असोज २० , काठमाडौँ / नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँशक्ति पार्टीबीच चुनावी चुनावी वामपन्थी गठबन्धन बनेपछि नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले मुलुकको राजनीतिमा अब सच्चा कम्युनिष्ट र वामपन्थीको धु्रवीकरण हुने बताउनुभएको छ ।
म्याग्दी सदरमुकाम बेनीमा पत्रकारसँग कुरा गर्दै नेता गजुरेलले तिन पार्टीबीचको चुनावी तालमेल र पार्टी एकीकरण गर्ने सहमति दक्षिणपन्थीको गठबन्धन भएको आरोप लगाउनुभयो । तीन दलबीच हुने एकताले नेपालको कम्युनिष्ट आन्दोलनमा कुनै फरक नपर्ने जिकिर पनि उहाको थियो ।