प्रधानाध्यापकले कि विद्यालय सुधारौं कि त पद छाडौं

  राजेन्द्र अधिकारी प्रधानाध्यापक टंगाल मावि, टंगाल,काठमाडौं समग्र विद्यालयको अवस्थाबारे बताइदिनोस् न ? वि.सं. २०२० सालमा स्थापना भएको यो विद्यालय क्रमिक रुपमा २०२७/०२८ सालमा निम्न माध्यमिक हुँदै २०४० मा माध्यमिक तह भएको हो । २०६५ सालदेखि कक्षा ११ र १२ अध्ययन अध्यापन गराउन शुरु गरेको हो । यस टंगाल माविले स्थापनाकालदेखि अहिलेसम्म  आइपुग्दा धेरै आरोह […]

पढ्दा पढ्दै कक्षाकोठामै ढलेकी कमलाको मृत्यु, आठ जना बेहोस

पाल्पा, ११ भदौ । पाल्पाको एक विद्यालयमा अनौठो घटना घटेको छ । जिल्लाको रम्भा माध्यमिक विद्यालयमा कोचिङ पढ्दै गदाृ एकाएक बेहोस भएकी एक जना विद्यार्थीको मृत्यु नै भएको छ भने अन्य ८ जना अझै बेहोस नै रहेका छन् । रम्भा माविकी छात्रा कमला फालको कोचिङ पढ्दा पढ्दै बेहोस भएर मृत्यु भएको हो । उनका अन्य ८ […]

काठमाडौँ विश्वविद्यालयको २१ दिन अगाडिदेखि लगाएको ताला खुलेन

बनेपा, ११ भदौ । काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालयका प्राध्यापक र कर्मचारी सङ्घले उपकुलपति, रजिष्ट्रार र डिनको कार्यालयमा लगाएको ताला आज २१ दिन बितिसक्दा पनि खुलेको छैन । प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले विश्वविद्यालय नीति–नियम र पद्धतीबाट भन्दा पनि व्यक्तिविशेषबाट चलाउन खोजिएको र त्यसभित्र देखिएका अनियमितता, दक्षता र अनुभवीलाई विभिन्न विभागको जिम्मेवारी सुम्पिन र पेशागत […]

प्रअकै भरमा शिक्षा शाखा

सल्यान । सल्यानको कुमाख गाउँपालिकाको शिक्षा शाखामा हालसम्म कुनैपनि कर्मचारी छैनन् । २०७५ साल माघ ३० गतेदेखि संघीय सरकारले कार्यरत स्रोतव्यक्तिहरूको काज फिर्ता गरी हटाएपछि यो अवस्था सिर्जना भएको हो । कर्मचारीको अभावले गर्दा विद्यालयको स्थलगत अनुगमन तथा निरीक्षण, कक्षा अवलोकन-परामर्श, रिपोर्टिङ जस्ता प्राविधिक कार्य ठप्प रहेका छन् भने विद्यालयका तथ्याङ्क संकलन तथा अद्यावधिक कार्य […]

प्रअ चलाउछन् स्थानीय सरकारको शिक्षा शाखा : सहयोगमा राखेका छन् अनमी

सल्यान । सल्यानको कुमाख गाउँपालिकाको शिक्षा शाखामा हालसम्म कुनैपनि कर्मचारी छैनन् । २०७५ साल माघ ३० गतेदेखि संघीय सरकारले कार्यरत स्रोतव्यक्तिहरूको काज फिर्ता गरी हटाएपछि यो अवस्था सिर्जना भएको हो । कर्मचारीको अभावले गर्दा विद्यालयको स्थलगत अनुगमन तथा निरीक्षण, कक्षा अवलोकन-परामर्श, रिपोर्टिङ जस्ता प्राविधिक कार्य ठप्प रहेका छन् भने विद्यालयका तथ्याङ्क संकलन तथा अद्यावधिक कार्य […]

परीक्षा नै नदिएर आयो करिश्माको एसईईको मार्कसिट

बैतडी । सुन्दै अचम्म लाग्ने कुरा ! परीक्षा नदिएर कुनै विद्यार्थीको मार्कसिट आउँछ ? आउँदैन । तर, बैतडीमा भने कक्षा १० को पढाई छाडेर एसईई परीक्षा समेत नदिएर ‘लब म्यारेज’ गरेर हिँडेकी करिश्मा चन्दको एसईईको मार्कसिट आएको छ । जिल्लाको सिगास गाउँपालिका–५, ढुङ्गाढ स्थित सारदा माध्यमिक विद्यालयमा अध्ययनरत करिश्मा चन्दको एसईईको मार्कसिट आएको विद्यालयले जानकारी […]

प्राथमिक तहको नतिजा यसै साता

काठमाडौं । शिक्षक सेवा आयोगले यसै हप्तादेखि खुलातर्फको प्राथमिक तहको अन्तिम नतिजा प्रकाशन गर्न शुरु गर्ने जनाएको छ । विभिन्न जिल्लामा अन्तर्वार्ता हुँदा फाइलहरु आउन ढिला भएकाले नतिजा प्रकाशनमा ढिलाइ भएको आयोगले जनाएको छ । अन्तर्वार्ता पछि सबै जिल्लाका व्यक्तिगत फाइलहरु आयोगमा आएर त्यसको इन्ट्रीको काम सकिएको आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपलियाले जानकारी दिए […]

अब स्कूलमा हडताल गरेमा ५० हजार जरिवाना, इन्टरनेटबाट हैरान पारिएमा पनि सजाय हुने

काठमाडौँ, १० भदौ । कुनै पनि पक्षले आफ्नो निहित स्वार्थका लागि कलिला विद्यार्थीलाई मारमा पारेर विद्यालय बन्द गरेमा अब रु पचास हजारसम्म जरिवाना हुनेभएको छ । बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ७ को उपदफा ८ ले त्यसरी विद्यालय बन्द गराउने व्यक्ति वा संस्थालाई कानूनी कारवाहीको व्यवस्था गरेको छ । ऐन जारीपछि पनि विभिन्न समयमा […]

शिक्षाका सम्पूर्ण समस्या समाधान गर्ने गरी शिक्षा ऐन ल्याउन लागेको शिक्षामन्त्रीले सदनमा नै दिए जानकारी

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सङ्घीय शिक्षा ऐन बनाउने तयारीमा सरकार लागेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद गगनकुमार थापाले राखेको मौखिक प्रश्नको जवाफ दिदैँ उनले पहिले शिक्षा नीति जारी गर्ने र त्यसपछि ऐन बनाउने गृहकार्य भइरहेको स्पष्ट पारेका हुन् । सङ्घीय शिक्षा ऐन नबनेकाले तत्काल सहज सेवा दिन सङ्घीयता अनुकूल […]

१० वर्षभित्र सबै विद्यालय सुरक्षित बनाउने प्रतिबद्धता

सुर्खेत, १० भदौ । स्थानीय सरकारको सहयोगमा बृहत् विद्यालय सुरक्षा कार्यविधि कार्यान्वयन गरी १० वर्षभित्र सबै विद्यालय सुरक्षित बनाउन सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । दुई दिने ‘बृहत् विद्यालय सुरक्षासम्बन्धी विद्यार्थी मैत्री भेला’ मा सरोकारवालाले भूकम्पीयलगायतका सबै प्रकारका जोखिम न्यूनीकरण गर्न सुरक्षित विद्यालय निर्माणलाई जोड दिएका हुन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा वीरेन्द्रनगरमा सम्पन्न […]