नागरिकता संशोधन कानूनको विरोधमा प्रदर्शन मोबाइल र इन्टरनेट काटियो, १७ वटा रेलवे स्टेशन बन्द

काठमाडौं, ३ पुस । भारतको राजधानी नयाँ दिल्लीको केही स्थानमा मोबाइल र इन्टरनेट सेवा बन्द गरिएको छ । नागरिकता संशोधन कानूनको विरोधमा प्रदर्शन तिब्र भएपछि दिल्लीमा मोबाइल र इन्टरनेट सेवा बन्द गरिएको हो । नागरिकता संशोधन कानूनको विरोधमा पछिल्लो दुई सातादेखि भारतको विभिन्न प्रान्तमा विरोध प्रदर्शन हुँदै आएको छ । दिल्ली पुलिसले मोबाइल र इन्टरनेट […]

नागरिकता संशोधन कानून पारित विरोध प्रदर्शनः इतिहासकार रामचन्द्र गुहा पक्राउ

एजेन्सी, भारतमा नागरिकता संशोधन कानून पारित गरेको विरोधमा प्रदर्शनमा उत्रिएका इतिहासकार रामचन्द्र गुहा पक्राउ परेका छन् । गुहालाई प्रहरीले बेङलुरुबाट नियन्त्रणमा लिएको हो । ६१ वर्षीय गुहा एक टेलिभिजनसँग नागरिकता कानूनबारे बोल्दै गर्दा पक्राउ परेका हुन् । भारतका विभिन्न शहरमा केही दिनदेखि नागरिकता संशोधन विद्येयक खारेजीको माग सहित प्रदर्शन भइरहेको छ । भारत सरकारले प्रदर्शन […]

ट्रम्पमाथि महाभियोग प्रस्ताव पारित, के उनी फेरी निर्वाचनमा उठ्न सक्छन्?

US president Donald trump

एजेन्सी, अधिकार दुरुपयोग गरेबापत् अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि महाभियोग प्रस्ताव पारित भएको छ । तल्लो सदन हाउस अफ रेप्रेजेन्टेभिभ्सले ट्रम्पले आफ्नो शक्तिको दुरुपयोग गरे भन्ने आरोपको पक्षमा मतदान गरेको छ जसमा महाभियोग लगाउने पक्षमा २३० मत परेको थियो भने विपक्षमा १९७ मत परेको थियो । यससँगै उनले कंग्रेसलाई अवरुद्ध तुल्याएको भन्ने महाभियोगको दोस्रो आरोप पनि […]

अब नासाले खोल्ने भए अन्तरिक्षमा होटेल

भक्तपुर, ३ पुस । विश्वोको विभिन्न ठाउँमा यात्रुका लागि होटेल भए सरि अन्तरिक्षमा पनि होटेलको सुविधा हुने भएको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले अन्तरिक्षमा होटल बनाउने निर्णय गरेको हो । तर,अचम्म कुरा के छ भने यो होटल मानिसका लागि नभई रोबोटका लागि हुनेछ। त्यसैले होटेलको नाम नै ‘रोबोट होटल’ राखिएको छ। नासाले आफ्नो अबको […]

भारतसँग परमाणु युद्ध गर्ने पाकिस्तानको चेतावनी

इश्लामावाद – पकिस्तानका प्रधानमन्त्री इमरान खानले एक पटक फेरी भारतलाई परमाणु युद्धको धम्की दिएका छन् । जेनेभामा ग्लोबल रिफ्यूजी फोरममा पाकिस्तानी प्रधानमन्त्रीले भने,‘नागरिकता संशोधन कानूनका कारण दक्षिण एसियामा केबल सरणार्थी संकट खडा हुने मात्रै होइनकि यसैका कारण परमाणु सम्पन्न देशकाबीच संघर्ष पनि सुरु हुन सक्छ ।’ इमरानको यो भनाईपछि भारतका तर्फबाट तत्काल प्रतिक्रिया दिँदै विदेश […]

मौसमको खराबीले दुई हेलिकप्टर खेल मैदानमा अवतरण

कास्की, २ पुस । पोखराको मौसममा आएको खराबीले दुई हेलिकप्टरलाई खेल मैदानमा अवतरण गराइएको छ । पर्यटक लिएर अन्नपूर्ण आधार शिविर गएका एयर डाइनेष्टी र सिम्रिक एयरको हेलिकप्टर पोखरा विमानस्थल फर्कने क्रममा मौसममा अकस्मात खराबी आउँदा आज बिहान १०ः१० बजेको समयमा पोखरा महानगरपालिका–१९ लामाचौरस्थित सेती नदी किनारको गोस्तेघाट खेल मैदानमा अवतरण गरिएको छ । बिहान […]

डोनल्ड ट्रम्पको आक्रोशपूर्ण पत्र

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूविरुद्धको महाभियोग अमेरिकी प्रजातन्त्रमाथी युद्ध र डेमोक्र्याटहरुको कु भएको टिप्पनी गरेका छन् । उनले डेमोक्र्याटहरुले अमेरिकी प्रजातन्त्रमाथि युद्धको घोषणा गरेको आरोप लगाएका छन् । ट्रम्पले तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीलाई आक्रोपूर्ण पत्र लेखेका छन् । ६ पृष्ठ लामो आक्रोशपूर्ण पत्रमा आफूलाई गरिएको व्यवहार १७औँ शताब्दीमा जादुटुनालाई […]

पाकिस्तानका पूर्वराष्ट्रपतिलाई मृत्युदण्ड फैसला

भक्तपुर, १ पुस । पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई मृत्युदण्डको सजाय सुनाइएको छ । देशद्रोहको आरोपमा उनलाई मृत्युदण्डको सजाय सुनाइएको हो ।लाहौर हाइकोर्टले मृत्युदण्डको फैसला सुनाएपछि सनसनी फैलिएको छ । उनले तत्कालीन सरकार लाई अपदस्त गरि शैनिक शासन चलाएका थिए । उनी हाल पाकिस्तान बाहिर छन् ।

भूकम्पमा परी कम्तीमा, सातको मृत्यु

फिलिपिन्स, ३० मंसिर । फिलिपिन्सको दक्षिणी क्षेत्र मिन्दानाओको पहाडी इलाकामा आइतबार ६।८ म्याग्नीच्युडको भूकम्प आएको छ । यसमा भूकम्पमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । माग्सायसायदेखि तीन माईल दक्षिणपूर्व क्षेत्रमा भूकम्पको केन्द्रविन्दु रहेको प्रकोप जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यालयका अधिकारीहरुलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । यस भूकम्पबाट ज्यान गुमाउन व्यक्तिहरुमा […]

मान्छे नै नबस्ने महादेश अन्टार्कटिकामा पुगेको ३८ जना बोकेको जहाज एकाएक वेपत्ता

काठमाडौं । अन्टार्कटिकास्थित हवाई बेसका लागि उडान भरेको चिली बायु सेनाको एउटा जहाज बेपत्ता भएको छ । सोमबार साँझ १७ चालक दलका सदस्य र २१ जना यात्रु गरी ३८ जना बोकेको जहाज उडेको सी–१३० हरकुलस जहाज स्थानीय समयानुसार १६ः५५ बजेदेखि सम्पर्कविहीन छ । चिलीको वायु सेनाले सम्पर्कविहीन जहाजको खोजी र यात्रुहरुको उद्दारको कार्य शुरु भइसकेको […]