वासिङ्टन डीसी । वासिङ्टन डीसीस्थित एक होटलमा आयोजित ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनरका क्रममा गोली चलेको आवाज सुनिएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई सेक्रेट सर्भिसका एजेन्टहरूले आकस्मिक उद्धार गरेका छन् । शनिबार साँझ वासिङ्टन हिल्टन होटलको बैंक्वेट हलमा यो वार्षिक कार्यक्रम भइरहेको बेला अचानक केही चिज पड्किएको जस्तो ठूलो आवाज आएपछि सुरक्षाकर्मीहरूले राष्ट्रपतिलाई सुरक्षित स्थानतर्फ लगेका हुन्। […]
विश्व
५६ दिनपछि खुल्यो इरानको खुमेनी विमानस्थल, सुचारू भए अन्तर्राष्ट्रिय उडान
काठमाडौं । अमेरिका र इजरायलको हमलाका कारण झन्डै दुई महिनादेखि बन्द रहेको इरानको हवाई सेवा फेरि सुचारू भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम सम्झौता अवधि बढाएको घोषणा गरेसँगै शनिबार इरानबाट अन्तर्राष्ट्रिय उडान पनि सुचारू भएका छन् । बीबीसीका अनुसार इरानको राजधानी तेहरानमा रहेको इमाम खुमेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार बिहानैदेखि अन्तर्राष्ट्रिय उडान भएका छन् […]
मतदाता सूची परिमार्जनको विवादबिच पश्चिम बंगालमा सुरु भयो मतदान
कोलकाता। भारतमा बिहीबारबाट महत्त्वपूर्ण मानिएका राज्यस्तरीय निर्वाचन सुरु भएको छ। विशेषगरी पश्चिम बंगाल र तमिल नाडुमा हुने प्रतिस्पर्धालाई राजनीतिक वृत्तमा उच्च महत्त्वका साथ हेरिएको छ। भाजपाका लागि यी निर्वाचन संघर्षरत क्षेत्रहरूमा आफ्नो पहुँच विस्तार गर्ने परीक्षा हुन् भने विपक्षी दलहरूका लागि भाजपाको दबदबालाई चुनौती दिन सक्ने वा नसक्ने जाँच्ने अवसर हुन्। यसअघि केरला, आसाम र […]
सिमामा जनतालाई दुःख नदिन संसदीय समितिको सरकारलाई निर्देशन
काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले सीमा क्षेत्रमा सर्वसाधारणलाई दिइँदै आएको सास्ती तत्काल रोक्न सरकारलाई निर्देशन दिएको छ। भारतबाट ल्याइने एक सय रुपैयाँभन्दा बढी मूल्यका सामान्य घरायसी सामानमा समेत कडाइका साथ भन्सार नियम लागू गरिएको भन्दै समितिले यस्तो व्यवस्था अव्यवहारिक भएको निष्कर्ष निकालेको हो। बुधबार बसेको समितिको बैठकले सीमा क्षेत्रका […]
स्ट्रेट अफ होर्मुजमा जहाजमाथि गोली प्रहार
तेहरान । इरानले स्ट्रेट अफ होर्मुजमा जहाजमाथि गोली प्रहार गरेको छ । यूके मेरिटाइम ट्रेड अपरेसन (यूकेएमटीओ) का अनुसार इस्लामिक रिभोलुशनरी गार्ड कप्र्स (आईआरजीसी) को ‘गन बोट’ ले स्ट्रेट अफ होर्मुज भएर गइरहेको एउटा कन्टेनर जहाजमाथि गोली प्रहार गरेको हो । रोयल नेभीको नेतृत्वमा सञ्चालित यूकेएमटीओले जनाएको अनुसार उक्त घटना ओमानको उत्तर–पूर्वतर्फ करिब १५ नटिकल […]
अमेरिकाको लुजियानामा आफ्नै सन्तानसहित ८ बालबालिकाको गोली हानेर हत्या
एजेन्सी । अमेरिकाको लुजियानाका एक व्यक्तिले आइतबार बिहान आफ्ना ७ छोराछोरी सहित आठ बालबालिकाको गोली हानी हत्या गरेका छन्। ३१ वर्षीय शमार एल्किन्सले श्रीभपोर्टमा एउटै घरमा तीन बालक र पाँच बालिक सहित आठजनाको हत्या गरेको स्थानीय अधिकारीहरूको हवाला दिंदै द एसोसिएटेड प्रेसले लेखेको छ। मृतकहरू सबैको उमेर ३ देखि ११ वर्षको बीचमा थियो। घटनामा एल्किन्सले दुई […]
इरानले भन्यो- अमेरिकाको भर छैन, अवस्था बिग्रन सक्छ
काठमाडौं । इरान र अमेरिकाबीचको तनाव थप चुलिएको छ । इरानले अमेरिकामाथि पूर्ण अविश्वास व्यक्त गर्दै होर्मुज स्ट्रेटबाट आफ्ना जहाजहरू निस्कन नपाए अन्य कुनै पनि देशका जहाजलाई त्यहाँबाट जान नदिने चेतावनी दिएको छ। शनिबार इरानले होर्मुज स्ट्रेट पुनः बन्द गर्नुका साथै भारतीय जहाजमाथि समेत गोली चलाएको थियो । यसले विश्वव्यापी आपूर्ति शृङ्खलामा थप सङ्कट निम्त्याउने […]
होर्मुज जलमार्ग बन्द गरेर वासिङ्टनलाई ‘ब्ल्याकमेल’ नगर्न इरानलाई ट्रम्पको चेतावनी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्ग बन्द गरेर वासिङ्टनलाई ‘ब्ल्याकमेल’ नगर्न इरानलाई चेतावनी दिएका छन् ।ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा बोल्दै ट्रम्पले इरानलाई यस्तो चेतावनी दिएका हुन् । “हामी उनीहरूसँग कुरा गरिरहेका छौँ । उनीहरू फेरि जलमार्ग बन्द गर्न चाहन्छन् । यो उनीहरूले वर्षौंदेखि गर्दै आएका छन्, तर उनीहरूले हामीलाई ब्ल्याकमेल गर्न सक्दैनन् […]
इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
एजेन्सी । इन्डोनेसियाको बोर्नियो टापुको घना जंगलमा एउटा निजी हेलिकप्टर दुर्घटना हुँदा चालक दलका दुई सदस्य र छ जना यात्रुको मृत्यु भएको यातायात मन्त्रालयले शुक्रबार जनाएको छ । म्याथ्यू एयर नुसान्टाराको स्वामित्वमा रहेको हेलिकप्टरले पश्चिम कालिमान्टन प्रान्तमा उडान भरेको करिब पाँच मिनेट पछि हवाई यातायात नियन्त्रणसँग सम्पर्क गुमाएको जनाइएको छ । विमानमा एक जना मलेसियाली […]
अमेरिका-इरान शान्ति वार्ताको पहल गर्न पाकिस्तानी प्रधानमन्त्री साउदीमा, सेना प्रमुख इरानमा
जेद्दाह । अमेरिका र इरानबीच सम्भावित दोस्रो चरणको शान्ति वार्ताको पूर्वसन्ध्यामा पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ चार दिने भ्रमणका लागि बुधबार साउदी अरब पुगेका छन् । गत साता पाकिस्तानको राजधानी इस्लामावादमा वासिङ्टन र तेहरानबीच दशकौँपछि उच्चस्तरीय वार्ता भएको थियो । सोही वार्ताको जगमा रहेर सरिफले साउदी अरबका उच्च पदस्थ अधिकारीहरूसँग भेटवार्ता गर्न लागेका हुन् । प्रधानमन्त्रीको […]











