अफगानिस्तानमा बम विस्फाेट हुँदा बालबालिकासहित ३३ जनाको ज्यान गयाे

एजेन्सी । अफगानिस्तानमा भएको बम विस्फाेटमा बालबालिकासहित ३३ जनाको ज्यान गएको छ ।

कुन्दुज प्रान्तको एक मस्जिदमा प्रार्थना भइरहेको बेला भएको शक्तिशाली विस्फाेटमा परेर ३३ जनाको ज्यान गएको र कयौँ घाइते भएका बीबीसीले जनाएको छ ।

यसै हप्ता अरु दुई वटा ठूला विस्फाेट गराएको आईएसआईएस समूहले नै आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ ।

गएको वर्ष तालिबानले सत्ता कब्जामा लिएयता विस्फाेटका घटनामा कमि आए पनि पछिल्लो दुई हप्तायता भने आक्रमण बढिरहेका छन् ।

Loading...