देशमा रक्तपात बढेर आफ्नो ज्यानमाथि नै खतरा आउने देखेपछि राजिनामा दिएको मोरालेसको दावी

विपक्षी नेतृले गरिन सडकबाटै आफैलाई राष्ट्रपति घोषणा

विपक्षी पार्टीले लामो समयदेखि लगातार हिंसात्मक प्रदर्शन गरेर विरोध जनाएपछि राजिनामा दिएर राजनीतिक शरणका लागि मेक्सिको पुगेका बोलिभियाका पूर्व राष्ट्रपति एभो मोरालेसले आफ्नो ज्यानमाथि नै गम्भीर जोखिम देखिएको बताएका छन् । उनले देशमा आफ्नो ज्यानमाथि नै गम्भीर जोखिम देखिएपछि मेक्सिकोमा राजनीतिक शरण लिन बाध्य भएको बताएका छन् ।

मेक्सिकोमा अहिलेका लागि राजनीतिक शरण लिन पुगे पनि उनले आफू फेरि देशमा फर्किने पनि उनले बताएका छन् । राष्ट्रपतिबाट राजीनामा दिएको तेस्रो दिनमै मोरालेस राजनीतिक शरण लिन मेक्सिको पुगेका थिए । मोरालेसले देशमा थप रक्तपातको अवस्था नआओस् भन्नका लागि आफूले राजिनामा दिएको पनि प्रष्ट पारेका छन् । उनले आफू जनजाति किसान परिवारबाट भएका कारण पनि विरोध भएको पनि दावी गरेका छन् ।

गएको अक्टोबरमा भएको राष्ट्रपति चुनावमा धाँधली भएको भन्दै लगातार प्रदर्शन भएको तथा अन्तर्राष्ट्रिय परिवेक्षकले पनि चुनावमा धाँधलीको स्पष्ट प्रमाण भेटिएको भनेपछि मोरालेसले आइतबार राजीनामा दिएका थिए ।

मोरालेसलाई लिएर आएको मेक्सिकन जेट मेक्सिको सिटीमा रहेको विमानस्थलमा अवतरण भयो, त्यसपछि मोरालेसले त्यहाँ संक्षिप्त पत्रकार सम्मेलन गरेका थिए । आफूलाई पद छोड्न बाध्य पारिएको उनले बताए । मोरालेसले मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज आब्राडोरप्रति आफू कृतज्ञ रहेको बताए । उनले आफ्नो जीवन जोगाएको मोरालेसले बताएका छन् ।

गएको अक्टोबर २० मा भएको चुनावबाट मोरालेस पुनः बोलिभियाको राष्ट्रपतिमा निर्वाचिन भएका थिए । तर सो चुनावमा गम्भीर धाँधली भएको भन्दै लगातार प्रदर्शन हुँदै आएको थियो ।

अन्तर्राष्ट्रिय परिवेक्षकले चुनावमा धाँधली भएका स्पष्ट प्रमाण भेटिएको र सो चुनावको नतिजा रद्द हुनु पर्ने बताएको भोलिपल्ट मोरालेसले राजीनामा दिएका हुन् । यसअघि मोरालेसले अदृष्य शक्तिका कारण आफू राजीनामा दिन बाध्य भएको भन्दै समर्थकलाई त्यसको विरोध गर्न भनेका थिए ।

बोलिभियाका पहिलो आदिबासी राष्ट्रपति मोरालेसलाई देशको सेनाका प्रमुखले सार्वजनिक रुपमै पद छोड्न सुझाव दिएका थिए । मोरालेस कोका किसान हुन् । उनले लामो समय कोकाको खेती गरेका थिए ।

उनी पहिलोपटक सन् २००६ मा राष्ट्रपतिमा जित हाँसिल गरेका थिए । उनले गरिबी विरुद्ध लड्ने तथा बोलिभियाको वित्त अवस्था सुधार गर्ने बताएर जितेका थिए ।

तर चौथोपटक राष्ट्रपति चुनावमा उम्मेदवार बन्नका लागि उनले संवैधानिक व्यवस्था लत्याए । यसरी संवैधानिक व्यवस्था लत्याएर अक्टोबरमा जितेको चुनावमा धाँधली भएको भन्दै विरोध भयो उनीविरुद्ध ।

उनीमाथि सत्ता छोड्न नचाहेर बोलिभियाको प्रजातन्त्रलाई अपमान गरेको आरोप छ । नयाँ चुनाव भएर नयाँ राष्ट्रपति नआउँदासम्म संसदकी उपसभामुखले अन्तरिम राष्ट्रपतिको जिम्मा सम्हाल्ने भएकी छन् । मोरालेससँगै उपराष्ट्रपति अल्भारो गार्सिया लिनेरा र सिनेटका अध्यक्ष एड्रिएना साल्भाटिएराले समेत राजीनामा दिएका थिए ।

विपक्षी नेतृले गरिन सडकबाटै आफैलाई राष्ट्रपति घोषणा

यसैबीच बोलिभियाकी विपक्षी नेतृ जिनाइन आनेफले आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेकी छन् । दक्षिण अमेरिकी देश बोलिभियाको राष्ट्रपतिबाट एभो मोरालेसले राजीनामा दिएपछि विपक्षी नेतृ जिनाइनले आफूलाई अन्तरिम राष्ट्रपति घोषित गरेकी हुन् ।

मोरालेससँगै उपराष्ट्रपति अल्भारो गार्सिया लिनेरा र सिनेटका अध्यक्ष एड्रिएना साल्भाटिएराले समेत आइतबार राजीनामा दिएका थिए । जिनाइनले आफूलाई अन्तरिम राष्ट्रपति घोषित गरेपछि त्यसलाई औपचारिकता दिन बोलाइएको सिनेटको बैठक मोरालेसका पार्टीका सिनेटरले बहिष्कार गरे । अर्थात जिनाइनलाई अन्तरिम राष्ट्रपति घोषित गर्न बोलाइएको सिनेट बैठकमा कोरम पुगेन ।

तर जिनाइनले संविधान अनुसार आफू नै देशको अन्तरिम राष्ट्रपति रहेको र चाँडै चुनाव गर्ने बताएकी छन् । राजीनामा दिएका मोरालेसले जिनाइनको घोषणको गम्भीर आलोचना गरेका छन् ।

गएको अक्टोबरमा भएको राष्ट्रपति चुनावमा धाँधली भएको भन्दै लगातार प्रदर्शन भएको तथा अन्तर्राष्ट्रिय परिवेक्षकले पनि चुनावमा धाँधलीको स्पष्ट प्रमाण भेटिएको भनेपछि मोरालेसले आइतबार राजीनामा दिएका थिए ।

Loading...