काठमाडौं, २९ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । साेमवारका लागि तय भएकाे पदाधिकारी बैठक स्थगित गरी अध्यक्ष प्रचण्ड सुकुटे पुगेका हुन् । सो क्रममा सिन्धुपाल्चोक पार्टीका नेता नेता कार्यकर्ता, जनप्रतिनिधि र सुरक्षा अधिकारीसँग बाढीपहिरो प्रभावित क्षेत्रको पुनर्निर्माण लगायतका विषयमा जानकारी लिएका थिए । भोलि हुन गइरहेको सातौ […]
ब्यानर न्यूज
राष्ट्रपति पौडेलले जारी गरे ४ अध्यादेश, एक अझै बाँकी
काठमाडौं, २९ पुस । राष्ट्रपति रामचन्द्र पौडेल गत पुस २६ गते सरकारले सिफारिस गरेका ४ अध्यादेश जारी गरेका छन् । सोमबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम केपी ओली सरकारले सिफारिस गरेका ४ अध्यादेशहरू जारी गरेका हुन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको बिज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले सुशासन प्रवर्धन […]
माओवादी केन्द्र निकट कर्मचारी संगठनको सिटिइभिटि अध्यक्षमा पराजुली
नेकपा(माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद(सिटिइभिटि) केन्द्रीय समितिमा नयाँ नेतृत्व निर्वाचित भएको छ । शनिबार सानोठिमीमा सम्पन्न चौथो केन्द्रीय महाधिवेशनबाट रामकृष्ण पराजुलीको नेतृत्वमा ३३ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नेत्रबहादुर खत्री निर्वाचित हुँदा उपाध्यक्ष (खुला) केशरमान बुढाथोकी, उपाध्यक्ष(महिला) सुनिता गौतम र अन्य दुई उपाध्यक्षमा […]
गणतन्त्र सिंहदरबारमा बस्नेहरुबाटै खतरामा : सांसद श्रेष्ठ
बागमती प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री गंगानारायण श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्र सिंहदरबारमा बस्नेहरूबाट नै खतरामा रहेको बताएका छन् । सांसद श्रेष्ठले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सिन्धुलीको सातौं साधारण सभा तथा पाँचौ जिल्ला अधिवेशन उद्घाटन गर्दै सिंहदरबारमा बस्नेहरुबाट नै संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा रहेको खुलासा गरेका हुन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको चार पिल्लरको रुपमा […]
भक्तपुर प्याब्सनको अध्यक्षमा राजन कस्पाल
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को भक्तपुर जिल्लामा नयाँ नेतृत्व निर्वाचित भएको छ । प्याब्सन भक्तपुरकाे १६ औँ अधिवेशनले राजन कस्पालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । अध्यक्ष निर्वाचित कस्पाल मोर्डन बोर्डिङ स्कूल, दधिकोटका संचालक/प्रिन्सिपल हुन् । अधिवेशनले वरिष्ठ उपाध्यक्षमा निलेश आचार्य र अर्को उपाध्यक्ष पदमा बिजय कर्माचार्यलाई निर्वाचित गरेको छ । उनीहरू […]
काठमाडौं इन्जिनियरिङ कलेज कालिमाटीमा तीन दिने प्रदर्शनी, आज अन्तिम दिन
काठमाडौं इन्जिनियरिङ कलेज, कालिमाटीले तीन दिने बृहत प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनीको आज अन्तिम दिन हो । बिहीबारबाट शुरु सो प्रदर्शनी शनिवार साँझ सकिँदैछ । ‘दृष्टि ३.०’ नाम दिइएको प्रदर्शनीमा कलेजले इन्जिनियरिङ क्षेत्रमा आफ्नो आविस्कार, प्रयोग, ज्ञान र सीपलाई प्रदर्शन गरिरहेको छ । कलेजका अध्यक्ष तथा प्राचार्य प्राध्यापक इ. हिरेन्द्रमान प्रधानले एकेडमीक नतिजा उत्कृष्ट […]
कफी र ग्रीन टी मध्ये कुन पिउँदा मुटु बलियो ? अध्ययन यसाे भन्छ
काठमाडौं, २७ पुस । विश्वमा उच्च रक्तचाप र उच्च रक्तचापका बिरामीको संख्या बढ्दै गएको छ । जसका कारण मुटु रोगीको संख्या पनि ह्वात्तै बढेको छ । सही जीवनशैली र खानपानले यस रोगबाट बच्न सकिन्छ । कफी र ग्रीन टीको सेवन मुटुको स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । तर धेरैजसो मानिसहरु ग्रिन टी वा कफी कुन […]
वकिल एल्विन ब्राग, जसका कारण ट्रम्प अपराधी प्रमाणित भए
न्युयोर्क, २७ पुस । इतिहासमा पहिलो पटक अभियोजक एल्भिन ब्रागले अमेरिकी राष्ट्रपतिलाई सजाय दिने उपलब्धि हासिल गरेकी छिन् । अभियोजक सरकारी वकिल हुन्, जसले सरकारको तर्फबाट मुद्दा पेश गरेकी थिइन् । र, उनी त्यसका लागि लामो समय देखी लडेकी पनि थिइन् । संदिग्ध अपराधी (जो यस मामलामा ट्रम्प थिए) विरुद्ध अभियोग लगाउने जिम्मेवारी अभियोजकको हो। […]
निर्माण कम्पनीले नै गरे नगरकोट सडक निर्माणको सम्झौता रद्द
भक्तपुरको कमलविनायक–नगरकोट सडक सुधार एवम् बिस्तारको जिम्मा पाएको नेपाली निर्माण कम्पनी सैलुङ्ग कन्सट्रक्सन (एससीसीपीएल) र भारतीय निर्माण कम्पनी एआईपिएल आफैंले सम्झौता रद्द गरेका छन् । कम्पनीको तर्फबाट बिहिवार प्रेस विज्ञप्ती जारी गर्दै उक्त सडक निर्माणको सम्झौता रद्द गरेको घोषणा गरिएको हो । निर्माण कम्पनीले पटक पटक म्याद थप गर्दा पनि तोकिएको समयमा निर्माण सम्पन्न नगरेको […]
पत्रकार रोकालाई गोविन्द शर्मा स्मृति पत्रकारिता पुरस्कार
काठमाडौं २६ पुस । प्रेस सेन्टर नेपाल, काठमाडौं शाखाले स्थापना गरेको गोविन्द शर्मा स्मृति पत्रकारिता पुरस्कार–२०८१ बाट पत्रकार टेक बहादुर रोका (टेनिस) पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल काठमाडौं शाखाको तत्कालिन अध्यक्ष रहेका शर्माको २०७६ सालमा सडक दुर्घटनामा परी निधन भएको थियो । उनको नाममा काठमाडौं शाखाले पुरस्कार स्थापना गरी अधिवेशनमा पत्रकारिता क्षेत्रमा सक्रिय […]










