मनोनयनविरुद्ध परेको उजुरीमा आजदेखि जाँचबुझ छानबिन थाल्ने

काठमाण्डौं । स्थानीय तह सदस्य निर्वाचनका लागि दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले आजदेखि जाँचबुझ छानबिन थाल्ने भएको छ । आइतबार र सोमबार मनोनयन दर्ता भएकोमा मंगलबार उम्मेदवारविरुद्ध उजुरी आह्वान भएको थियो । प्राप्त ऊजुरीमाथि आज र भोलि जाँचबुझ हुने निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिका छन् । आज र भोलि छानबिन गरेर आयोगले निर्णय लिनेछ । आयोगले बिहीबारै उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी गरेको छ । १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुने छ । 

Loading...