चिनियाँ विदेशमन्त्री आइतबार नेपाल आउँदै

काठमाडौं, २० भदौ । चीनका ‘स्टेट काउन्सिलर’ एवं विदेशमन्त्री वाङ यी नेपालको तीन दिवसीय औपचारिक भ्रमणमा आइतबार काठमाडौँ आउँदै छन्।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा  नेपाल आउन लागेका  विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

चिनियाँ विदेशमन्त्रालयले वाङको काठमाडौं भ्रमणको कार्यक्रम सार्वजनिक गरेको केही समयमा नै नेपालले भ्रमणको कार्यक्रम सार्वजनिक गरेको हो। परराष्ट्रमन्त्री ज्ञवालीले आफ्ना चिनियाँ समकक्षीसँग सोमबार प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय वार्ता गर्ने र सोही दिन चिनियाँ विशिष्ट पाहुनाहरूको सम्मानमा रात्रिभोज आयोजना गर्ने कार्यक्रम रहेको बताइएको छ।

चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमण पूर्वसन्ध्यामा हुन लागेको विदशमन्त्रीको भ्रमणलाई राजनीतिक वृत्तमा विशेष चासोका रुपमा हेरिएको छ।

Loading...