भक्तपुर । भक्तपुरको सानोठिमी क्याम्पसका नवनिर्वाचित स्ववियू अध्यक्ष नरेन्द्रसिंह ठगुन्ना माथि सांघातिक आक्रमण भएको छ । शुक्रवार साझँ करिब ८ बजे उनी अपरिचित समूहको सांघातिक आक्रमणमा परेका हुन् ।
५/७ जनाको समूहमा रहेका अपरिचित समूहले तेर्साटारमा स्कुटी रोकी अन्धाधुन्ध आक्रमण गरेर फरार भएका स्ववियू अध्यक्ष ठगुन्नाले बताए । आफू एक्लै निवास तर्फ गैरहेको मौका छोपी आक्रमण भएको उनले बताएका छन् । उनको आखाँ र चिउँडोमा चोट रहेको छ ।
अखिल क्रान्तिकारीका नेता समेत रहेका स्ववियु अध्यक्ष ठगुन्ना माथिको आक्रमण निन्दनीय रहेको र दोषी पत्ता लगाई कार्वाही गर्न अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष सुमन माझीले सरकार संग माग गरेका छन् ।
यसले ब्यक्तिको निर्वाध हिडडुल गर्न पाउने हक कुण्ठित भएको छ भने जिल्लाको शान्ति सुरक्षाको अवस्था समेत कमजोर देखिएको विद्यार्थी नेता चन्द्रकला बास्तोलाले बताइन् ।
यसैबीच स्ववियुले शनिवार एक बिज्ञप्ती जारी गर्दै दोषी पत्ता लगाई कडा कार्वाही गर्न माग गरेको छ ।
प्रहरी बृत्त थिमिले भने घटनाको औपचारिक उजुरी नपरेको जनाएको छ ।
हेर्नुस् बिज्ञप्ती