चीनको बिस्फोटमा परि मर्नेको संख्या १० पुग्यो

झेन्झाउ, ४ साउन । चीनको एउटा ग्यास उद्योगमा शुक्रबार बेलुका भएको विस्फोटनमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ । घटनामा परी अरु १९ जना घाइते भएका छन् भने पाँच जना सम्पर्कबिहीन रहेको स्थानीय अधिकारीहरुले जनाएका छन् । हेनान प्रान्तस्थित ग्यास उद्योगमा स्थानीय समय अनुसार शुक्रबार बेलुका ५.४५ मा विस्फोट भएको हो । इमा शहरमा […]

साउदीमा तैनाथ हुन अमेरिकी सेनालाई साउदी राजाको स्वीकृति

रियाद, ४ साउन । साउदी अरबका राजा सल्मान बिन अब्दुलाजिज अल–साउदले अमेरिकी सेना साउदी अरबमा तैनाथ गर्न स्वीकृती दिएका छन् । साउदी प्रेस एजेन्सीले शुक्रबार दिएको जानकारी अनुसार क्षेत्रीय सुरक्षा र शान्ति स्थापनाका लागि सहकार्य गर्नुपर्ने भएकाले अमेरिकी सेनालाई स्वीकृति दिएको साउदी राजाले बताएका छन्। अमेरिकी पाँच सय सेना साउदी अरबस्थित प्रिन्स सुल्तान हवाई अखडामा […]

लेबनानको घाटा बजेटमा उल्लेख्य कमी

एजेन्सी । लेबनानको बजेट घाटा सन् २०१९ को पहिलो चार महीनामा उल्लेख्य कमी आएको यहाँको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयले शुक्रबार उपलब्ध गराएको तथ्याङ्कअनुसार बजेट घाटा २७ दशमलव ८९ प्रतिशतले घटेको देखिएको छ । बजेट घाटामा देखिएको कमीका लागि खर्चमा आएको १५ दशमलव ४५ को कमी र राजश्वमा देखिएको ९.२ प्रतिशतको कमी जिम्मेवार […]

सुडानी सैन्य शासक र आन्दोलनकारीबीचको वार्ता स¥यो

एजेन्सी । सुडानका सैन्य शासक र आन्दोलनकारीबीचको वार्तापछि सरेको छ । शक्ति बाँडफाँडको विषयमा दुई पक्षकाबीचमा सहमति भएको भोलिपल्ट हुने तय भएको वार्ता अनिश्चित समयका लागिपछि सरेको एक नेताले शुक्रबार जानकारी दिएका छन् । “आन्दोलनकारी शक्तिहरूसँग हुने भनिएको वार्ता पछाडि सरेको छ,” सुडानी प्रभावशाली नेता ओमर अल डाइजरले एएफपीसँग भने । “संयुक्त दृष्टिकोण बनाउनुभन्दा पहिले […]

अमेरिकालाई चीनले भन्यो, सबै पक्षको वैधानिक अधिकार र हितलाई इमान्दारीपूर्वक सम्मान गर

एजेन्सी । इरानको आणविक कार्यक्रम आपूर्ति सञ्जालमा सङ्लग्न रहेको आरोपमा चिनियाँ कम्पनीमाथि लगाएको प्रतिबन्ध सच्याउने वासिङ्टनसँग औपचारिक विरोध दर्ता गरिएको बेइजिङले शुक्रबार जनाएको छ । “चीनले अमेरिकालाई यो गलत अभ्यासलाई तत्काल सच्याउन र सबै पक्षको वैधानिक अधिकार र हितहरूलाई इमान्दारिताका साथ सम्मान गर्न आग्रह गरेका छौँ,” विदेश मन्त्रालयका प्रवक्ता गेङ सुवाङले पत्रकारहरूसँगको नियमित भेटमा बताए […]

अध्ययनले भन्छः अधिकांश चिनियाँहरु नुहाउने बेलामा मोबाइल फोनबाट सेवा लिन्छन्

एजेन्सी । चिनियाँ नागरिकहरूका लागि मोबाइल फोन यतिसम्म आवश्यक भइसकेको छ कि उनीहरूले स्नानकक्षमा पनि यसबाट विभिन्न सेवा लिने गरेको एक अध्ययनले देखाएको छ । छालाको स्याहारका लागि विभिन्न सामान उत्पादन गर्ने एक कम्पनीद्वारा सार्वजनिक गरिएको अध्ययन प्रतिवेदनअनुसार मोबाइलको प्रयोग गर्ने झण्डै ९० प्रतिशत चिनियाँहरूले आफू नुहाउन स्नानकक्षमा प्रवेश गर्दासमेत आफ्नो फोन साथैमा लाने बानी […]

अमेरिकाले आफ्नो बिमान नखसालेको इरानको दाबी

एजेन्सी । अमेरिकाले इरानको मानवरहित विमान (ड्रोन) खसालेको भनी गरेको दाबी इरानको सशस्त्र बलले अस्विकार गरेको छ । सबै ड्रोन शिवीरमा सुरक्षित रुपमा फर्केको यहाँको समाचार समितिले जानकारी दिएको छ । अमेरिकी जल सेनाले स्ट्रेट अफ होर्मुज भनिने समुद्री मार्गमा इरानको ड्रोन खसालेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका थिए । उक्त ड्रोन अमेरिकी पानीजहाज […]

मेक्सिकोमा बस दुर्घटना, बालबालिकासहित १५ को ज्यान गयो

मेक्सिको सिटी, ३ साउन (रासस/सिन्ह्वा) – मेक्सिकोको पश्चिमी नायारिट राज्यमा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका छन् । नायारिट सरकारका प्रवक्ताका अनुसार दुर्घटनामा मृत्यु हुनेमा अधिकांश बालबालिका रहेका छन् । घाइतेहरुमा पनि धेरैजसो बालबालिका परेका छन् । राज्यको राजधानी शहर टेपिक र पुर्टो भालार्टा जोड्ने राजमार्गमा […]

काबुल विश्वविद्यालयमा बम विस्फोट, चारको मृत्यु

  ३ साउन, काबुल । अफगानिस्तानको राजधानी काबुलस्थित काबुल विश्वविद्यालयको दक्षिणतर्फको प्रवेशद्वारमा शुक्रबार बम विस्फोट भएको छ । यसमा परी चार जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् । स्थानीय समयाअनुसार शुक्रबार बिहान ७ः१० मा उक्त विस्फोट भएको प्रहरीले जनाएको छ । स्नातकोत्तर तहकोे परीक्षाका लागि विद्यार्थीको प्रवेश हुनेक्रममा विस्फोट भएको थियो […]

जापानी दूतावास बाहिर कोरियाली वृद्धले गरे आत्महत्या

सियोल, ३ साउन (रासस/एएफपी) – दक्षिण कोरियाको राजधानी सियोलस्थित जापानी राजदूतावास अघिल्तिर एक जना वृद्ध कोरियालीले आत्महत्या गरेका छन् । जापानसँग व्यापार तथा कुटनीतिक विवाद चर्किरहेकै बेला करिब ७० वर्षका एक कोरियाली वृद्धले आफैँलाई आगो लगाएर आत्महत्या गरेका छन् । कोरियाली प्रहरीले जापानी राजदूतावासको अघिल्तिर पार्क गरिएको कारमा आगो लागेको र उनको अस्पतालमा उपचारका क्रममा […]