प्रथम क्योकुशिन रियो राष्ट्रिय प्रतियोगितामा साहिर प्रथम, आइकेओके डोजोको यस्तो नतिजा

ललितपुर । प्रथम क्योकुशिन रियो राष्ट्रिय प्रतियोगिता-२०२५ मा साहिर श्रेष्ठले प्रथम स्थान हासिल गर्न सफल भएका छन् । सो प्रतियोगितामा आईकेओके क्योकुशिनकाई कराते डोजो नखिपोटका साहिर सर्वोत्कृष्ट भएका हुन् ।

इन्टरनेशनल कराते एलायन्स क्योकुशिन रियोको आयोजनामा ललितपुरको नखिपोटमा सम्पन्न प्रतियोगितामा साहिरले खुला तौल समूहमा प्रथम स्थान र  उक्त डोजोकै दिनेश बम्जनले दोस्रो स्थान हासिल गरे । त्यस्तै पासाङ घलान  तृतीय हुँदा प्रशान्त सुनुवार सान्त्वनामा चित्त बुझाउन बाध्य बने ।

महिलातर्फ ३० देखि ३५ केजी तौल समूहमा आईकेओकेकी अञ्जली राईले दोस्रो र रियान्सा बि.क.ले तेस्रो स्थान हासिल गर्न सफल भए ।

महिलातर्फकै ३५ देखि ४० तौल समूहमा अम्बिका घिमिरे प्रथम र सुस्मिता वि.कले सान्त्वना हात पारिन् । त्यस्तै ४० देखि ४५ के.जी तौल समूहमा अञ्जु श्रेष्ठ, ४५ देखि ५० के.जी. तौल समूहमा जेनिसा वि.क दोस्रो भइन् ।

महिला खुला तौल समूहमा एलिसा बि.क तेस्रो र तायमा बान्तवा राईले चौथो स्थान हासिल गरेकी छन्  ।

पुरुषतर्फ २५ देखि ३० केजी तौल समूहमा रोहिस वि.क तेस्रो, ३० देखि ३५ मा जेसिस राई प्रथम र सर्वन श्रेष्ठ दोस्रो भए । ३५ देखि ४० केजी तौल समूहमा कृष्ण चौधरी र ५० देखि ४५ करन शाही प्रथम भए भने रामराजा लोप्चनले दोस्रो स्थानमै चित्त बुझाउनु पर्यो। ४५ देखि ५० केजी तौल समूहमा सोनाम मोक्तान प्रथम र रेसङ् सुनुवार दोस्रो भए ।

काता प्रतियोगितामा लिसन मगर तेस्रो हुन सफल भए ।
प्रतियोगिता आइकेओके कराते डोजोका २९ जना खेलाडीले भाग लिएको प्रशिक्षक सेन्सेइ समीर श्रेष्ठले जानकारी गराए ।

प्रतियोगितामा पाँच वटा संघका ९२ जना खेलाडीहरुले भाग लिएको इन्टरनेशनल कराते एलायन्स क्योकुशिन रियोका अध्यक्ष रितुवर्तन राईले जानकारी दिएका छन् ।

कडा मेहनतका साथ नियमित रुपमा डोजोमा खेल अभ्यास गरिरहेका खेलाडीहरुले यो प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेको आइकेओके क्योकुशिनकाई कराते डोजोका अध्यक्ष दिपक लामाले बताए ।