काठमाडौँ, ११ मंसिर । सत्तामा एउटा कुरा गर्ने र सत्ताबाट बाहिर रहनेबित्तिकै अर्को कुरा गर्ने नेपाली हुँदा राजनीतिको विशेषता नै हो । त्यस्तै, सत्तामा आफु रहँदा गरेको निर्णय सही र आफु सत्ताबाट बाहिरिएर अर्को सत्तामा गई त्यही निर्णयलाई निरन्तरता वा त्यस्तै प्रकृतिको अर्को निर्णय र कार्यान्वयन गर्दा सत्ताबाहिरकाले गर्ने विरोध अर्को दोस्रो विशेषता हो नेपाली राजनीतिको ।
यी उल्लेखित विशेषता त नेपाली जनताले सामान्य रुपमा लिन थालेका छन् । तर, पछिल्लो समय राष्ट्रियताकै विषयमा ठाउँ र परिस्थितिअनुसार सत्ता पक्ष र सत्ताबाहिर रहेका नेताबीचको वादविवादले नेपाली राजनीतिमा फरक बहस सिर्जना गरेको छ । मुख्यतः नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्तिले यस्तो बहस गर्ने वातावरण सिर्जना गरेको हो । कत्तिक १६ मा भारतले आफ्नो देशको राजनीतिक नक्सा सार्वजनिक गरेको थियो ।
भारतले जारी गरेको गरी प्राप्त गरेको विवादित कास्मिरसहित नेपालको लिम्पियाधुरालाई पनि आफ्नो नक्सामा समावेश गरेको थियो । उक्त नक्सामा भारतले नेपालको भूमि समेट्नुमा प्रधानमन्त्री केपी ओलीको सहमति रहेको भनी शेरबहादुर देउवाले अभिव्यक्ति दिएका थिए । उनले यस्तो अभिव्यक्ति दिएसँगै नेपाली राजनीतिमा नयाँ बहस सुरुवात भएको हो ।
परिस्थितिलाई नियाल्दा सभापति देउवाले यस्तो अभिव्यक्ति चुनावी माहोल बनाउन दिएजस्तो देखिए पनि नेपाली राजनीतिज्ञको राजनीति गर्ने शैलीलाई उदांगो बनाइदिएको छ । जब कि महाकाली सन्धि उनी आफैँ प्रधानमन्त्री भएका बेला भएको भनी स्वंम स्वीकार्छन् । अर्को कुरा उनी प्रधानमन्त्री भएका बेला भनिएको उक्त सनिधपश्चात् अहिलेसम्म उक्त क्षेत्रमा भारतीय सेना रहिरहेको छ । उक्त कुरालाई उनी प्रधानमन्त्री भएका बेला किन उठाउन सकेनन् ।
त्यसो त सन्धिपश्चात् पनि उनी पटकपटक प्रधानमन्त्री भइसकेका छन् । यतिका समय उक्त समस्याको समाधान गर्नुको सट्टा उनी मौन बस्नु तर, एक्कासि यसरी दोषारोपण गर्नुले पनि उनीमाथि प्रश्न उब्जाएको छ ।
अहिले चर्चामा आएको भूमि लिम्पियाधुरालगायत क्षेत्रमात्र नभएर लालपूर्जा र नक्सा नेपाली नागरिकको रहेको, तर भूमिचाहिँ भारत बसाइँ सरेका प्रसस्तै घटना सार्वजनिक भइरहेका छन् । र, हुने क्रम अझै बढ्दै गइरहेको छ । जुन समस्या अहिले एक्कासि भएका भने होइन । विगतदेखि नै बिस्तारै बिस्तारै घट्दै नै पर्दाफास हुँदै आएका हुन् ।