काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय पुस्तक नीति छिट्टै मन्तिपरिषद्मा लगिने बताएका छन् । कानून र अर्थमन्त्रालयबाट स्वीकृती पाइसकेको खुलासा गर्दै मन्त्री पोखरेलले मस्यौदालाई अन्तिम रुपदिने काम भइरहेको स्पष्ट पारेका हुन् । बाह्रौं पुस्तकालय दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पोखरेलले राष्ट्रिय पुस्तक नीति लागु भएपछि नेपालको पुस्तकालय तथा पुस्तक […]
शिक्षा
पढ्न नपाएका महिलाका लागि खोलिएको ज्ञानज्योतिमा शिक्षामन्त्री पोखरेल र युवा नेता गगन थापाको जम्काभेट
काठमाडौं । शिक्षामन्त्री गिरिराज मणी पोखरेलले अबको शिक्षा व्यावसायिक एवं रोजगारमूलक शिक्षालाई प्रवर्द्धन गर्ने हुनुपर्ने बताएका छन् । उनले अहिले ल्याइएको शिक्षा नीति यसैको केन्द्र वरिपरि रहेको पनि दावी गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमका क्रममा बोल्दै शिक्षामन्त्री पोखरेलले नयाँ शिक्षा नीतिले २०८५ सम्म नेपाललाई पूर्णतः साक्षर मुलुक बनाउने लक्ष्य लिएको पनि बताए । […]
व्यावसायिक एवं रोजगारमूलक शिक्षालाइ प्रवर्द्धन गर्ने गरी नयाँ शिक्षा नीति ल्याएको शिक्षामन्त्रीको दावी
काठमाडौं । शिक्षामन्त्री गिरिराज मणी पोखरेलले अबको शिक्षा व्यावसायिक एवं रोजगारमूलक शिक्षालाई प्रवर्द्धन गर्ने हुनुपर्ने बताएका छन् । उनले अहिले ल्याइएको शिक्षा नीति यसैको केन्द्र वरिपरि रहेको पनि दावी गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमका क्रममा बोल्दै शिक्षामन्त्री पोखरेलले नयाँ शिक्षा नीतिले २०८५ सम्म नेपाललाई पूर्णतः साक्षर मुलुक बनाउने लक्ष्य लिएको पनि बताए । […]
विसं २०८५ सम्म शिक्षित नेपाल बनाउने लक्ष्य, पूरा होला त?
काठमाडौँ, १४ भदौ । विभिन्न कारणले औपचारिक शिक्षा हासिल गर्न नपाएका महिलाका लागि स्थापना गरिएको ज्ञानज्योति महिला विद्यालयबाट २१२ विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेका छन् । विसं २०६२ भदौ १५ गते काठमाडौँको मित्रपार्क चावहिलमा स्थापना भएको विद्यालयमा हाल २८६ जना विद्यार्थी अध्ययनरत् छन् । विद्यालयको १४औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा शिक्षा, विज्ञान […]
विद्यालयमा झडप भएपछि परीक्षा नै रोकियो
सर्लाही । दुई पक्षबीचको झडपका कारण तनावग्रस्त बनेको हरिपुर्वा नगरपालिकास्थित केश्वर गरिव जनता माध्यमिक विद्यालयमा अझै पनि तनाव कम भएको छैन । मंगलबार एक पक्षले विद्यालयमा तोडफोड गर्न खोजेपछि भइरहेको त्रैमासिक परीक्षा रोकिएको छ । सोमबार विद्यालय परिसरभित्र भएको अभिभावक भेलामा दुई पक्षबीच झडप भएको थियो । मंगलबार पुनः तनाव भएपछि विद्यालयको पहिलो त्रैमासिकपरीक्षा रोकिएको हो । विद्यालयमा सुरक्षाकर्मी […]
एक विद्यालय एक नर्स कार्यक्रमले पूर्णता पाउँदै
मकवानपुर, १३ भदौ । प्रदेश नं ३ का केही विद्यालयमा परीक्षणको रूपमा सञ्चालन गरिएको एक विद्यालय एक नर्स कार्यक्रम प्रदेशका ११९ स्थानीय तहमा लागू गरिने भएको छ । प्रदेश नं ३ सरकारले निकै महत्वका साथ गत वर्ष ‘पाइलट प्रोजेक्ट’ को रूपमा परीक्षणस्वरुप शुरु गरेको कार्यक्रममा विभिन्न १८ विद्यालयमा सञ्चालन भइरहेको छ । प्रत्येक स्थानीय तहमा […]
भाइरलका कारण शिक्षक बिरामी हुँदा स्कूल बन्द
भीमदत्तनगर, १३ भदौ । कञ्चनपुरका स्वास्थ्य संस्थामा भाइरलका बिरामीको सङ्ख्या बढ्दै गएको छ । भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा दैनिक १०० भन्दा बढी भाइरल ज्वरो, रुघाखोकी, टाउको दुख्ने बिरामी आइरहेको महाकाली अञ्चल अस्पतालले जनाएको छ ।उक्त अस्पतालका सूचना अधिकृत केशव अवस्थीले यहाँ आउने बिरामीमध्ये ५० प्रतिशतमा भाइरलको प्रकोप देखिएको बताए । “दैनिक २०० बिरामी यहाँ स्वास्थ्य […]
एचआइभी सङ्क्रमित बालबालिकाको शिक्षामा समस्या
लम्की, १३ भदौ । कैलालीका एचआइभी सङ्क्रमित बालबालिकालाई शिक्षा आर्जनमा समस्या हुने गरेको छ । सङ्क्रमित बालबालिकालाई अध्ययनका लागि आवश्यक विद्यालय पोशाक, कापी, किताब जुटाउन नै समस्या हुने गरेको उनीहरुको गुनासो छ । जोशीपुरका सङ्क्रमित एक बालकले विद्यालयमा शुल्क तिर्नु नपरे पनि आवश्यक कापी किताब जुटाउनै मुस्लिक रहेको बताए । “मेरो बुबाआमा छैनन्, बूढा बाजेबज्जैको […]
विकटका विद्यालयमा छात्राबास निर्माण हुने
हेटौँडा, १३ भदौ । सीमान्तकृत जातिका रुपमा रहेको चेपाङ जातिको बाहुल्य मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा टाढाबाट घण्टौँ धाएर विद्यालय आउने विद्यार्थीलाई लक्षित गरेर छात्राबास निर्माण गरिने भएको छ । राक्सिराङ ६, सिलिङेस्थित राष्ट्रिय माध्यमिक विद्यालयको छात्राबास निर्माणका लागि तीन कठ्ठा जग्गासमेत खरीद गरिसकिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । खासगरी वडाध्यक्ष, विद्यालय व्यवस्थापन समिति […]
शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक पारित
काठमाडौँ, १३ भदौ । राष्ट्रिय सभाको आजको बैठकले ‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५’ बहुमतले पारित गरेको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तावको सैद्धान्तिक छलफलमा भाग लिनुहुँदै नेपाली काँग्रेसका जीतेन्द्रनारायण देवले विश्वविद्यालयका […]











