विज्ञापन खारेजीको मुद्दामा शिक्षक आयोगलाई अदालतमा झिकाउन आदेश

काठमाडौं । शिक्षक विज्ञापन खारेजीको मुद्दामा सर्वोच्च अदालतले शिक्षक सेवा आयोगका उच्च अधिकारीलाई अदालतमा झिकाउन आदेश जारी गरेको छ ।

माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन)ले दायर गरेको मुद्दामा आइतबार दुवैतर्फबाट बहस भएको थियो । बहस पछि सर्वोच्चका न्यायधीश हरिकृष्ण कार्कीको एकल इजलाशले आयोगको उच्च अधिकारीलाई अदालतमा झिकाएर मात्रै अनितम फैसलागर्ने आदेश जारी गरेको हिस्टुनका अध्यक्ष पुष्प न्यौपानेले जानकारी दिए ।

अदालतले मुद्दाको आगामि पेशी भदौं २२ गते आइतबारलाई तोकेको छ । सायद सोही दिन मुद्दामा अन्तिम फैसला हुने न्यौपानेले बताए ।

’आयोगका उच्च अधिकारी झिकाएर मात्रै अन्तिम निश्कर्षमा पुग्ने न्यायाधिशको निष्कर्ष आएको छ’ हिस्टुनका अध्यक्ष न्यौपानेले ननस्टपखबरसँग भने ।

बहसका क्रममा न्यायधीशले सरकारी वकिललाई एउटा विषयका शिक्षकहरुलाई अर्को विषयमा परीक्षा किन लिन खोजिएको हो भनि प्रश्न गरेका थिए । प्रश्नमा कानून यस्तै छ भन्ने जवाफ भरपर्दो नभएको भन्दै न्यायधीशले आयोगको उच्च अधिकारीलाई अदालतमा झिकाउने आदेश दिउका हुन् ।

आयोगले खोलेको लाईसेन्सको परीक्षामा उल्लेख विज्ञापन नम्बर ३५ ले आफूहरुलाई समेट्न नसक्ने भन्दै हिस्टुनका अध्यक्ष न्यौपाने सहित ६ जना शिक्षकहरुले गत साउन २७ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा अहिले गरिएको विज्ञापन खारेज गरी विषयगत रुपमा लाईसेन्सको परीक्षा गर्नु पर्ने माग गरिएको छ ।

Loading...