नेकपा र फोरमबीच पार्टी एकिकरणको घोषणा, मधेसमा पार्टीका नाममा खुलेका पसल बन्द हुने दावी

काठमाडौं वैशाख १७ गते । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) र तराई मधेश फोरम नेपालबीच एकिकरण घोषणा भएको छ । मंगलवार बिहान नेकपाका अध्यक्ष प्रचण्डको निवास खुमलटारमा एक कार्यक्रम गरि एकिकरणको घोषणा गरिएको हो । तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट अलग भइ तराई मधेश फोरम गठन गरेका मधेसबादी नेता अमर यादवको दल नेकपामा एकिकृत […]

महानगर र खुलामञ्च बेच्ने ठेकेदारका सबै कागजात अख्तियारको नियन्त्रणमा

काठमाडौ, १६ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका र जलेश्वर, स्वच्छन्द र बिकोइ कम्पनीबीच २०७१ साल फागुन २२ गते भएको सम्झौताको सम्पूर्ण कागजपत्र नियन्त्रणमा लिएको छ । आइतबार दिउसो महानगरको मुख्यालयमा पुगेको टोलीले बिवादित खुला मञ्चको सटर भाडामा दिएको विषयको सम्पूर्ण कागजात नियन्त्रणमा लिएको हो । अख्तियार स्रोतका अनुसार टोलीले सम्झौतापत्र, संरचना निर्माण […]

परिवर्तनका लागि मर्न पनि तयार रहेको भन्दै रेखा थापा यसरी गर्जिन

काठमाडौं । ‘नो ट्याक्स नो एनसेल’ अभियान संचालन गर्दै आएका अभियन्ताहरुले एनसेलको सिमसँगै कर छलिलाई संरक्षण र प्रोत्साहान गर्नेहरुलाई बहिस्कार गर्नुपर्ने समय आएको धारणा राखेका छन् । आइतबार काठमाडौंको अनामनगरस्थित संवाद डबलीमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनीहरुले उक्त धारणा राखेका हुन् । कार्यक्रममा बोल्दै नेपाली चलचित्र उद्योगकी चर्चित नायिका एवं सामाजिक अभियन्ता रेखा थापाले […]

कर्मचारीको कार्यक्रममा मन्त्रीको दावी, सबै पालिकाले शिक्षा अधिकारी पाउनु ठूलो सफलता

भक्तपुर, १५ बैशाख । नेपाल निजामती कर्मचारी संगठन स्थापनाको २९ औं वार्षिकोत्सवको अवसर पारेर उक्त संगठनको शिक्षा विभागीय कार्यसमितिले चार कार्य एकसाथ सम्पन्न गरेको छ । सानोठिमीमा आयोजित एक बिशेष कार्यक्रमकाबीच चार कार्य एकसाथ सम्पन्न गरिएको हो । शिक्षा विभागीय कार्यसमितिका अध्यक्ष शिवराज पोखरेलको अध्यक्षताका भएको उक्त कार्यक्रममा संगठनले शिक्षा सेवाबाट बिशिष्ठ श्रेणीमा बढुवा भएका […]

सडकमा गुडिरहेको कारमाथि क्रेन खस्दा च्यापिएर ४ को मृत्यु

काठमाडाैं । अमेरिकाको सियाटलमा क्रेनको केही भाग खसेर सडकमा गाडी च्यापिँदा चारजनाको ज्या गएको छ। निर्माण क्षेत्रमा प्रयोग भएको क्रेनको केही भाग अचानक सडकमा खस्दा गुडिरहेका गाडी च्यापिएका हुन् । घटनामा तीनजना घाइते भएका छन् । सियाटलको साउथ लेक युनियन डिस्ट्रिकको बाटोमा क्रेन खसेको हो । ज्यान गुमाउनेमा दुईजना क्रकेनका चालक हुन् भने अरु दुईजना […]

खुल्लामञ्चमा चल्यो डोजर, व्यापारीको भागाभाग

काठमाडौं । नक्कली कागजात तयार पारेर बेचिएकाे खुल्लामञ्चमा बनाइएका संरचना हटाउन डाेजर लगाइएकाे छ । काठमाडौं महानगरपालिकाले खुल्ला मञ्चका भौतिक संरचना हटाउन डाेजर लगाएकाे हाे । शनिवारदेखि डोजरको प्रयोग गरेर अवैध संरचना हटाउनेकाे काम सुरु भएकाे महानगरपालिकाका एक कर्मचारीले ननस्टपखबरलाइ जानकारी दिए । खुलामञ्चभित्र बनाइएका सटर लगायतका संरचनाहरु डोजरले भत्काउन थालेपछि त्यहाँ रहेका पसलेहरुमा भागाभाग […]

खुल्लामञ्च बेचेर बनाइएका संरचना भत्काउन निर्देशन

काठमाडौं, १४ बैशाख । नक्कली कागजपत्र तयार पारेर बेचिएको खुल्लामञ्चका संरचना भत्काइने भएका छन् । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले खुलामञ्चको जग्गामा निर्माण भएको संरचनाको विषयमा अनुगमन गर्न उपमेयर हरिप्रभा खड्गीलाई पत्र लेखेका छन । कामपा अनुगमन समितिको संयोजकसमेत रहनुभएका उपमेयर खड्गीलाई गएको चैत २४ गते सम्पन्न नगरसभाको बैठकमा खुला मञ्चको जग्गाको विषयमा अनुगमन गर्न […]

घरेलु हतियार देखाएर कर्मचारीलाई तर्साउँदै तस्कर

जनकपुरधाम, १४ बैशाख । सीमा क्षेत्रमा पछिल्लो समय तस्करी निकै बढेको छ । तस्करहरुले कर्मचारीलाई घरेलु हतियार देखाएर तर्साउने समेत गरेका छन् । सशस्त्रको टोली टोली र भन्सार कर्मचारीको निरिहताका कारण तस्कर सल्बलाइरहेको स्थानीय व्यापारी बताउँछन । कर्मचारी र सुरक्षाकर्मीले बेवास्ता गर्दा सेटिङमा तस्करी हुने गरेको पाइएको छ । केही घटनाले त्यसको पुष्टि हुन्छ । […]

टेलिकमले ल्यायो विद्यार्थीहरूका लागि निशुल्क सिमसहित विशेष प्याकेज

काठमाडौं । नेपाल टेलिकमले एसईई दिएका र अन्य विद्यार्थीहरूका लागि विभिन्न अफर उपलब्ध गराइरहेको छ । टेलिकमले एसईई परीक्षा दिएका र उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूका लागि उपलब्ध गराएको यो आकर्षक ‘विद्यार्थी अफर’ विद्यार्थीमाझ लोकप्रिय भइरहेको छ । पहिलेदेखि नै उपलब्ध सो अफरलाई विद्यार्थीहरूको सुविधा र मागलाई विचार गरी हाल पनि निरन्तरता दिइएको जनाएको छ । […]

स्थानीय जनप्रतिनिधिको कोटामा छोराछोरी विदेश भ्रमणमा पठाइयो

जुम्ला, १३ बैशाख । स्थानीय निकायका जनप्रतिनिधिको कोटामा एक नगरपालिकाका प्रमुखले आफ्ना सन्तानलाई विदेश भ्रमणमा पठाएको खुलेको छ । जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले जनप्रतिनिधिको कोटामा आफ्नी छोरीलाई विदेश भ्रमणमा पठाएकी हुन् । उक्त भ्रमणमा उक्त नगरपालिकाका तर्फबाट प्रमुख र उपप्रमुख जानुपर्ने थियो । तर, प्रमुख सेजुवालले उक्त भ्रमणमा कसैलाई थाहा नदिएर गोप्य रुपमा […]