क्रान्तिकारी पत्रकार संगठन नेपाल सुर्खेतको जिल्ला सम्मेलन सम्पन्न

काठमाडाैं, २ असोज  । क्रान्तिकारी पत्रकार संगठन नेपाल सुर्खेतको प्रथम जिल्ला सम्मेलन विरेन्द्रनगरमा सोमवार सम्पन्न भएको छ । स्थानीय मिडियामा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराउन संघर्ष गर्ने प्रस्ताव पास गर्दै क्रान्तिकारी पत्रकार संगन नेपाल सुर्खेतको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको हो ।

सुर्खेत जिल्ला सदरमुकामबाट संचालित करिव १९ वटा स्थानीय सञ्चार गृहमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराउन संगठनले पहल गर्ने निर्णय पारित गरेकाे छ । हाल सुर्खेतमा २ वटा केवल टेलिभिजन, ५ वटा एफएम रेडियो, २ वटा साप्ताहिक र १० वटा दैनिक पत्रिका नियमित रुपमा सञ्चालन हुँदै अाएका छन् । संचारगृहलाई लगानी मैत्री गराउनुका साथै श्रमजीवी मैत्री बनाउनेमा क्रान्तिकारी पत्रकार संगठन नेपाल सुर्खेतले जोड दिने नवनिर्वाचित अध्यक्ष नवराज न्याैपानेले बताएका छन् । 

क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय अध्यक्ष प्रभात चलाउनेले गरेका हुन् । सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष चलाउनेले नागरिकको जीवनसँग नजोडिएको पत्रकारिताकाे अर्थ नहुने बताए । उनले पत्रकारहरु विचार र दृष्टिकोणमा प्रष्ट हुनुपर्नेमा जाेड दिँदै विचार, राजनीति र दृष्टिकाेणमा प्रष्ट नहुने वा बुझ्दै नबुझ्ने पत्रकार वा त्यस्ताे पत्रकारिताले समाजलार्इ सही मार्गनिर्देशन गर्न नसक्ने दावी गरे । दृष्टिकोणबाट प्रष्ट नभएका पत्रकारहरुले राजनीतिलाई बुझ्न नसक्ने र राजनितिलाई नबुझेका पत्रकारहरुले मिडिया कन्टेनलाई बुझ्न नसक्ने हुँदा त्यसले अन्याैलता वा भ्रम मात्र पैदा गर्ने उनकाे भनार्इ थियाे ।

विगतमा नेपाल पत्रकार महासंघले मिडिया हाउसमै पुगेर अान्दाेलन गरेकाे सन्दर्भ उल्लेख गर्दै चलाउनेले पत्रकारकाे भाैतिक, पेशागत र सामाजिक सुरक्षाका क्षेत्रमा अाफूहरुले थुप्रै काम गरेकाे बताए । उनले क्रान्तिकारी पत्रकार संगठनले सदैव श्रमजीवी पत्रकारकाे हितमा काम गर्ने बताए । साथै मिडियाकाे जनपक्षीय भूमिका बढाउन संगठनले देशव्यापी बहस थालिरहेकाे जानकारी गराए । 

नागरिकको अभिव्यक्ति स्वतन्त्रता नहुँदासम्म प्रेस स्वतन्त्रता हुन नसक्ने दावी गर्दै अध्यक्ष चलाउनेले हिजाेअाज नेपाली मिडियामाथि अाउने कन्टेन्टबाट त्यति सन्तुष्ट हुन सक्ने अवस्था नरहेकाे बताए । मिडियाले अाफूलार्इ आवाज विहिनहरुको आवाज भन्ने गरे पनि जसकाे अावाज छ वा जसले बाेल्छ उनीहरुकै बाेलीलार्इ प्राथमिकताका साथ समाचार बनाउने गरेकाे सन्दर्भ उनले उठाए । त्यस्तै कर्पाेरेट लगानीकर्ताले मोफसलमा मिडियामा लगानी गर्न नचाहाने, राजधानीबाट ठूलाे लगानीमा खुलेका केही मिडियाले माेफसलका कन्टेन्टलार्इ भन्दा उच्च अाेहाेदाका राजनीतिक नेताका बाेलीलार्इ प्राथमिकता दिने र राजधानीका साना साना कुरालार्इ प्रथम पृष्ठमा अटाउने गरेकाे बताए । जसले गर्दा देशमा मिडियाकाे समुचित विकास हुन नसकेकाे उनकाे भनाइ थियाे ।

2

श्रमजिवी पत्रकार ऐनलाई कार्यान्वयन गराउन आफुले चुनाैतीपूर्ण जिम्मेवारी सम्हालेको बताउँदै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराउनका लागि जस्तोसुकै मुल्य पनि चुकाउन आफु तयार रहेको बताए । उनले श्रमजीवी पत्रकारहरुलार्इ कतै पारिश्रमिक नपाएका वा पेशागत असुरक्षाका कुरा भए महासंघमा अाएर सम्पर्क गर्न अाह्वान पनि गरे । महासंघ श्रमजीवी पत्रकारहरुकै साझा संस्था भएकाेले कुनै पनि पत्रकारलार्इ अाइपर्ने समस्या समाधानमा लागि पर्नु अाफ्नाे दायित्व भएकाे उनले बताए । 

सम्मेलनमा नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेश कञ्चन भारती, क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रिय सदस्य दिप बहादुर घर्ती, बरिष्ठ बाम्पन्थी पत्रकार तथा साहित्यकार लिलाधर गौतम, प्रेस चौतारी सुर्खेतका अध्यक्ष सुर्यप्रकाश कँडेल, नेपाल पत्रकार महासंघका प्रदेश पार्षद तथा पत्रकार जीवन शाक्य लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

सम्मेलनले नवराज न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति चयन गरेकाे छ । जसअनुसार उपाध्यक्षमा सरस्वती गौतम, सचिव धनसिंह विक, सहसचिबमा महेन्द्र विष्ट र कोषाध्यक्षमा सिद्धबहादुर खड्का रहेका छन् । त्यस्तै सदस्यमा रगविर विश्वकर्मा, हरिलाल महतारा, दिपक अधिकारी, हिराजन बुढा, खीमलाल बुढा र जगत कुमार विक रहेका छन् ।

Loading...