भारतको केन्द्रीय राजधानी दिल्लीमा कोरोना संक्रमण पुनः तीब्र रुपमा फैलदै

बैशाख १३, काठमाडौं । भारतको केन्द्रीय राजधानी दिल्लीमा कोरोना संक्रमण पुनः तीब्र रुपमा फैलिन थालेको छ । दिल्लीमा विगत २४ घण्टामा मात्रै पनि १ हजार २०४ जनामा कोरोना संक्रमण देखिएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

सञ्चार माध्यमले भने अनुसार राजधानी दिल्लीमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १२०४ नयाँ संक्रमित  मिलाहरू भेटिएको  १ बिरामीको मृत्यु भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा  दिल्लीमा कोरोना सक्रिय बिरामीहरुको संख्या ४५०८ पुगेको छ ,भने  ८६३ संक्रमितहरु निको भएका छन् ।

 

Loading...