शाखा अधिकृतको विज्ञापन प्रक्रिया पुस १८ सम्म यथास्थितीमा राख्न अन्तरिम आदेश


काठमाडौ, पुस १३ । पाटन उच्च अदालतले शाखा अधिकृतको विज्ञापन प्रक्रिया पुस १८ सम्म यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ।

अदालतका न्यायाधीश रामबहादुर थापाको एकल इजलासले विपक्षी लोकसेवा आयोग र सामान्य प्रशासन मन्त्रालयलाई १८ गते छलफलमा बोलाउँदै शाखा अधिकृत विज्ञापनको प्रक्रिया पुस १८ गतेसम्म यथास्थानमा राख्न अन्तरिम आदेश दिएको हो।

लोकसेवा आयोगले २०७६ मा गरेको विज्ञापन बमोजिम सबै चरणका परिक्षा दिई अन्तिम नतिजाको पर्खाइमा रहेका ६ जना रिट निवेदकको मुद्दामा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीको भूमिकाप्रति असन्तुष्ट परीक्षार्थीले सर्वोच्च अदालतको आदेशपछि सिफारिस गर्ने गरि भएपनि अन्तिम योग्यताक्रम प्रकाशन गरि पाउँ भनी मुद्दा दायर गरेका थिए।

एउटा परीक्षाको नतिजा नआउँदै बारम्बार एउटै पदमा आवेदन गर्न नसक्ने निवेदकले जिकिर गरेका थिए।

Loading...