प्रहरीको गोली लागि मरेका कुमार घैटेले दिएको पैसा माग्दा नदिएपछि गौचनको हत्या गरेको समिरमानको दावी

काठमाडौं, १७ मंसिर । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याकाण्डबारे नयाँ खुलासा भएको छ । हत्या योजनाका मुख्य नाईके ३४ वर्षका समीरमान सिंह बस्नेत पक्राउ परेसँगै नयाँ तथ्य खुलेको हो । गौचनले आफ्नो कन्स्ट्रसन कम्पनीमा कुमार घैंटेमार्फत लगानी भित्र्याएको र त्यही रकमबारे उत्पन्न विवादले उनको हत्या भएको प्रहरीले जनाएकाे छ । सीआईबीका अनुसार मृतक […]

शरद गौचन हत्याका मुख्य योजनाकार चितवनमा यसरी परे सीआर्इबीको फन्दामा

काठमाडौं, १७ मंसिर । राजधानीमा दिउसै गाेली हानेर हत्या गरिएका निर्माण व्यवसायी शरद कुमार गाैचनकाे हत्यामा सम्लग्न मुख्य याेजनाकार गिरफ्तार परेका छन् । गाैचन हत्यामा मुख्य याेजनाकार भनिएका समिरमान सिंह बस्नेतलार्इ प्रहरीले पक्राउ गरेकाे हाे । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बस्नेतलार्इ चितवनबाट पक्राउ गरिएकाे जानकारी दिएकाे छ । उनलार्इ हिजाे मंसिर १६ गते नै पक्राउ […]

बारामा व्यवसायी दम्पतीकाे विभत्स हत्या

बारा, १६ मंसिर । बारामा फेरि अर्काे बिभत्स हत्या भएकाे छ । बाराकाे बजनीमा एक व्यवसायीका दम्पतीकाे हत्या भएकाे हाे । दाेस्राे चरणकाे निर्वाचन नजिकिदै गर्दा यस्ताे विभत्स हत्या भएपछि स्थानीयवासी त्रसित बनेका छन् । बाराकाे जितपुर सिमरा उपमहानगरपालिका बजनीका व्यवसायी ३७ वर्षीय दीपक सुवेदी र उनकी श्रीमती ३२ वर्षीया दीपाको विभत्सरुपमा हत्या गरिएको हाे […]

ठूलो मात्रामा वम बनाउने सामान र प्रेसर कुकर वमसहित दुर्इ भारतीय नागरिक पक्राउ

धादिङ, १५ मंसिर । भारतबाट वम बनाउने ठूलाे मात्रामा सामान लिएर अाएका भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले २ जना भारतीय नागरिकलार्इ प्रेसर कुकर वम सहित पक्राउ गरेकाे जानकारी दिएकाे छ । पूर्वकाे काकडिभट्टा नाकाबाट यात्रुबाहक बसमा चढेर उनीहरु काठमाडाै अाउँदै गरेका बेला समातिएका हुन् । उनीहरुलार्इ प्रहरीले पृथ्वी राजमार्ग अन्तर्गत नाैबिसे धादिङमा बसमा […]

केपी ओलीले भने, ‘एमाले कम्युनिस्ट पार्टी नै होइन, जनयुद्ध प्रचण्डको ठूलो सैद्धान्तिक भूल थियो’

काठमाडाैं, १५ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा अाेलीले अाफ्नाे पार्टी कम्युनिस्ट पार्टी नभएकाे बताएका छन् । साथै उनले मार्क्सले भनेकाे समाजवाद र साम्यवाद केवल भन्ने र देखाउने मात्र भएकाे भन्दै त्याे लागु नहुने कल्पवृक्ष मात्र भएकाे स्पष्ट पारेका छन् । राजधानीबाट प्रकाशित एक दैनिक पत्रिकाका चर्चित सम्पादकलार्इ अाफ्नै निवासमा बाेलाएर अाेलीले साे कुरा […]

बालुवाटारपछि उदयपुरमा शक्तिशाली बम विष्फोट, का‌ंग्रेस उम्मेदवार कार्की गम्भीर घाइते

उदयपुर, १३ मंसिर । उदयपुरकाे कटारी नजिकै पर्ने दनुवार बेंसीमा वम विष्फाेटमा परी नेपाली कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्की गम्भीर घाइते भएका छन् । नेपालटार बजारमा आयोजना गरिएकाे आमसभामा सहभागी जाँदै गर्दा कार्की चढेकाे गाडी सडक मुनि बिच्छ्याइएकाे एम्बुसमा पर्दा कार्कीसहित चार जना घाइते भएका हुन् । बिहान करिब साढे १० बजेतिर भएकाे विष्फाेटबाट घाइते भएका […]

फिस्लिङमा यात्रुवाहक बस ट्रकसँग ठोक्किएर त्रिशुलीमा खस्दा ७ को मृत्यु

काठमाडौँ, १३ मंसिर । काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेको यात्रुवाहक बस त्रिशुली नदीमा खसेकाे छ । चितवनको फिस्लिङमा भएकाे दुर्घटनामा परी अहिलेसम्म मृत्यु हुनेकाे सङ्ख्या ७ पुगेकाे छ । लु २ ख २९१ नम्बरकाे बस ट्रकसँग ठोक्किएर त्रिशुली नदीमा खसेको प्रहरीले जनाएकाे छ । मृत्यु भएका मध्ये ५ जना पुरुष र २ जना महिला रहेकाे चितवनका […]

राती राती वाम गठबन्धनका झण्डा, ब्यानर च्यातेर फाल्दै गरेका प्रहरी टोली रङ्गेहात पक्राउ

बर्दिया, १३ मंसिर । बर्दियामा प्रसाशनकै आडमा वाम गठबन्धन विरुद्धको अभियान थालिएको छ । मंगलबार राति बाँसगढीमा प्रहरीको टोलीले बामगठबन्धनको झण्डा फाल्दै गर्दा रंगेहात पक्राउ परेपछि प्रहरी र प्रशासनको संलग्न भएको पुष्टि भएको छ । बाँसगढी नगरपालिकाको वडा नम्बर ८ जुरैना गाउँमा मध्यरातमा वाम गठबन्धनको झन्डा निकाल्दै फाल्दै गर्दा एकजना प्रहरी जवान र अन्य म्यादी […]

सिमिटकोट विमान दुर्घटनाको थप अपडेट : टाउकोमा गम्भीर चोट लागेका सुरक्षाकर्मीलार्इ नेपालगञ्ज लगियो

हुम्ला, १२ मंसिर । हुम्लाकाे सदरमुकाम सिमिकाेटमा दुर्घटना परेकाे बिमानमा रहेका ६ जना गम्भीर घाइते भएका छन् । तारा एयरको ‘नाइन–एनएबिएम’ कलसाइनको ट्वीनअटर विमान सिमकोट विमानस्थलमा आज बिहान उडान भर्ने बित्तिकै दुर्घटनामा परेको थियाे । विमानमा चालकदलका तीनजना र १३ जना सुरक्षाकर्मी थिए । उनीहरूमध्ये चालकदलका तीनसहित ६ जना घाइते भएका छन् । घाइतेमध्ये नेपाल […]

निर्वाचनमा खटिएका प्रहरी बोकेको तारा एयरको जहाज सिमिकोटमा दुर्घटना

हुम्ला, १२ मंसिर । हुम्लाकाे सदरमुकाम सिमिकाेटमा तारा एयरको जहाज दुर्घटनामा परेकाे छ । १० गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचनमा खटिएका प्रहरीहरु लिएर अाउदै गरेकाे तारा एयरकाे जहाज दुर्घटनामा परेकाे हाे । मंगलबार बिहान सिमिकाेटबाट सुर्खेतका लागि उड्नै लाग्दा अगाडिको टायर पञ्चर भएपछि विमान दुर्घटना भएको हो । दुर्घटनाबाट पाइलटसहित पाँचजना घाइते […]