नर्भिक अस्पतालमा प्रचण्ड पुत्र प्रकाश दाहालकाे निधन

काठमाडौं, ३ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको निधन भएको छ । हर्ट अट्याक भएर अाज बिहान ४ बजे बेहाेस अवस्थामा थापाथलीस्थित नर्भिक अस्पतालमा ल्याइएका प्रकाशकाे अस्पतालमा पुगेपछि निधन भएकाे बताइएकाे छ । नर्भिक अस्पतालका एक चिकित्सकले प्रकाशको निधन भएको जानकारी दिएका छन् । पूर्व पर्धानमन्त्री समेत रहेका पिता प्रचण्ड […]

प्रचण्डपुत्र प्रकाश दाहाललार्इ हृदयघात, चिन्ताजनक अवस्थामा नर्भिकमा लगियाे

काठमाडाैं, ३ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहाललार्इ हृदयघात भएकाे छ । उनकाे अवस्था चिन्ताजनक रहेकाे पारिवारिक स्राेतले जनाएकाे छ । अकस्मात हृदयघात भएपछि प्रकाशलार्इ अाज बिहान ४ बजे राजधानीकाे थापाथलीस्थित नर्भिक अस्पतालमा अचेत अवस्थामा ल्याएर भर्ना गरिएको थियाे । छोरा बिरामी परेपछि झापाको विर्तामोडमा बास बसेका दाहाल हेलिकोप्टरबाट […]

रामबहादुर थापा र माधव नेपाललार्इ लक्षित गरी बम प्रहार

काठमाडौं, २ मंंसिर । वाम गठबन्धन र नेपाली काँग्रेसको चुनावी सभामा सहभागी हुन कार्यकर्ता चढेको बस तथा जीपलाई लक्षित गरी बम बिष्फाेट भएको छ । सुनकोशी गाउँपालिका–७ च्यानममा शनिबार बिहान बम विस्फोट भएपछि त्यस क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ । सुनकोशी गाउँपालिका–७ च्यानममा बम विस्फोट भएको प्रहरी निरीक्षक सीता कार्कीले जानकारी दिइन् । विस्फोटमा मानवीय […]

जनसांस्कृतिक महासंघका महासचिव थपलिया गिरफ्तार

अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियालाई प्रहरीले गिरफ्तार गरेको छ । महासचिव थपलियालाई शुक्रबार काठमाडौंबाट प्रहरीले बिनाकारण गिरफ्तार गरेको सो संगठनले जनाएको छ । थपलियामाथि प्रहरीले बिना कारण धरपकड गरेर गिरफ्तार गरेको भन्दै संगठनले आपत्ति जनाएको छ । आफ्ना महासचिवलाई तत्काल रिहा गर्न समेत महासंघले चेतावनी दिएको छ । नेपाल कम्युनिष्ट पार्टी निकट महासंघका […]

जनार्दनलार्इ एक महिलाले चुनावी सभामै हानिन चप्पल

रुकुम, ३० कार्तिक । माओवादी केन्द्रका नेता तथा पूर्व गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’माथि रुकुममा एक महिलाले चुनावीसभामै चप्पल प्रहार गरेकी छन् । रुकुमको बाफिकोट गाउँपालिकाको नेटामा सहिद परिवार निर्मला खड्काले चप्पलले हिर्काएको बताइएको छ । रुकुमबाट प्रतिनिधसभा सदस्यका उम्मेदवार समेत रहेका शर्मा चुनावीसभामा सहभागीताका लागी बाफिकोट पुगेका बेला आमसभा स्थलमै खड्काले चप्पल प्रहार गरेपछि उनलाई […]

बर्षमानका प्रतिस्पर्धी पुन चढेको गाडीमा बम बिष्पोट

रोल्पा । नेपाली काँग्रेस रोल्पाका सभापति एवम सिचाई राज्यमन्त्री अमरसिंह पुन चढेको गाडीमा बम बिष्पोट भएको छ । बिहीबार दिउसो चुनाव प्रचारप्रसारका लागि रोल्पाको घोडागाउँमा जाँदै गरेका बहालवाला सिंचाइ राज्यमन्त्री पुन चढेको गाडीमा बम प्रहार भएको हो । चुनाव नजिकिंदै जाँदा बिष्पोटका घटनाहरु बढ्दै गइरहेका छन् । आजै बागलुङ गलकोटको हटियामा बम विस्फोट भएको छ […]

नेकपाको नेतृत्वमा क्रान्तिको प्रक्रिया अगाडि बढिरहेको छ : प्रकाण्ड

काठमाडौं, ३० कार्तिक । नेपाल कम्युनिस्ट पार्टीले केही सञ्चारमाध्यमले सुनियोजित रुपमा पार्टीका विरुद्ध भ्रामक समाचार प्रकाशित गरेको भन्दै त्यसबारे भ्रममा नपर्न आग्रह गरेको छ । नेकपाका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डले कम्युनिस्ट न्यूज सेन्टरसँग कुरा गर्दै पार्टी महासचिव र प्रवक्ताले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेको भन्दै प्रकाशित गरिएको समाचार विल्कुलै झुट रहेको बताए । […]

एमाले र माओवादी केन्द्रका उम्मेदवारसहित चार नेता चढेको गाडी एम्बुसमा

संखुवासभा, २८ कार्तिक । नेकपा (एमाले) र माअाेवादी केन्द्रका उम्मेदवारसहितका नेताहरु चढेकाे गाडी एम्बुसमा परेकाे छ । संखुवासभाकाे बाह्रबीसेमा अायाेजना गरिएकाे सभामा जान लागेका बेला नेताहरु चढेकाे गाडी एम्बुसमा परेकाे हाे । अज्ञात समूहले गराएकाे वम विष्फाेटबाट मानवीय क्षति भने नभएकाे संखुवासभामा प्रहरीले जानकारी दिएकाे छ । उक्त गाडीमा बाम गठबन्धनका ४ जना नेताहरु राजेन्द्र […]

नेमकिपा सचिव सुवालले दमननाथलाई भारतको भनेपछि अध्यक्ष बिजुक्छेले भने,”समर्थन छैन”

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आफु र आफ्नो पार्टीले काँग्रेसका उम्मेदवार दमननाथ ढुंगानालाई समर्थन नगरेको बताएका छन ।   नेपाली काँग्रेसका उम्मेदवार दमननाथ ढुंगाना नेमकिपा अध्यक्ष बिजुक्छेको मीत भएको र उनको समर्थनमा नेमकिपाले २ नम्बरमा कमजोर उम्मेदवार उठाएको हल्ला भक्तपुरभरि फैलिएप५ि बिजुक्छेले ढुंगानाकाे समर्थनमा आफुहरु नरहेको बताएका हुन् ।     सोमबार […]

आपत्तिजनक अवस्थामा वडाध्यक्ष पक्राउ

महोत्तरी । जलेश्वर नगरपालिकाका-८ का वडा अध्यक्ष आफ्नै दलित महिला वडा सदस्यसँग अनुचित सम्बन्ध राखेको आरोपमा पक्राउ परेका छन् । दलित महिला वडा सदस्यसँग आपत्तिजनक अवस्थामा फेला परेपछि प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–८ का वडाध्यक्ष विजयकुमार सिंह रहेका छन । उनलाई दलित महिला वडा सदस्यको घरमा महिलाका देवर, ससुरा र जेठाजुले […]