शिक्षक विद्यार्थी सबै बिरामी भएपछि स्कूल बन्द

भीमदत्तनगर, १३ भदौ । कञ्चनपुरका स्वास्थ्य संस्थामा भाइरलका बिरामीको सङ्ख्या बढ्दै गएको छ । भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा दैनिक १०० भन्दा बढी भाइरल ज्वरो, रुघाखोकी, टाउको दुख्ने बिरामी आइरहेको महाकाली अञ्चल अस्पतालले जनाएको छ । उक्त अस्पतालका सूचना अधिकृत केशव अवस्थीले यहाँ आउने बिरामीमध्ये ५० प्रतिशतमा भाइरलको प्रकोप देखिएको बताए । “दैनिक २०० बिरामी यहाँ […]

२५ प्रतिशत बढुवामा पुनर्योगको नतिजा सार्वजनिक

भक्तपुर । शिक्षक सेवा आयोगले २५ प्रतिशत बढुवाको पुनर्योगको नतिजा सार्वजनिक गरेको छ । आयोगले यस अघि प्रकाशित गरेको बढुवाको नतिजामा चित्त नबुझी पुनर्योगको निवेदन दिएकाहरुको पुनर्योगको नतिजा प्रकाशित गरेको हो । आयोगद्वारा विभिन्न मितिमा प्रकाशितलिखित परीक्षाकोनतिजामा चित्त नवुझी पुनर्योगका लागि पेश भएका आवेदन उपर पुनर्योग समितिको मिति २०७६ भदौ ११ गतेको निर्णय एवं सिफारिस […]

लोकसेवा परिक्षामा कसरी लेख्ने ? हेर्नुहोस् लोकसेवामा लेख्ने प्राविधिक तरीका

काठमाडौं । नेपालमा सरकारी जागिरमा धेरैको आकर्षण रहेको छ । पछिल्लो समय देशभर लोकसेवाको तयारी गर्नेक्रम पनि बढेको छ । लोकसेवालाई नै लक्षित गर्दै धेरै देशका धेरै ईलाकामा इन्स्च्यूटहरु चलेका छन् । तर पनि धेरै जना अझै पनि लोकसेवाको उचित तयारी गर्ने अवसरबाट बञ्चित नै छन् । लोकसेवासहित सबै परीक्षा दिने परीक्षार्थीहरुको मनमा खट्किने कुरो […]

विद्यालय कर्मचारीको तलब साढे १६ हजार, इसिडि शिक्षकको साढे १८ हजार !

काठमाडौं । सरकारले इसिडि शिक्षक र विद्यालय कर्मचारीहरुलाई अत्यन्तै न्यून तलव सुविधा दिए पनि केही सामुदायिक विद्यालयहरुले भने उनीहरुको राम्रो व्यवस्थापन गरेको पाइएको छ । काठमाडौं बाफल स्थित ज्ञानोदय माविले निजी स्रोतमै इसिडि शिक्षक र विद्यालय कर्मचारीहरुलाई राम्रो सुविधा दिएको हो । विद्यालयले इसिडिका शिक्षकहरुलाई १४ हजार पाँचसय मासिक सुविधा दिँदै आएको थियो । गएको महिना […]

विद्यालय परिसरबाटै सहायक प्रधानाध्यापक र लेखापाल पक्राउ

काठमाडौको एक विद्यालयमा कार्यरत सहायक प्रधानाध्यापक र लेखापाल अख्तियारको फन्दामा परेका छन् । सेवाग्राही संग घुस लिएपछि बिहीवार उनीहरुलाई रंगेहात पक्राउ गरिएको हो । पक्राउ पर्नेमा काठमाडौको चावहिलस्थित पशुपति मित्र माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक भरत बिक्रम बि.सी.र लेखापाल बद्रीप्रसाद पराजुली (मा.वि. तृतीय श्रेणी) रहेका छन् । विद्यालयमा क्यान्टिन बनाउने कार्य सम्पन्न गरी रकम निकाशा गर्ने […]

डाक्टर, इन्जिनियर पढाउन गाउँपालिकाको सहयोग

खलङ्गा । जाजरकोटको एक स्थानीय तहले एमवीवीएस डाक्टर र इन्जिनियर उत्पादन गर्न लागेको छ । गाउँपालिकाले आफनो क्षेत्रका दुई जना विपन्न विद्यार्थीलाई छात्रवृत्ति कोटामा एमवीवीएस डाक्टर र इन्जिनियर पढाउन सुरु गरेको हो । जिल्लाको कुशे गाउँपालिकाले आफनो आर्थिक सहयोग छात्रवृत्तिकोटा निर्धारण गराएर प्रत्येक वर्ष दुर्इजना स्थानीय विद्यार्थीलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमवीवीएस डाक्टर र पुल्चोक […]

विद्यार्थी पढाउन हेलचक्रयाइँ नगरौँ: मुख्यमन्त्री भट्ट

डोटी, १२ भदौ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विद्यार्थी पढाउनमा कुनै कन्जुस्याइँ नगर्न आग्रह गर्नुभएको छ । डोटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुरमा रहेको शहीद स्मृति आवासी विद्यालय राजपुरको आज अनुगमन गर्दै मुख्यमन्त्री भट्टले विद्यार्थी पढाउनमा कुनै हेलचक्रयाइँ नगर्न शिक्षकहरुलाई निर्देशनसमेत दिएको छ । निरीक्षणकै क्रममा मुख्यमन्त्री भट्टले पढाइमा लापरवाही गर्ने शिक्षकलाई तत्काल कारवाही […]

विद्यालयमा सेनिटरी प्याडसहितको एटिएम

बझाङ, १२ भदौ । छाउपडी प्रथाविरुद्ध अभियान सञ्चालन गरिरहेको छविसपाथिभेरा गाउँपालिकाले विद्यालयमा महीनावारीका बेला छात्राको पढाइमा असर नपरोस् भनेर सेनिटरी प्याडसहितको एटिएमको व्यवस्था गरेको छ । छात्रालाई चाहिने सेनिटरी प्याडसहितको एटिएम कक्ष शुरु गर्ने बान्नीचौर मावि पहिलो स्कूल भएको छ । छविसपाथिभेरा गाउँपालिका उपप्रमुख राधिका जोशीले भनिन, “महीनावारी भएका कारणले स्कूल नआउने दिनको अन्त्य भएको […]

पद छोड्नै लाग्दा त्रिविमा खनियाँको ६० करोडको खेल

काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयका निवर्तमान उपकुलपति तीर्थ खनियाँले अवकाशको केही दिनअघि निजी मेडिकल कलेजहरूलाई फाइदा हुनेगरी विवादास्पद निर्णय गरेको भेटिएको छ । निजी मेडिकल कलेज सञ्चालकहरूको प्रस्तावमा उनले त्रिवि प्राज्ञिक परिषद्को निर्णय भन्दै नेपालमा प्रवेश परीक्षा नै नलिई विदेशी विद्यार्थी भर्ना गर्ने बाटो खोलेका हुन् । निर्णयबारे बैठकमा सहभागीहरूले फरक/फरक प्रतिक्रिया दिएका छन् । निवर्तमान उपकुलपति खनियाँ लगायतले […]

गाउँपालिकाका कारण एक वर्षदेखि ६ स्कूलका शिक्षकले तलब नै पाएनन

रोल्पा । गाउँपालिकाले गरेको गलत निर्णयका कारण रोल्पाका ६ विद्यालयमा कार्यरत करिब दुई दर्जन बढी शिक्षकले एक वर्षयता तलब खान पाएका छैनन् । शिक्षकले तलब त पाएनन् नै विद्यार्थीको छात्रवृती, खाजा, पुस्तक र मसलन्दको रकम समेत रोकिएको छ। पश्चिम रोल्पाको गंगादेब गाउँपालिकाले औपचारिक रुपमै विद्यालयहरुको बैङ्क खाता रोक्का गरिदिएपछि शिक्षक विद्यार्थीको बिचल्ली भएको हो । […]