गभर्नर अधिकारी निलम्बन मुद्दा ‘हेर्दाहेर्दै’ मा

बैशाख १३,काठमाडौँ । सर्वोच्च अदालतमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिट निवेदनमा मंगलबार सुनुवाइ नसकिए पछी  ‘हेर्दाहेर्दैमा’ रहेन गएको  छ । 

न्यायाधीशहरू सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासमा सुनुवाइ प्रारम्भ भए पनि समय अभावका कारण सुनुवाइ नसकिए पछी बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

 अन्तरिम आदेशलाई निरन्तता दिने वा नदिने भन्ने विषयमा मंगलबारका लागि दुबै पक्षलाई छलफलका लागि बोलाइएको थियो ।

गत चैत २४ गतेको मन्त्रिपरिषद् बैठकले बैंकिङ्ग प्रणालीको गोप्य सूचनाहरू चुहाएको लगायतका आरोप लगाउँदै छानबिनका लागि सरकारले समिति गठन गरे पछी  अधिकारी स्वतः निलम्बनमा पर्नुभएको थियो । 

 

Loading...