मङ्सिर १४ गतेलाई तय गरिएको उपनिर्वाचनको मिति नजिकिदै गर्दा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भक्तपुरमा प्रदेश सभा सदस्यका लागि हुने निर्वाचन क्षेत्र नम्बर १(१) बाट ४ सय बढी युवालाई पार्टी प्रवेश गराएको छ । नेपाली काँग्रेस देखि नेपाल मजदुर किसार पार्टी, विप्लव नेतृत्वको नेकपा, राप्रपा र केही स्वतन्त्र समेत गरी ४ सय बढी […]
मुख्य विशेष
राष्ट्रपति भण्डारी श्री ६, ओली श्री ५ र प्रचण्ड श्री ३ बनेको गगन थापाको यस्तो दलिल
पोखरा । नेपाली कांग्रेसका युवा नेता गगन थापाले केपी ओली नेतृत्वको सरकार निरङ्कुश बनेकाे अाराेप लगाएका छन । सरकारले लगातार कानुन बनाएरै निरंकुश बन्ने गरी अघि बढेको भन्दै थापाले विगतका श्री ५ भन्दा पनि अहिलेका राष्ट्रपति, प्रधानमन्त्री तथा अन्य केही नेताहरु पर पुगेकाे दावी गरे । कास्की २ को उपनिर्वाचन पार्टीका उम्मेदवारलाइ सहयाेग गर्न पाेखरा […]
निर्वतमान सभामुख महराको मुद्दा उच्च अदालतमा
काठमाडौँ, ६ मंसिर । यौन दुब्र्यवहारको आरोपमा पूर्पक्षका लागि थुनामा रहेका निर्वतमान सभामुख कृष्णवहादुर महराले जिल्ला अदालतको आदेशका विरुद्धमा उच्च अदालतमा दर्ता गराएको निवेदन आज इजालसमा पेश हुँदैछ । काठमाडौं जिल्ला अदालतले महरालाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो । त्यसपछि महरा डिल्लीवजार कारागारको थुनामा छन् । उनले आफना् कानुन ब्यवसायीमार्फत बिहिबार जिल्ला अदालतको […]
केरुङ–काठमाडौँ रेलमार्ग निर्माणबारे छलफल गर्न चिनियाँ टोली आउने
काठमाडौँ, ६ मङ्सिर । नेपाल र चीनबीचको मित्रताको प्रतीकका रूपमा प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्ग निर्माणबारे छलफल गर्न आगामी साता उच्च स्तरीय चिनियाँ टोली नेपाल आउने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका वैदेशिक महाशाखाका प्रमुख गोपालप्रसाद सिग्देलका अनुसार चीनका राष्ट्रपति सी चिनफिङको हालै सम्पन्न नेपाल भ्रमणको क्रममा नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको […]
रुसी राष्ट्रपति भ्लादमिर पुटिन नेपाल आउने पक्का भयो
काठमाडौं । छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिङ पिङले नेपाल भ्रमण गरेको प्रसङ्ग सेलाउन नपाउँदै अर्को शक्तिशाली मुलुक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाल भ्रमण गर्ने भएका छन् । पुस दोस्रो साता (आगामी डिसेम्बर अन्तिम साता) पुटिनले नेपाल भ्रमण गर्ने तयारी अघि बढेको छ । ‘राष्ट्रपति पुटिनले तीनदिने नेपाल भ्रमणको कुरा भइरहेको छ, मिति तय भइसकेको […]
वीना मगर सफल, गोकर्ण विष्ट कसरी असफल ? प्रधानमन्त्री ज्यु
काठमाडौँ ५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले लामो चर्चाबीच मन्त्रिपरिषदका सदस्यहरु हेरफेर गरेका छन्। मन्त्रिमण्डल पुनर्गठनमा अटाएका ९ नयाँ मन्त्री तथा राज्यमन्त्रीको बिहीबार सपथग्रहण हुँदैछ । तर,सामाजिक सञ्जाल प्रयोगकर्ताले श्रममन्त्री गोकर्ण विष्टलाई मन्त्रीबाट हटाइएकोमा असन्तुष्टि जनाएका छन्। भने, नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी वीना मगरको निरन्तरतामा प्रश्न गरेका छन्। […]
यि हुन् बिदाई हुने मन्त्रीहरु
काठमाडौं ४ मंसिर । सरकारका कामकारबाहीका विषयमा आलोचना भइरहदा प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयदेखि गरेको मन्त्रिपरिषद पुनर्गठनको तयारीलाई आज बुधबार अन्तिम निष्कर्षमा पुर्याउने भएका छन् । त्यसका लागि आजै बस्ने सचिवालयको बैठकबाट अनुमोदन गराएर नयाँ बन्ने मन्त्रीहरुको नामावली राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाउन लागेको बालुवाटार स्रोतले बताएको छ । प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरुको सामूहिक […]
१०३ सीमास्तम्भ गायव हुँदा पनि बाँके र बर्दियामा सरकार चुप
नेपालगञ्ज, ४ मंसिर । बाँकेको गुर्देनगौरीदेखि बर्दियाको कर्णाली नदीसम्म नेपाल(भारत छुट्याउने ५५२ सीमास्तम्भ कायम गरिएका छन् । त्यसमा मुख्य, सहायक र साना छन् । ती सबै सीमास्तम्भ जहाँ गाडिएको थियो, त्यहाँ नभएको अवस्था छ । बर्दियामा त झन् ९४ सीमास्तम्भ नै गायव छन् । यी सीमास्तम्भ कहाँ गए भन्ने स्पष्ट जानकारी छैन । जसमध्ये मुख्य […]
पराधिन शासक, कमजोर राष्ट्रियता र शक्तिशाली आन्दोलनको अपरिहार्यता
तात्कालिक नेपाल र तात्कालिक भारतस्थित ब्रिटिसको इष्ट इण्डिया कम्पनिबीच सन् १८१६ मा सुगौली सन्धि हुनुभन्दा अगाडिको नेपाल अहिलेभन्दा करीब ६० प्रतिशतले ठूलो थियो । त्यो नेपाल पूर्वमा टिस्टा, पश्चिममा सतलज र दक्षिणमा गंगा मैदानसम्म फैलिएको थियो । उक्त सुगौली सन्धिबाट नेपाल पूर्वमा मेची नदी, पश्चिममा महाकाली (काली), उत्तरमा हिमश्रृंखला (चीन) र दक्षिणमा तराई दशगजा सिमासम्म […]
हराइरहेको आयल निगमको ट्याङ्कर धनुषामा भेटियो
काठमाडौं ४ मंसिर । आइतबार रातिदेखि हराइरहेको नेपाल आयल निगमको डिलेज लोड भएको ट्यांकर धनुषामा फेला परेको छ । निगमको इन्धन डिपो अमलेखगञ्जबाट गत आइतवार अपराह्न २ बजे २० हजार डिजल लोड गरेर १ नम्बर प्रादेशिक कार्यालय विराटनगर प्रस्थान गरेको ना ४ ख ४१६३ नम्बरको ट्यांकर सोही दिन राति सिरहाबाट बेपत्ता भएको थियो। इलाका प्रहरी […]











