नेकपा माओवादी केन्द्रको बैठकमा मुख्य तीन वटा प्रस्ताव पेस, अध्यक्षसहित १५ जना पदाधिकारी हुने प्रस्ताव

पुस ११ ,काठमाडौँ –  नेकपा माओवादी केन्द्रको आइतबार विहान बसेको बैठकमा मुख्य तीन वटा प्रस्ताव पेश भएको छ । आज दिउँसाे ३  बजे उद्घाटन हुने भनिएको प्रथम राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशनकोरुपमा स्वीकार गर्ने, पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा २१ औं शताब्दीमा समाजवाद हाम्रो बाटो शीर्षकको प्रतिवेदन पेश गरिएको र विधानमा केही परिमार्जन गरी अध्यक्षसहित १५ […]

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि १२ राजनीतिक दलहरुले गराए दल दर्ता

पुष १० काठमाडौँ –  राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि १२ वटा राजनीतिक दलहरुले निर्वाचन आयोगमा दल दर्ता गराएका छन्। । शुक्रबार र आज गरि जम्मा १२ वटा राजनैतिक दलले दल दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ। आगामी पुस १२ गतेदेखि निर्वाचन प्रक्रिया सुरु हुने प्रयोजनका लागि दल दर्ताको समय पनि शनिबार सकिएको छ । दल […]

शिक्षक सेवामा साढे १७ हजार अपुग दरबन्दी खुला गर्ने सरकारको तयारी

काठमाडौं, पुस ९ । शिक्षा मन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवामा साढे १७ हजार अपुग दरबन्दी खुल्ला गर्ने तयारीमा सरकार रहेको बताएका छन्। बिहिबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री पौडेलले शिक्षक सेवा आयोगलाई सक्रिय बनाएर साढे १७ हजार शिक्षकको दरबन्दी अपुग रहेकाले खुल्ला गर्ने तयारीमा रहेको बताए। […]

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, एमालेको अवरोधका बीच चार वटा अध्यादेश अघि बढाउने कार्यसूची

पुष ७,काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै पनि बस्दैछ । आजको बैठकको सम्भावित कार्यसूचीमा चार वटा अध्यादेश पेस गर्ने उल्लेख छ । एमालेको विरोध र नाराबाजी चलिरहँदा चालु १० औँ अधिवेशनको पहिलो बैठकमा पेस भएका ६ वटा र दोस्रो बैठकमा पेस भएका दुई अध्यादेशलाई बहुमतले स्वीकृत गरेको थियो । आजको बैठकमा चारवटा अध्यादेश […]

एमसीसीको विषयमा सत्ता गठबन्धन दलहरूबीच कुनै पनि मतभेद छैन : अध्क्षय नेपाल

पुष ३,नेपालगञ्ज। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमसीसीको विषयमा सत्ता गठबन्धन दलहरूबीच कुनै पनि मतभेद नभएको बताउनु भएको छ। नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको पहिलो लुम्बिनी प्रदेशस्तरीय सम्मेलनको शुक्रबार नेपालगञ्जमा उद्घाटन गर्दै अध्यक्ष नेपालले भन्नुभयो, “एमसीसीको नाममा गठबन्धन भत्काउने सपना कसैले देखेको छ भने त्यो कुनै पनि हालतमा पूरा हुँदैन। […]

छाङरु र तिंकरको जनगणना गरेर फर्किएको टोलीलाई हेलिकोप्टरमार्फत खलंगा ल्याइयो

दार्चुला । दार्चुलाको ब्यास गाउँपालिका १ छाङरु र तिंकरमा जनगणना गर्न गएको टोलीलाई बिहीबार नेपाली सेनाको हेलिकोप्टरमार्फत दार्चुला सदरमुकाम खलंगा ल्याइएको छ । भारतले आफ्नो क्षेत्रको सडकबाट जान नदिँदा स्वदेशको बाटो भएर जोखिमपूर्ण यात्रा गर्दै चार दिन हिँडेर जनगणना टोली उक्त क्षेत्र पुगेको थियो । ३ मंसिरमा दार्चुला सदरमुकाम खलंगाबाट उक्त क्षेत्रतर्फ गएको जनगणना टोली […]

प्रधानमन्त्री देउवाले नेकपा (एमाले)को १० औँ महाधिवेशनलाई सम्बोधन गर्ने

मंसिर ९, काठमाडौँ। नेकपा (एमाले) को १० औँ महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्नुहुने भएको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका देउवा शुक्रबार चितवन पुगेर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार प्रधान मन्त्री देउवा हेलिकप्टरबात बिहान ११ः४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा आइपुग्नुहुने कार्यक्रम रहेको […]

प्रचण्ड आगामी आम निर्वाचनमा चितवनबाटै उम्मेदवारी दिने

मङ्सिर ७ ,काठमाडौँ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी आम निर्वाचन चितवनबाटै उम्मेदवारी दिने भएको छ । चितवन भूमिगत संयोजनात्मक जलसिँचाइ आयोजना, भरतपुरले भरतपुर महानगरपालिका–२७ बुद्धनगरमा निर्माण गरेको डिप ट्युबेल सिँचाइ प्रणालीको सोमबार अबेर उद्घाटन गर्दै उहाँले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेदवारी दिने बताउनु भएको हो। गत निर्वाचनमा आफूले […]

जनगणना सुरु,लिपुलेक र लिम्पियाधुरा पनि समेटिने

 कात्तिक २५, काठमाडौँ । राष्ट्रिय जनगणना २०७८ बिहीबार आज बात सुरु भएको छ । नेपालमा सङ्घीयता कार्यान्वयन भएपछि यो पहिलो जनगणना हो । ३९ हजार गणक र आठ हजार पाँच सय जना गणक जनगणनाका लागि देशैभर गरी कार्यक्षेत्रमा खटिएका छन् । कोरोना महामारीका कारण जनगणना कार्यतालिका स्थगित भएको थियो । जनगणनाका लागि ८० वटा प्रश्नावली बनाइएको छ । एक जना […]

तिहार बजार यस्तो छ – फोटोहरु

कार्तिक १७ ,काठमाडौँ। तिहार बजार काठमाडौँको प्रमुख बजार नयाँ सदक, इन्द्र चोक तथा असनमा देखिएका केहि तस्विरहरु समावेस गरेका छौ।        फोटो -बुद्ध शरण शाही