मङ्सिर ७ ,काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी आम निर्वाचन चितवनबाटै उम्मेदवारी दिने भएको छ ।
चितवन भूमिगत संयोजनात्मक जलसिँचाइ आयोजना, भरतपुरले भरतपुर महानगरपालिका–२७ बुद्धनगरमा निर्माण गरेको डिप ट्युबेल सिँचाइ प्रणालीको सोमबार अबेर उद्घाटन गर्दै उहाँले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेदवारी दिने बताउनु भएको हो। गत निर्वाचनमा आफूले चितवनका जनतासँग गरेको बाचा पूरा गर्दै आएको प्रशंग जोड्दै आगामी निर्वाचनममा चितवन क्षेत्र नं ३ बाटै आफ्नो उम्मेदवारी दिने निर्णय लिएको बताउनु भयो ।
‘ भरतपुर महानगरको विकास लोभलाग्दो किसिमले अगाडी बढेको छ। यसलाई अझ उचाइमा पुर्याउन मैले आगामी दिनमा अझ सशक्त जिम्मेवारी भूमिका निर्वाह गर्नु पर्ने आवस्यकता मैले महसुस गरेको छ। यस्को लागि जनताको माया पुन फेरी यो पटक उम्मेदवारी दिने मैले ठानेको छु। मैले बाचा गरेको बमोजिम भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निर्वाचन अगाडि जग्गा वितरण गर्ने तैयारी अनुरुप पहिलो चरणमा जग्गा वितरण गरिन्छ ।’
चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाका प्रमुख देवकुमार स्याङवोका अनुसार सो क्षेत्रमा रु चार करोडको लागतमा पाँच डिपट्युबेल प्रणाली निर्माण गरिएका छन्।
यसबाट २०० हेक्टर जमिन सिञ्चित हुनेछ। जिल्लाका विभिन्न क्षेत्रमा यस कार्यालयले १७ ट्युबेल प्रणाली निर्माण गरिसकेको छ। ती ट्युबेल निर्माण गर्न रु १३ करोड ६० लाख खर्च भएको उहाँको भनाइ छ। नयाँ निर्माण गरिएका ट्युबेलले ८७७ हेक्टर जमिन सिञ्चित भएको छ।