकीमुलुक चीन र पूर्वी नेपालको ओलाङ्चुङगोला सडक सञ्जालले जोडिएको छ । सात महिना अघिदेखि नेपाल र चीनको सीमा क्षेत्र टिपतालाबाट निर्माण सुरु गरिएको सडक निर्माणकार्य ताप्लेजुङको ओलाङचुङ्गोला बस्तीसम्म आइपुगेपछि चीन र ओलाङचुङ्गोला सडक सञ्जालले जोडिएको हो । शुक्रबार चिनियाँ ड्राइभर स्काभेटरलगायतका मेसिनसहित ट्र्याक खोलेर ड्राइभर बस्तीमा आइपुगेपछि स्थानीयवासी हर्षित भएका छन् […]

देउवा सरकारले देशको नाम फेर्न थालेपछि सांसदहरु उत्रिए विरोधमा

काठमाडौं, ७ साउन । शेरबहादुर देउवा नेतृत्वको सरकारले देशको नाम नै फेर्न थालेको भन्दै सांसदहरु विरोधमा उत्रिएका छन् । सरकारले आम नेपाली नागरिकका लागि जारी गर्न थालेको राष्ट्रिय परिचय पत्रमा देशको नाम फेरेपछि सांसदहरुले यस्तो विरोध जनाएका हुन् । ठूलो महत्वकांक्षाका साथ सरकारले नागरिकलाई स्मार्ट डिजिटल कार्ड जारी गर्न थालेको छ । सोही परिचय पत्रमा […]

व्यापक विरोधपछि प्रचण्ड शताब्दी पदक फिर्ता गर्न बाध्य

काठमाडौं, ५ साउन । साउन ३ गते मंगलबार एउटा समाचार निकै चर्चामा रह्याे । नेकपा (माओवादी केन्द्र)का प्रचण्डलार्इ एउटा संस्थाले अहिलेसम्मकै ठूलाे सम्मानकाे घाेषणा गर्याे । दुर्इ पटक प्रधानमन्त्री भइसकेका माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्ड निकै खुसी हुँदै उक्त कार्यक्रममा सहभागी पनि भए । शताब्दी पदकबाट अाफूलार्इ सम्मान गरिने भएपछि उनी खुसी नहुने कुरा नै थिएन […]

प्रचण्डले यस्तो घोषणा गरेपछि सबै दङ्ग

काठमाडौं, ५ साउन । नेकपा माओवादी केन्द्रका प्रचण्डलाई सम्मानको भोक भएका नेताको रुपमा लिइन्छ । सम्मान पाउने कार्यक्रम प्राथमिकतामा पर्छ भन्‍ने आरोपबीच प्रचण्डले सम्मान तथा पदक नलिने घोषणा गरेका छन् ।  त्रिमूर्ति निकेतनले पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डलाई ‘त्रिमूर्ति सम्मान र शताब्दी पदक’बाट सम्मानित गर्ने निर्णय गरेको थियो । प्रचण्डको निजी सचिवालयले बिहीबार प्रेस नोट जारी […]

छोरीहरू र ज्वाई मिलेर आफ्नै बाबुको हत्या

चितवन, ५ साउन । पूर्वी चितवनको कालिका नगरपालिकास्थित पदमपुरमा एक पुरुषको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार कालिका नगरपालिका–२ स्थित पदमपुरका ५० वर्षीय भुमिनन्द दुलालको बुधबार यसरी हत्या भएको हो । घटनाको प्रारम्भिक अनुसन्धानमा उनका छोरीहरू अञ्जना दुलाल, बेलकुमारी दुलाल, अप्सरा दुलाल र ज्वाई टेकबहादुर बुढासहितका व्यक्तिको […]

गोलाकारभित्रको हसिया हथौडा फेर्न प्रचण्डलाई चर्को दवाव

काठमाडौं, ४ साउन । स्थानीय निर्वाचनमा नराम्रो पराजय व्यहोरेपछि सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) समीक्षामा छ । पार्टीको विभिन्न तहको बैठक बसालेर सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनाव हार्नुका कारण खोतलिरहेका छन् । यसैबीच प्रचण्डलाई तल्ला तहका नेताहरुले पार्टीको चुनाव चिन्ह फेर्न माग गरेका छन् । अधिकांश जिल्ला इन्चार्जहरुले अहिले प्रयोग गरिरहेको पार्टीको चुनाव […]

उत्तर काेरियाले दक्षिणकाे वार्ता प्रस्तावकाे अझै जवाफ दिएन

सोल, ३ साउन । दक्षिण कोरियाले उत्तर कोरियासँग राखेको सैन्य वार्ताको प्रस्तावप्रति उत्तर कोरियाले कुनै जवाफ पठाएको छैन । दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तरसँग रक्षा र सैनिक सम्बन्धमा वार्ताका लागि सोमबार मात्र वार्ताको प्रस्ताव गरेको हो । तर मङ्गलबारसम्म यस विषयमा कुनै सहमति वा असहमतिबारेको प्रतिक्रिया उत्तरले दिएको छैन । दक्षिण कोरियाको रक्षा मन्त्रालयका प्रवक्ता […]

गणतान्त्रिक नेपालका राष्ट्रपतिबाट सञ्चारमाध्यममाथि राजाकालीन विभेद

काठमाडौं, ३ साउन । मुलुकको शासनपद्धति र शासक फेरिए पनि प्रवृत्ति भने अझै फेरिएको छैन। त्यसको पछिल्लो उदाहरण हो सोमबार भएको नयाँ प्रधानन्यायाधीशको शपथ ग्रहण। उक्त सपथ ग्रहण कार्यक्रममा राष्ट्रपति कार्यालयले निजी क्षेत्रका सञ्चारमाध्यमलाई प्रवेश दिएन। जनआन्दोलनको बलमा दुई सय ४० वर्ष लामो राजतन्त्रको अन्त्यपछि मुलुकको सर्वोच्च पदमा जनता पुग्दा पनि राष्ट्रपति कार्यालयले प्रधानन्यायाधीशको शपथ […]

किन खन्याउँदैछन अाइएनजिअाेले मधेशमा अरबौ रकम

काठमाडौं, ३ साउन । तराई-मधेसका २२ जिल्लामा एक वर्षमा मात्रै २३ अर्बभन्दा बढी रकम अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजोओ) मार्फत खर्च गरिएको खुल्न आएको छ। ती जिल्लामा आर्थिक वर्ष २०७३/७४ मा सात सय ४५ वटा परियोजनामार्फत २३ अर्बभन्दा बढी रकम खर्च गरिएको हो। उक्त रकम खर्चका लागि ७३ वटा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था झापादेखि कञ्चनपुरसम्मका भित्री मधेससहितका […]