बैशाख २, काठमाडौं ।
युक्रेनको मारियुपोल शहर आफूले कब्जा गरेको रुसले दावी गरेको छ ।रुसले युक्रेनको मारियुपोल शहर आफ्नो कब्जामा आईसकेको दावी गर्दै त्यहाँ लडिरहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न अल्टिमेटम दिएको छ । आज (आइतबार) सम्म हतियार बिसाउने येक्रेनी सेनालाई जीवनदान दिने रुस सकिने भन्दै रुसले भोलि (सोमबार)देखि उक्त शहरमा नाकाबन्दी लगाउने जनाएको छ । युक्रेन–रुसीबीचको युद्ध भएको आज (आइतबार) ५३ दिन पूरा भएको छ । तर युक्रेन–रुसीबीचको युद्ध भने जारी छ ।
उता युक्रेनी राष्ट्रपति भोलिदिमीर जेलेन्स्कीले मारियुपोलमा लडिरहेका युक्रेनी सेनालाई निर्मूल पारेमा रुससँगको शान्ति वार्ता भंग हुने बताएका छन् । जेलेन्स्कीले मारियुपोलका जनताको अवस्था निकै नाजुक रहेको भन्दै थप हतियार उपलब्ध गराउन सहयोगी राष्ट्रहरुसँग अपील गरेका छन् ।