प्रधानमन्त्री देउवाले नेकपा (एमाले)को १० औँ महाधिवेशनलाई सम्बोधन गर्ने

मंसिर ९, काठमाडौँ। नेकपा (एमाले) को १० औँ महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्नुहुने भएको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका देउवा शुक्रबार चितवन पुगेर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार प्रधान मन्त्री देउवा हेलिकप्टरबात बिहान ११ः४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा आइपुग्नुहुने कार्यक्रम रहेको बताइएको छ । उहा नारायणी नदी किनारमा हुने महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन पश्चात मध्यान्न १ः१५ बजे फर्किने समय तालिका रहेको छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने वा नआउने निश्चित भइ सकेको छैन । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनता समाजवादी पार्टी (लोकतान्त्रिक) का महन्थ ठाकुर वा राजेन्द्र महतो कार्येक्रममा भाग लिने भएका छन्। भोलि हुने महाधिवेशनको तैयारीको बिषयमा एमालेले अहिलेसम्मको तयारी र पाहुनाको ब्यबस्थापन विषयमा आज दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी दिने जनाएको छ । महाधिवेशन यही मङ्सिर १० गते देखि १२ गतेसम्म हुँदैछ । महाधिवेशनको उद्घाटन सत्रमा पाँच लाख नेता कार्यकर्ता सहभागी हुने पार्टीले जनाएको छ । बन्दसत्र सौराहामा गरिँदै छ ।

Loading...