सौराहाका सबैजसाे हाेटलमा अब स्विमिङ पुल बनाइने

चितवन । पर्यटकीय नगरी सौराहामा होटल मा मात्रै सात अर्ब रुपैयाँ लगानी भएको छ।

सौराहामा साना ठूला गरि १ सय १० वटा होटल संचालनमा छ।क्षेत्रीय होटल संघका अध्यक्ष सुमन घिमिरेले सौराहाका होटलमा सात अर्ब रुपैयाँ भन्दा बढी लगानी भइसकेको बताए।सौराहामा अहिले होमस्टेदेखि सुविधा सम्पन्न होटल संचालनमा छ।सौराहामा रहेका होटलमा अहिले स्विमिङ पुलदेखि अरु सुविधा थप्ने प्रतिस्पर्धानै सुरु भएको छ।

माओवादी शान्ति प्रकृयामा आएपछि १० करोड लगानीमा गेमिङ जोनसहित होटल सेभेन स्टार संचालनमा आएको थियो।यो होटल संचालनमा आएको दुर्इ महिनामै १५ करोड लगानीमा बाघमारामा सुविधा सम्पन्न ल्यान्डमार्क फरेष्ट रिर्सोट र सौराहाकै मैनाहमा सेन्ट्रल पार्क होटल खुलेको थियो।सौराहामा सबैभन्दा पुरानो र सुविधा सम्पन्न होटल प्याराडाईज, होटल ग्रीन पार्क, ल्याडमार्क, होटल, सेभन स्टार र होटल सेन्टल पार्क हुन्।

लगानी र स्तर वृद्धि गरेका होटलमा सपना भिलेज लज, होटल जंगल क्राउन, होटल बाईल्ड लाईफ क्याम्प, होटल जंगल सफारी लज, पार्क ल्याण्ड, जंगल वर्ल्ड रिर्सोट, राइनो लज र होटल रोयल सफारी रहेका छन् । सौराहामा रहेका ठूला होटलमा मात्रै रहेको स्विमिङ पुल अरु होटलमा पनि निर्माण गर्न थालिएको छ। पर्यटकको माग अनुसार सौराहाका होटलमा स्विमिङ पुल निर्माण हुन थालेको क्षेत्रीय होटल संघका निर्वतमान अध्यक्ष ज्ञानेन्द्रकुमार विष्टले बताए ।

 

होटल जंगल क्राउन, होटल पार्क ल्याण्ड, होटल वाईल्ड लाईफ क्याप, होटल जंगल वर्ल्डमा समेत स्विमिङ पुल संचालनमा आइसकेको छ।सौराहामा २० करोडभन्दा बढी लगानीका होटल तीन दर्जन भइसकेको संघका कोषाध्यक्ष शिरलाल परियारले बताए।

रेष्टुरेन्टमा पनि लगानी बढ्दो

सौराहामा अहिले रेष्टुरेन्टमा समेत लगानी बढ्न थालेको छ।विगतमा परम्परागत रुपमा संचालनमा आएका रेष्टुरेन्टमा अहिले ठूलो लगानी गरेर संगितसहितको रेष्टुरेन्ट खुल्न थालेको छ।

संघका कोषाध्यक्ष समेत रहेका शिरलाल परियार र कलाकार सन्तोष पन्तको छोरा साकार पन्तको लगानीमा लायन डेन पव एण्ड म्युजिक बार संचालनमा आएको छ।स्वदेशी र विदेशी पर्यटकलार्इ लक्षित गर्दै बलेसी रेष्टुरेन्ट पनि संचालनमा आएको छ। जंगल सफारी, हात्ती सफारी, डुङ्गा सयर, जीप सफारी, जंगल बाक, गाडा सयर, थारु नयाँको मज्जा लिदै आएका पर्यटकले सांगितिक महोलसहितको रेष्टुरेन्टमा बसेर आनन्द लिन सक्ने बलेसी रेस्टुरेन्टका सञ्चालक विनोद लोप्चनले बताए।

सौराहामा निकुञ्जमा जिप सफारी, हात्ती सफारी, डुङ्गा सयर, इलिफेन्ट बाथ, राप्ती नदीमा सूर्यास्तको दृश्य, जङ्गल घुमफिर, हात्ती प्रजनन् केन्द्र अवलोकन, निकुञ्जका गोही प्रजनन, कछुवा संरक्षण र गिद्ध संरक्षण केन्द्र अवलोकन गर्न सकिन्छ।

Loading...