काबुल,९ भदौ । अफगान विशेषबलले गरेको एक कारबाहीको क्रममा तालिबान लडाकू समूहले कब्जा गरी हिरासतमा राखेका १५ व्यक्ति रिहा भएका छन् । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा गतराती रातभरी भएको एक कारबाहीको क्रममा तालिबान लडाकू समूहले कब्जामा राखेका ती १५ व्यक्ति रिहा भएका बिशेषबलद्वारा प्रकाशित विज्ञप्तिमा सोमबार जानकारी दिइएको छ । कुन्दुज प्रान्तको इमाम साहिब जिल्लामा […]
विश्व
शरणार्थी शिविरमा दुई लाख रोहिङ्ग्याको ¥याली
कुतुपालोङ बङ्लादेश, ८ भदौ । म्यानमारबाट बिस्थापित भएका रोहिङ्ग्या शरणार्थीहरुले बङ्लादेशस्थित शिविरमा ¥याली निकालेका छन् । म्यानमारमा आफ्ना आफन्तहरु विरुद्ध जातीय हिंसा भएको दुई वर्ष पुगेको दिन पारेर झण्डै दुई लाख जना ¥यालीमा सहभागी भएका हुन् ।सन् २०१७ को अगस्ट महिनामा म्यानमारको राखिन राज्यमा भएको हिंसाका कारण झण्डै सात लाख ४० हजार रोहिङ्ग्या विस्थापित भएर […]
बस दुर्घटनामा बङ्लादेशमा ८ जनाको मृत्यु, १८ घाइते
ढाका, ८ भदौ । बङ्लादेशमा भएको सवारी दुर्घटनामा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ ।देशको मध्य भागमा पर्ने फरिदपुर जिल्लामा शनिबार भएको दुर्घटनामा परी अरु १८ जना घाइते भएको अधिकारीहरुले जनाएका छन् । फरिदपुरको कोतवाली प्रहरी कार्यालयका प्रमुख एफएम नसिमले राजधानी ढाका र दक्षिणी खुल्ना क्षेत्रीय शहरलाई जोड्ने सडकमा दुर्घटना भएको पत्रकारहरुलाई जानकारी दिए […]
अमेरिका–बेलायत व्यापार सम्झौता चाँडै
बियारिज, ८ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतसँग व्यापार सम्झौता जतिसक्दो चाँडो गरिने बताउनुभएको छ ।फ्रान्सको बियारिजमा जी७ को बैठककै क्रममा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँगको वार्तापछि राष्ट्रपति ट्रम्पले भने, “दुबै मुलुकबीच ठूलै व्यापार सम्झौता हुँदैछ, र यो विगतको भन्दा पक्कै ठूलो हुनेछ ।” प्रधानमन्त्री जोन्सनले राष्ट्रिय स्वास्थ्य सेवाको विषयले वार्तामा प्रवेश नपाएको बताए । […]
जापान र अमेरिकाबीच व्यापार सम्झौतामा सहमति
टोकियो, ८ भदौ । जापान र संयुक्तराज्य अमेरिकाबीच व्यापार सम्झौतामा सहमति भएको छ । विश्वका प्रमुख औद्योगिक राष्ट्रहरुको समूह जी७ को बैठकमा दुबै मुलुकका नेताबीच फ्रान्समा वार्ता हुनुअघि नै यस्तो सहमति भएको समाचार सार्वजनिक भएको छ । अमेरिकासँगको व्यापार वार्ताको जिम्मेवारी सम्हालेका जापानका अर्थमन्त्री तोशिमिचु मोटेगीले संवाददाताहरुसँग वासिङ्टनमा शनिबार संक्षिप्त प्रतिक्रिया दिँदै भने “वार्तामा ठूलो […]
वर्षा र बाढीका कारण सुडानमा ६० को मृत्यु, १०१ घाइते
खार्तुम, ८ भदौ । सुडानमा देशभरी आएको वर्षा र बाढीका कारण ६० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार ती प्राकृतिक प्रकोपहरुमा परेर अरु १०१ जनाभन्दा बढी घाइते भएका छन् । “वर्षा र बाढीले हालै देशभरी असर पारेको छ, त्यसका कारण ६० जनाको मृत्यु भएको छ भने १०१ जना […]
सिरियाका बालबालिकालाई ध्यान दिन युनिसेफको आग्रह
वासिङ्टन, ८ भदौ । संयुक्तराष्ट्र बालकोष ९युनिसेफ०का कार्यकारी निर्देशक हेनरिता फोरले सिरियाका बालबालिकाको सुरक्षामा विश्वका प्रमुख सात औद्योगिक राष्ट््र का नेताहरुले विशेष ध्यान दिने विश्वास व्यक्त गरे ।हेनरिताले शुक्रबार जारी गरेको विज्ञप्तिमा सिरियामा सन् २०१९ को शुरुआतदेखि हालसम्म कम्तीमा ४१९ जना बालबालिका मारिएका र झण्डै १६९ जना बालबालिकालाई विद्रोहीले सेनामा भर्ना गरेको उल्लेख छ । […]
मेक्सिकोमा पत्रकारको हत्या
टोलुका, मेक्सिको, ८ भदौ । मेक्सिकोको एउटा समाचार अनलाइनका प्रमुखकको छुरा प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ । सन् २०१९ भित्रै मेक्सिकोमा यो सहित १० जना पत्रकारको हत्या भइसकेको छ ।मेक्सिकोका सरकारी वकीलले जारी गरेको प्रारम्भिक विवरणमा नेभिथ कोन्डेस जारामिल्लोको शव शनिबार बिहान फेला परेको र शरीरमा तिखो वस्तुले घोचेका निलडाम रहेको उल्लेख छ […]
चीन–अमेरिका व्यापार विवाद चिन्ताको विषय : जोनसन
एजेन्सी । बेलायतले चीन–अमेरिका व्यापार विवादका विषयमा चासो व्यक्त गरेको छ । फ्रान्स भ्रमणमा रहेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनले शुक्रबार ‘जस्तालाई तस्तै’ भन्ने भावले विश्वका दुई शक्तिशाली अर्थतन्त्रबीच देखिएको व्यापार विवादले विश्व अर्थतन्त्रलाई प्रभावित तुल्याइरहेको भन्दै यसप्रति चासो व्यक्त गरेका हुन् । वदलाको भावमा दुई मुलुकले आ–आफ्ना तर्फबाट करवृद्धि गरी व्यापारमा संरक्षणवादी नीतिलाई अघि सार्दा […]
बसीरको मुद्दामाथि अर्को सुनुवाइ आगामी शनिबार हुने : सुडान
एजेन्सी । सुडानको एक अदालतले पूर्वराष्ट्रपति ओमार अल–बसीरमाथि लागेको भ्रष्टाचार आरोपबारेमा अर्को सुनुवाइ आगामी शनिबार गर्नेगरी तय गरेको छ । “पूर्वराष्ट्रपति बसीरको भ्रष्टाचार आरोपबारेमा अर्को चरणको सुनुवाइ अगस्ट ३१ (शनिबार) हुनेगरी तोकेको छ,” बसीरको पक्षमा वकालत गर्ने वकिलहरूको समूहका प्रमुख अहमद इब्राहिम अल–ताहिरले राजधानी खार्तुममा भएको पत्रकारसँगको कुराकानीमा बताए । “यो बसीरको मुद्दामा हुने तेस्रो […]








