चर्चित हास्यकलाकार तक्मेबुढा विवाह बन्धनमा बाँधिए

पोखरा। चर्चित हास्यकलाकार विल्सनविक्रम राई (तक्मेबुढा) विवाह बन्धनमा बाँधिएका छन् । बहुप्रतिभाशाली कलाकारको पहिचान बनाएका राईले सरिना लामासँग बिहे गरेका हुन् ।

सात महिनाअघि बिहे गरे पनि हालै मात्र दुई जनाको तस्बिर सार्वजनिक भएको छ ।इलामकी सरिना र विल्सनको परम्परागत शैलीमा विवाह भएको बताइन्छ । बिहे गरिसकेपछि राईले यसबारे कसैलाई जानकारी दिएका थिएनन् । नजिकका आफन्तको उपस्थितिमा उनीहरूको विवाह सम्पन्न भएको बुझिएको छ ।

एक वर्षयता विल्सनले राम्रा चलचित्रमा अभिनय गर्न पाइरहेका छैनन् । फुर्सदकै बेला उनले सुटुक्क बिहे गरेको उनी निकट कलाकारहरूको भनाइ छ ।‘तक्मेबुढा’ नामबाट टेलिफिल्म मेरी बास्सैमा प्रवेश गर्दा पूर्वी नेपालका चम्किला तारा विल्सनविक्रम राईलाई पनि यति लोकप्रिय होला त्यो पात्र भन्ने लागेकै थिएन।

तर, समयको गतिलाई पहिल्याउँदै नेपाली हास्य टेलिफिल्ममा नयाँ र पृथक भूमिकामा देखिएका राईले फेरि पछाडि फर्किनु परेन। उनी नेपाली कला क्षेत्रमा सबैभन्दा लोकप्रियमध्येका एक कलाकारको रुपमा दरिन पुगेका छन्। 

Loading...