नाङ्लो ठटाएर हात्ती तर्साउने दिन गए, बढी शुल्क असुल्नेलाई अनेरास्ववियुले कारबाही गर्छ

काठमाडौँ, ११ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुका सहसंयोजक खले मेडिकल कलेजले लिएको बढी शुल्क एक हप्ताभित्र फिर्ता गरिसक्नुपर्ने बताएका छन्।

मंगलबार सरकार र निजी मेडिकल कलेजका सञ्चाकहरुबीच बढी शूल्क फिर्ता गर्ने सहमति भएको भएको थियो। बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै सहसंयोजक तामाङले बढी शुल्क फिर्ता भए नभएकोबारे सरकारले समितिनै बनाएर अनुगमन गर्नुपर्ने बताएका छन् । उनले सहमितिसँगै अब मेडिकल कलेजलाई विभिन्न अनुचित शीर्षक राखेर रकम असुल्न नदिने चेतावनी समेत दिएका छन्।

‘अब सरकारले एउटा अनुगमन टोली बनाएर शुल्क फिर्ता भए, नभएको अनुगमन गर्नु पर्दछ’, तामाङले भनेका छन्, ‘मेडिकल कलेजहरुले बिना बहानाबाजी, सरकारले तोकेको शुल्क बाहेकको रकम एक हप्ता भित्र फिर्ता गरिसक्नु पर्छ । कुनै पनि अनुचित शीर्षक खडा गरि शुल्क असुल्न दिइने छैन ।’ उनले मेडिकल माफियाविरुद्धको आन्दोलनमा अनेरास्ववियु विद्यार्थीको रक्षाकवच बनेर उभिएको दावी समेत गरेका छन्। उनले सरकार र कलेजहरुको सहमतिको कार्यान्वयन लागि खबरदारी गर्दै नियमित अध्ययनमा फर्कन, परीक्षाको तयारीमा लाग्न सम्पूर्ण विध्यार्थीहरुलाई आग्रह समेत गरेका छन्।

उनले सहमतिको भाषा जे भए पनि बढी शुल्क फिर्ता गराउनु नै रहेको भन्दै उनले शढी शूल्क फिर्ता नभए निर्णायक आन्दोलन गर्ने चेतावनी दिए। ‘शुल्क फिर्ता नभए अझ ठूलो र निर्णायक आन्दोलन विध्यार्थीहरुको बाध्यता हुनेछ, जसले देशमा कुनै माफियालाई छाड्ने छैन’, उनले भने सम्पूर्ण बिद्यार्थीलाई सम्बोधन गरेर उनले लेखेको पत्र मा भनिएको छ ु

बिध्यार्थी साथिहरु!

तपाईहरुको जायज,न्यायपुर्ण आन्दोलनमा अनेरास्ववियू संगसंगै आन्दोलित थियो । तपाईहरुको अनवरत संघर्षमा हामीले ऐक्यबद्धता,समर्थन र सहयोग गर्दै आएका थियौं । मेडिकल क्षेत्रका तमाम समस्याका बाबजुद मेडिकल कलेज संञ्चालकहरुले सरकारको निर्णय बिपरित बिभिन्न फर्जि शिर्षक बनाउदै उठाएका मनपरि शुल्करअतिरिक्त शुल्क फिर्ता गराउने र सरकारले तोकेको शुल्कमा हरेक बिध्यार्थीेले मेडिकल शिक्षा अध्ययन गर्न पाउने अधिकार सुनिश्चित गर्नु आन्दोलनको मु्ख्य लक्ष्य थियो ।

त्यसका लागि अनेरास्ववियू मेडिकल माफियाहरुका बिरुद्ध दबाब र खबरदारी मार्फत आन्दोलित हुँदै विध्यार्थीको रक्षाकवच बनेर उभियो । पढाई,परिक्षा र भबिष्यको पर्वाह नगरि अनवरत आन्दोलनमा होमिएका बिध्यार्थीहरुको भविष्य बिग्रन नदिन सिंहदरवारको प्रसासनिक केन्द्रमा अनेरास्ववियू पटकौं पटक सरकारलाई दबाब दिन पुग्यो । मेडिकल माफियाहरुलाई या त शुल्क फिर्ता वा समायोजन गर्न बाध्य पार्न, या त गिरफ्तार गरि ठगि मुद्धा चलाउन शिक्षा मन्त्री हुदै गृह मन्त्री ज्यु र प्रधानमन्त्री ज्युलाई समेत ध्यानाकर्षण गराउन अनेरास्ववियू जिम्मेवार र उत्तरदायी भएर लाग्यो ।

74522932 2481024805497331 4320418941483614208 o

त्यसको प्रतिफल शिक्षा मन्त्रालय र कलेज सञ्चालक बिच हिजो शुल्क फिर्ता गर्ने सहमति भएको छ । अब सरकारले एउटा अनुगमन टोली बनाएर शुल्क फिर्ता भए, नभएको अनुगमन गर्नु पर्दछ । मेडिकल कलेजहरुले बिना बहानाबाजी, सरकारले तोकेको शुल्क बाहेकको रकम एक हप्ता भित्र फिर्ता गरिसक्नु पर्छ । कुनै पनि अनुचित शिर्षक खडा गरि शुल्क असुल्न दिईने छैन । तसर्थ सरकार र कलेजहरुको सहमतिको कार्यान्वयन लागि खबरदारी गर्दै नियमित अध्ययनमा फर्कन, परिक्षाको तयारीमा लाग्न सम्पुर्ण विध्यार्थीहरुलाई आग्रह गर्दछु ।

विध्यार्थी साथिहरु!

एउटा भनाई छ,ुु बिरालो कालो होस कि सेतो, त्यसको मुख्य काम मुसा मार्नु हो,ुु भने जस्तै सहमतिको भाषा जे लेखिए पनि त्यसको मुख्य कुरा ुु अतिरिक्त सबै शुल्क फिर्ता गराउनु हो ।ुु यदि शुल्क फिर्ता नभए अझ ठुलो र निर्णायक आन्दोलन विध्यार्थीहरुको बाध्यता हुनेछ । जसले देशमा कुनै माफियालाई छाड्ने छैन । निकाशको पहलका लागि सबैमा हार्दिक धन्यबाद/कान्तिपथ अनलाईन

Loading...