नेपाल राष्ट्र बैंकले २० अर्ब बराबरको रिपो जारी गर्दै

मंसिर ९, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तरलता व्यवस्थापन गर्न २० अर्ब बराबरको रिपो जारी गर्दैछ ।

बैंक तथा वित्तीय प्रणालीमा लगानी योग्य रकम अभाव हुन नदिन दिउँसाे २ बजे १४ दिने रिपो जारी गर्न लागिएकाे राष्ट्र बैंकले जनाएकाे छ ।

बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ । तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तर बैंक सापटी, स्थायी तरलता सुविधा प्रयोग गर्ने गर्दछन् ।

Loading...