शिर्ष स्थानको बार्सिलानाको पुछारको लेगानेससँग कठिन जित

एजेन्सी । लिगको पुछारमा रहेको लेगानेसलाई बार्सिलोनाले संघर्षपूर्ण खेलमा जित निकालेको छ। अवे मैदानमा भएको खेलमा बार्सिलोनाले लेगानेसलाई २–१ ले पराजित गरेको हो ।

सुरुमा पछि परेको अवस्थाबाट बार्सिलोनाले पुनरागमन गर्दै जित निकालेको हो । १२ औँ मिनेटमा युसेफ एन–नेसिरीले गोल गर्दै लेगानेसलाई सुरुवाति अग्रता दिलाए ।

पहिलो हाफमा पछि परेको बार्सिलोनाका लागि दोस्रो हाफमा दुई खेलाडीले गोल गरे । ५३ औँ मिनेटमा लुइस स्वारेजले बार्सिलोनाका लागि बराबरी गोल गरे । ७९ औँ मिनेटमा अटुरो भिडालले गोल गरेपछि बार्सिलोना विजयी भयो ।

जितपछि शीर्ष स्थानको बार्सिलोनाको १३ खेलबाट २८ अंक भएको छ । दोस्रो स्थानको रियल मड्रिडको २८ अंक नै रहेको छ ।

तेस्रो स्थानको एथ्लेटिको मड्रिडले शनिबार राति भएको खेलमा ग्रानाडासँग बराबरी खेलेको छ । १–१ को बराबरी खेलेको एथ्लेटिको मड्रिडको १४ खेलबाट २५ अंक भएको छ । यस्तै अर्को खेलमा रियल बेटिसले भ्यालेन्सियालाई २–१ ले पराजित गरेको छ ।

Loading...