स्वीस बैंकमा रहेको नेपालीको पैसाबारे छानविन गर्न सांसदको माग

काठमाडौं । स्वीजरल्याण्डको स्वीस बैंकमा नेपाली नागरिकको नाममा रहेको पैसाको छानविन गर्न राष्ट्रिय सभामा आवाज उठेको छ । राष्ट्रिय सभाको बिहीवार बसेको बैठकको शून्य समयमा नेकपाका सांसद खिमकुमार विकले स्वीस बैंकमा रहेको कालोधनको छानविन गरेर राष्ट्रियकरण गर्न माग गरेका हुन् । सो बैंकमा नेपालीको नाममा रहेको ३ सय २२ मिलियन स्वीस फ्रयाङ्क रहेको समाचार केही […]

सत्ता र शक्तिको आडमा सेनाको हेलिकप्टर चरम दुरुपयोग

काठमाडौं ।  सत्ता र शक्तिको आडमा रहेका उच्चपदस्थ व्यक्तिले जिल्ला भ्रमणका लागि पछिल्लो १ वर्ष अवधिमा ८ सय घण्टाभन्दा बढी समय सैनिक हेलिकप्टर प्रयोग गरेका छन् । यो समय दिनको १२ घण्टा निरन्तर हेलिकप्टर उडाउने हो भने ६–७ दिन हुन आउँछ । यो उडान अघिल्लो आर्थिक वर्षको भन्दा धेरै हो । कारोबार दैनिकले समाचार छापेको […]

पानी छोएको निहुँमा वडाध्यक्षद्वारा दलित युवामाथि कुटपिट

सर्लाही ।  पानी छोएको निहुँमा दलित युवालाई कुटपिट गर्ने वडाध्यक्षमाथि कारबाहीको माग गर्दै संयुक्त दलित संघर्ष समितिले सर्लाहीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । सर्लाहीको विष्णु गाउँपालिका–२ का वडाध्यक्ष सञ्जय साहमाथि कारबाहीको माग गर्दै मंगलबार संघर्ष समितिले प्रजिअ द्रोण पोखरलेलाई ज्ञापनपत्र बुझाएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । घटनाको विषयमा आफूले भोलिपल्टै प्रमुख […]

शान्ति स्थापनार्थ खटिएका नेपाली सेनामाथि गोली प्रहार, एक जना घाइते

काठमाडौं ।  दक्षिण सुडानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली शान्तिसेनामाथि गोली प्रहार गर्दा एकजना घाइते भएका छन् । समाचार अनुसार गत शनिबार बिहान एई क्षेत्रमा पानी लिन गएको शान्तिसेनाको चारमध्ये एउटा गाडीमा एकजना सरकारी सुरक्षाकर्मीले गोली चलाएका थिए ।चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार गोली चलाएपछि ती सरकारी सुरक्षाकर्मी भागेका थिए । उनले चलाएको गोली लागेर एकजना […]

निर्मलाका हत्यारालाई कारवाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको विरोध तथा न्यायका लागि काठमाडौंमा प्रदर्शन भएको छ ।  निर्मलाका निम्ति न्याय’ नाममा काठमाडौंको माइतिघरमा युवाले स्वतःस्फुर्त विरोध र्‍याली गरेका हुन्। शनिबार १ बजेदेखि सुरु भएको प्रदर्शनमा युवाले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिकालाई न्याय दिन माग गरेका छन्।  ५२ दिन बितिसक्दा पनि निर्मलाको बलात्कार […]

पहिरोले थुनिएको बडिगाड ‘ओभर फ्लो’ भएर बग्न थाल्यो, चार घर डुबे, के छ अवस्था ?

बाग्लुङ । बाग्लुङमा पहिरोले थुनिएर झण्डै दुई किलोमिटर लामो ताल बनेको बडिगाड खोला ओभर फ्लो भएर बग्न सुरु गरेको छ । शुक्रबार राति साढे ११ बजेदेखि थुनिएको खोला शनिबार बिहान साढे पाँच बजेबाटओभर फ्लो भएर बग्न सुरु गरे पनि जोखिम भने कायमै रहेको बाग्लुङका एसपी दीपक रेग्मीले जानकारी दिए । बाग्लुङ जिल्लाको बडिगाड गाउँपालिका वडा […]

बागलुङमा ठूलो खोला थुनियो, गुल्मीका हजारौं घर जोखिममा

पाल्पा । बागलुङ जिल्लाको भीमगीठेमा बढीघाट खोला थुनिँदा हजारौं घर जोखिममा परेका छन् । बागलुङको भीमगिठ्ठे नजिकै पहिरो जाँदा गुल्मीका हजारौ बस्ती जोखिममा परेका हुन् । ढोरपाटन नगरपालिका र बढीघाट गाउँपालिकाको सिमानामा पर्ने तुरतरे देउरालीमा पहिरो खसेको स्थानीयले बताएका छन् । पहिरोका कारण त्यस क्षेत्रकै ठूलो खोला शुक्रबार रातिदेखि अबरुद्ध भएको हो । खोला थुनिँदा […]

सङ्गठन बिरुद्ध गतिविधि गर्ने प्रकाश डुम्रेसहित तीन जना क्रान्तिकारी पत्रकार संगठनबाट निष्कासित

काठमाडौं ।  सङ्गठनबिरुद्ध अराजक गतिविधि गरेपछि क्रान्तिकारी पत्रकार संगठन, नेपालले प्रकाश डुम्रे लगायत तीन जना केन्दीय सदस्यलाई संगठनबाट निष्कासन गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै सङ्गठनले डुम्रे सहित हिम विष्ट र सृजना तिम्सिनालाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको हो । हेटौडा महाधिवेशनबाट गुट बनाएर हिडेका उनीहरुले नगरकोट सम्मेलनमा भएको बन्द सत्रको […]

सरकारलाई राजपा सांसदको प्रश्न: उपप्रधानमन्त्रीलाई झण्डा नदेखाएर के बन्दुक देखाउनु पर्थ्यो ?

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रहरी हिरासतमा मृत्यु भएका राममनोहर यादवबारे सरकारको जवाफ माग गरेको छ । साथै घटनाबारे अध्ययन गर्न संसदले सर्वदलीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ । संसदको शुक्रबारको बैठकमा सभामुखले समय दिएपछि बोल्दै राजपा सांसद लक्ष्मणलाल कर्ण राजपा सांसदले सुरक्षा दिनुपर्ने प्रहरीकै हिरासतमा रहेको यादवको हत्या भएको बताए । […]

एकाबिहानै डोटीमा बस दुर्घटना, २४ जना घाइते

डडेल्धुरा । डाेटीको जोरायल गाउँपालिका– २, छतिवनमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । दार्चुलाबाट महेन्द्रनगरका लागि हिँडेको ना ७ ख ९११४ नम्बरको यात्रुबाहक बस बिहीबार बिहान ३ बजे दुर्घटना भएको हाे । जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार, बसमा कति यात्रु थिए भन्ने नखुले पनि २४ यात्रु घाइते […]