सर्वोच्च अदालतमा आजका लागि नौवटा इजलास तोकियो

मङ्सिर ९ ,काठमाडौँ । सर्वोच्च अदालतमा आजका लागि नौवटा इजलास तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आजका लागि दुई पूर्ण, दुई एकल र पाँच संयुक्त इजलास गरि नौ इजलास तोक्नुभएको छ । आजका लागि तोकिएको नौ इजलासमा २८४ वटा मुद्दामा पेशी तोकिएको सर्वोच्चले जनाएको छ ।
आज नियमित जस्तै बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ । प्रधानन्यायाधीश जबराले पूर्ण इजलास का लागि न्यायाधीशहरु दीपककुमार कार्की, हरिप्रसाद फुँयाल र नहकुल सुवेदी तथा डा. आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानलाइ तोक्नुभएको हो ।
यसैगरी सयुक्त इजलासका लागि न्यायाधीशद्वय मीरा खड्का र प्रकाशकुमार ढुङ्गाना, हरिकृष्ण कार्की र कुमार चुडाल, विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमा, अनिलकुमार सिन्हा र कुमार रेग्मी तथा प्रकाशमान सिंह राउत र बमकुमार श्रेष्ठलाइ तोकिएको छ ।
साथै, डा. मनोजकुमार शर्मा र तेजबहादुर केसीका लागि एकल इजलास तोकिएको सर्वोच्चले जनाएको हो ।

Loading...