काठमाडौं, ३ मंसिर । सत्तारुढ दल (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खानेपानी तथा सरसफाई मन्त्री विना मगरको मन्त्री पद जोगाउन हदैसम्मको प्रयास गरेको समाचार बाहिरिएको प्रति अध्यक्ष प्रचण्डको निजी सचिवालयले खण्डन गरेको छ । प्रचण्डको निजि सचिवालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै वर्तमान सरकारमा सहभागी मन्त्रीहरुको विषयमा प्रचण्डलाई जोडेर आएको समाचारको खण्डन गरेको छ । […]
मुख्य विशेष
मृत्युमार्ग भनेर चिनिने सिद्धबाबामा बन्ने भयो नेपालको दोस्रो सुरुङ्गमार्ग, अर्थ मन्त्रालयको सहमतिसँगै टेन्डर आह्वानको तयारी
पाल्पा – सिद्धबावा क्षेत्रमा सुरूङ् मार्ग निर्माण गर्न अर्थ मन्त्रालयबाट स्राेत सुनिश्चितता गरेकाे छ । राष्ट्रिय याेजना आयाेगबाट स्वीकृत याेजनाका लागि १० अर्ब १५ कराेड स्राेत माग भइ आएकाले उक्त स्राेतकाे सुनिश्चितता गरिएकाे हाे । सिद्धबावा क्षेत्रमा एक किलाेमिटर ७ सय मिटर सडक सुरूङ् मार्ग बनाउन स्टेमेट र डिजाइन स्वीकृत भएकाे छ । विगत लामाे […]
हिमाली भेगका तामा, स्लेट लगायतका बहुमुल्य खानीमा किन ध्यान दिँदैन सरकार
गलेश्वर, २ मङ्सिर । हिमाली जिल्ला म्याग्दीका उपल्लो भेगमा रहेका तामा, स्लेट, खरी र चुनढुङ्गालगायतका बहुमूल्य खानी उत्खनन र संरक्षणको अभावमा अलपत्र परेका छन् । म्याग्दी, कालीगण्डकी र रघुगंगा नदीको बहाव क्षेत्र वरपर तथा जिल्लाको उपल्लो भेगमा वर्षौं पहिले उत्खनन गरेर विभिन्न कारणले बन्द भएका खानी अहिलेसम्म पनि सञ्चालनमा नल्याइँदा अलपत्र परेका हुन् । हिमाली […]
‘हेर मोदी, यो हो नेपालको नक्सा’ लेखेको ब्यानर देखाउने विद्यार्थीमाथि प्रहरीको चर्को दमन
काठमाडौं, १ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सीमा अतिक्रमणको विरोधमा गरेको प्रदर्शनमा प्रहरीद्वारा हस्तक्षेप भएको छ । कालो ब्यानर र राष्ट्रिय झण्डासहित प्रदर्शनमा उत्रिएकाहरुलाई ठमेलको अस्कल क्याम्पसबाट निस्किएका उनीहरुलाई प्रहरीले लैनचौरबाट पक्राउ गरेको हो । बेलुन राखेर उडाइएको कालो ब्यानरमा लिम्पियाधुरासहितको नेपाली नक्सा बनाइएको छ र […]
अर्बौंको सरकारी जग्गा भूमाफियाको कब्जामा: १४४ बिघा शृंखलाबद्ध रूपमा व्यक्तिको नाममा दर्ता
काठमाडौं, १ मंसिर । भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा बर्दिया सोरहवामा रहेको अर्बौं रुपैयाँबराबरको झन्डै १ सय ४४ बिघा सार्वजनिक जग्गा शृंखलाबद्ध रूपमा व्यक्तिका नाममा दर्ता गराइएको खुलासा भएको छ । माफियाहरूले बर्दिया जिल्ला साविकको सोरहवा गाविस–८ मा रहेको कित्ता नम्बर ४४२ अन्तर्गत रहेको १४३ बिघा ९ कट्ठा पर्ती जग्गा माफियाले वर्षौंसम्म योजनाबद्ध प्रयासबाट कित्ताकाट […]
विमल घर्तीमगरसहित चार खेलाडी मध्यरात ठमेलका बारमा भेटिएपछि बर्खास्त, विश्वकप छनाैटमा वैकल्पिक खेलाडी गए
काठमाडौँ, ३० कार्तिक । नेपालका चर्चित राष्ट्रिय खेलाडीहरु अन्तराष्ट्रिय खेल अाउनुभन्दा केही दिन अगाडि बर्खास्तीमा परेका छन् । नेपाली फुटबलका चर्चित खेलाडीहरु विमल घर्तीमगर, अन्जन विष्ट, सन्तोष तामाङ र दीनेश राजवंशी बर्खास्तीमा परेका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले उनीहरुलाइृ बर्खास्त गरेकाे हाे । उनीहरुले अनुशासनहीन काम गरेको भन्दै एन्फाले राष्ट्रिय टिमबाट बर्खास्त गरेको […]
सत्तारुढ दलको युवा संगठनमा चरम विवाद, छोरालाई नेता नबनाए पार्टी नै छोड्ने धम्की दिन्छन नेताहरु
दैलेख । लामो समय बित्दा पनि पार्टी एकता टुंगो लगाउन नसकेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कतिपय नेताहरुमा चरम पारिवारिक मोह देखिएको छ । नेताहरुको चरम पारिवारिक मोह तथा अन्य स्वार्थकै कारण पार्टी एकता प्रक्रिया टुंगोमा पुग्न नसकेको देखिएको छ । यसैक्रममा दैलेख जिल्लाको युवा संगठनमा पार्टीका जिल्ला नेताहरुको पारिवारिक मोहका कारण ठूलो विवाद […]
बनेन नेपाल चीन सीमा अनुगमन संयन्त्र: सगरमाथाको उचाइ र पिल्लरको विषयमा अस्पष्टता
काठमाडौं, २८ कात्तिक । नेपाल–चीन सीमा अनुगमन संयन्त्र बन्न नसक्दा लामो समयदेखि सीमा अनुगमन हुन नसकेको पाइएको छ । सन् २००७ पछि अनुगमन संयन्त्र बन्न नसक्दा सीमाको अवस्था अद्यावधिक हुन नसकेको हो । नेपाल चीनबीच प्रत्येक १० वर्षमा संयुक्त अनुगमन हुने गरेकोमा सन् २००७ पछि अनुगमन भने हुन सकेको छैन । सीमासम्बन्धी जानकार नेपाल चीनबीचको […]
पूर्वी नाकाबाट नेपाल आउने बङ्गलादेशी पर्यटक घटे
भद्रपुर, २८ कात्तिक । अध्यागमन कार्यालय काँकडभिट्टाले नेपालको पूर्वी नाका हुँदै नेपाल भित्रिने बङ्गलादेशी पर्यटक घटेको जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार १० वर्षअघि काँकडभिट्टा नाकाबाट वर्षेनी एघार हजारभन्दा बढी बङ्गलादेशी पर्यटक नेपाल आएको देखिन्छ भने अहिले त्यो सङ्ख्या ह्वात्तै घटेर दुई हजारभन्दा कम भएको छ । काँकडभिट्टास्थित अध्यागमन कार्यालयका अनुसार सन् २०१९ को चालू […]
देशमा रक्तपात बढेर आफ्नो ज्यानमाथि नै खतरा आउने देखेपछि राजिनामा दिएको मोरालेसको दावी
विपक्षी पार्टीले लामो समयदेखि लगातार हिंसात्मक प्रदर्शन गरेर विरोध जनाएपछि राजिनामा दिएर राजनीतिक शरणका लागि मेक्सिको पुगेका बोलिभियाका पूर्व राष्ट्रपति एभो मोरालेसले आफ्नो ज्यानमाथि नै गम्भीर जोखिम देखिएको बताएका छन् । उनले देशमा आफ्नो ज्यानमाथि नै गम्भीर जोखिम देखिएपछि मेक्सिकोमा राजनीतिक शरण लिन बाध्य भएको बताएका छन् । मेक्सिकोमा अहिलेका लागि राजनीतिक शरण लिन पुगे […]











