काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)ले डिजिटल आन्दोलनमार्फत् शिक्षा वजेट २० प्रतिशत पुर्याउँदै इसिडि शिक्षक एवं विद्यालय कर्मचारीहरुको सुविधा बढाउन माग गरेको छ । साथै, निजी विद्यालयमा कार्यरत डेढलाख बढी शिक्षकहरुको सामाजिक सुरक्षा कोष लागु गर्नुपर्ने संगठनको मान रहेको छ । इसिडि शिक्षक र विद्यालय कर्मचारीको श्रम ऐनले तोके वमोजिम तलवभत्ता र दरवन्दी सिर्जना […]
शिक्षा
शिक्षक संघ चितवनले दियो ३५ जिल्लाका २७० शिक्षकलाई १० दिने आइसिटि तालिम
चितवन । नेपाल शिक्षक संघ चितवन जिल्ला कार्यसमितिले शिक्षकहरुका लागि १० लिने सूचना प्रविधियुक्त सिकाइ अनलाइन तालिम सञ्चालन गरेको छ । ३५ जिल्लाका २७० शिक्षकहरुले दिनको तीन घण्टाका दरले तालिम लिएका थिए । सोमबार नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले १० दिने तालिमको समापन गरेका हुन् । समापन कार्यक्रममा बोल्दै प्रवक्त शर्माले कोरोना माहामारीले शिक्षकहरुको काँधमा […]
परीक्षणदर बढाएर शैक्षिक क्षेत्र खुला गरौं– प्रवक्ता शर्मा
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शिक्षा क्षेत्रलाई लामो समय पूर्णतः बन्द गरेर राख्न नहुने बताएका छन् । कोरोना परीक्षणको दायरा बढाउँदै विभिन्न विकल्पहरुका साथ शैक्षिक संस्था खुला गर्नुपर्ने उनको भनाइ छ । नेपाल शिक्षक संघ चितवनले आयोजना गरेको शिक्षकहरुको १० दिने सूचनाप्रविधियुक्त सिकाइ तालिमको समापन कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले शैक्षिक क्षेत्र लामोसमय पूर्णतः […]
शैक्षिक अवस्था र आवश्यकता विपरितको नीति तथा कार्यक्रमः शिक्षाविद्
कठमाडौं । सरकारले सार्वजनिक गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा शिक्षाको पुनर्संरचनाको विषय नसमेटिएको सरोकारवालाहरुले बताएका छन् । नयाँ कुरा भन्दापनि पुरानै कुरा दोहोरिएको भन्दै उनीहरुले आएका केही राम्रा विषयको पनि कार्यान्वयनमा शंका गरे । सरकाले शिक्षामा आफ्नो प्रष्ट नीति, योजना र कार्यक्रम अघि सार्न नसकेको उनीहरुले टिप्पणी गरे । शिक्षा पत्रकार समूहले शनिवार आयोजना […]
अनलाईन कक्षा तत्काल सम्भव छैन : मन्त्री, सुदूरपश्चिम
काठमाडौं । सबै बालबालिकाको पहुँच नपुग्ने निष्कर्षसहित सुदूरपश्चिम प्रदेश सरकारले तत्कालै अनलाइन कक्षा संचालन नगर्ने टुंगोमा पुगेको छ । सुदूरपश्चिममा कोरोना संक्रमित बिरामी उपचारपछि घर फर्किसकेको र नयाँ संक्रमित नभेटिएकाले लकडाउन नलम्बिने ठानेर लकडाउन खुलेपछि नै विद्यार्थी भर्ना र नियमित कक्षा संचालन गर्ने निर्णयमा सामाजिक विकास मन्त्रालय पुगेको छ । सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री […]
यसरी दिन सकिन्छ सिकाइलाई निरन्तरता
यतिबेला कोरोना व्याधिका कारण विगत चैत ११ देखि लागू गरिएको लकडाउन जारी नै छ । जेठ ५ सम्म जारी लकडाउन जेठ ६ गते नै खुुल्छ भन्ने कुनै निश्चित आधार छैन । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले लकडाउनमा अरु सबै खुल्ला भए पनि विद्यालय भने अन्त्यमा मात्र खुल्छ भनिसकेका छन् । यसबीच सामुदायिक विद्यालयका १ देखि ९ कक्षासम्मको […]
विद्यार्थीलाई सरस्वती निकेतन माविको राहत, खाद्यान्न र सिकाइ सामग्री
काठमाडौं । काठमाडौं टेकु स्थित सरस्वती निकेतन माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई खाद्यान्न वितरण गरेको छ । लकडाउन लम्बिदै जाँदा खाद्यान्न अभाव भोगेका विद्यार्थीहरुलाई पहिलो चरणको राहत वितरण गरिएको हो । विद्यालयले राहतको दोस्रो चरणमा भने विद्यार्थीहरुलाई सिकाइ सामग्री वितरण गरिने जनाइएको छ । अहिले विद्यार्थीहरुमा मुख्यगरी पेटको र सिकाइको गरी दुईवटा भोक रहेको र विद्यार्थीको दुवै […]
१२ संघसंगठनले एकै श्वरमा भनेः थापा नै वैधानिक अध्यक्ष, फेसबुके टिप्पणी एकता विरोधी हर्कत
काठमाडौं । नेपाल शिक्षक महासंघमा आवद्ध र सम्बद्ध १२ संघसंगठनहरुले बाबुराम थापा नै महासंघको वैधानिक अध्यक्ष भएका स्पष्ट पारेका छन् । साथै, नेतृत्वको सवालमा सामाजिक सञ्जालमा भएका टिकाटिप्पणी एकता विरोधी भएको ठहर गरेका छन् । १२ आवद्ध र सम्बद्ध शिक्षक कर्मचारीका संघसंगठनहरुले शुक्रवार संयुक्त अपिल जारी गर्दै विद्यान संशोधन विधिसम्मत नै रहेको ठहर गरेका छन् […]
विद्यार्थी भर्ना, परीक्षा र पठनपाठन नगराउन निर्देशन
काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना भाइरसको सङ्क्रमण फैलिएको वर्तमान अवस्थामा तत्काल विद्यार्थी भर्ना नगर्न, शुल्क नलिन, औपचारिक पठनपाठन र परीक्षा सञ्चालन नगर्न/नगराउन निर्देशन दिएको छ । समितिको बुधवार बसेको बैठकले मुुलुकभर कोरोना सङ्क्रमणको आँकलन नगरी सामान्य अवस्था नभएसम्म विद्यार्थी भर्ना नगर्न, औपचारिक पठनपाठन सञ्चालन नगर्न र परीक्षा सञ्चालन नगर्न÷नगराउने व्यवस्था गर्नका […]
विद्यार्थी भर्ना नगर्न शिक्षा मन्त्रालयको निर्देशन
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी भर्ना नगर्न विद्यालयहरुलाई निर्देशन दिएको छ । सोमबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै सबै विद्यालयहरूको भर्ना तथा पठनपाठन स्थगित रहेको हुँदा सरकारबाट अर्को निर्णय नभएसम्म कुनै पनि कक्षा या तहमा नयाँ भर्ना नगर्न, नगराउन निर्देशन दिएको हो । साथै भर्नाका नाममा कुनै किसिमले शुल्क लिने, अनलाइन पठन पाठनको […]