विश्व महिला बक्सिङ च्याम्पियनसिपमा उत्कृष्ट ४ जना खेलाडी सहभागी हुदै , बन्द प्रशिक्षण सुरु

वैशाख १३ , काठमाडौं । अन्तर्राष्ट्रिय बक्सिङ्ग संघ (आईबीए) विश्व महिला बक्सिङ च्याम्पियनसिप -२०२२ मा ४ जना खेलाडी सहभागी हुने भएको छ । आगामी मे ६ देखि २१ तारिख, २०२२मा टर्कीको ईस्तानबुल शहरमा हुन गइरहेको १२ औं विश्व महिला बक्सिङ्ग च्याम्पियनसिपमा सहभागी हुने नेपालका उत्कृष्ट ४ जना खेलाडीलाई नेपाल बक्सिङ संघले बन्द प्रशिक्षण सुरु गरिएको नेपाल बक्सिंग संघका प्रवक्ता श्यामअवाले जानकारी दिएको छ  ।

 नेपालले ४८ केजी तौल समूहमा सुस्मन तामाङ, ५२ केजी तौल समूहमा १३ औं साग स्वर्णधारी मिनु गुरुङ, ५७ केजी तौल समूहमा चन्द्रकला थापा र ६० केजी तौल समूहमा १३ औं साग स्वर्ण रजत पदक विजेता पुनम रावलले प्रतिस्पर्धा गर्नेछन् ।

 मुख्य प्रशिक्षक प्रकाश थापामगर र आईबा थ्री स्टार कोच दिपक महर्जनले सातदोबाटोस्थित बक्सिङ्ग प्रशिक्षण हलमा छनौटमा परेका खेलाडीहरुलाई   बिहान र ब प्रशिक्षण दिईरहेका छन् ।

८३ देशका ३९२ जना खेलाडीहरु सहभागी हुने  प्रतियोगितामा प्रथम, दितिया र तृतीय हुनेले क्रमश: १,००,०००/-, ५०,०००/- र २५,०००/- अमेरिकी डलर नगद पुरस्कार रकम तोकिएको  छ । 

Loading...