युनेस्कोले प्रशंसा गरेको ‘ महर्जन कम्प्लेक्स ’ खुल्यो

मंसिर ९,काठमाडौ। राजधानीकै ब्यस्त प्रमुख ब्यापारिक केन्द्र नयाँ सडक ( न्युरोड ) को केन्द्र बिन्दुमा रहेको सम्पदामैत्री व्यावसायिक भवन ‘ महर्जन कम्प्लेक्स ’ सञ्चालनमा आएको छ । उक्त कम्प्लेक्स महर्जन बिजनेस एसोसिएटले निर्माण गरेको हो । कोरोना महामारीका कारण दुइ बर्ष ढिलो भएको यो ब्यापारिक कम्प्लेस निर्माण अन्तिम चरण सकिएर ब्यबसायिक क्षेत्रमा नयाँ प्रविधि युक्त ब्यापारिक म़लको रुपमा प्रस्तुत हुदै छ।

कम्पनीका अध्यक्ष कृष्णलाल महर्जन बताउनु हुन्छ ‘ ब्यापार गर्ने र लगानी गर्नेको लागि यो एउटा सुरक्षित /सुयोग्य लगानी हुने हिसाबमा हामीले बनाएका छौ । ’
संयुक्त राष्ट्रसंघ अन्तर्गतको निकाय युनेस्कोले समेत प्रशंसा गरेको कम्प्लेक्सका केही कबल खरिद तथा भाडाको लागि उपलब्ध रहेको पनि उनले जानकारी दिए । उनका अनुसार उक्त कम्प्लेक्सको स्पेस आफ्नै स्वामित्वमा रहने गरी खरिद गर्न सकिन्छ ।

ब्यबसायीले लगानी गरि आफ्नै स्वामित्व हुने गरि वा भाडामा लिएर व्यवसाय सुरु गर्न मिल्ने गरि सुविधा ब्यबस्थाका साथ् सुरु गर्ने तयारी गरिरहेको उनले जानकारी दिए ।

Loading...