गाजामा राहत पर्खिरहेका भोकाहरूमाथि इजरायली सेनाले अन्धाधुन्ध चलायो गोली, ६७ जनाको गयो ज्यान

काठमाडौ । गाजाको उत्तरी क्षेत्रमा आइतबार मानवीय सहायता प्राप्त गर्न जम्मा भएका निहत्था नागरिकहरूमाथि इजरायली सेनाले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ६७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले गाजास्थित स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै जनाएको छ। पछिल्ला केही दिनयता गाजा भोकमरीको चरम अवस्थामा पुगेको छ। खाद्य सामग्री नपुग्दा हजारौं नागरिकहरू खासगरी बालबालिका, महिला र वृद्धहरू भोककै […]

ब्राजिलका पूर्वराष्ट्रपतिको शरीरमा निगरानी उपकरण जडान गर्न अदालतको आदेश

काठमाडौं । ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जेयर बोल्सोनारोलाई ‘इलेक्ट्रोनिक निगरानी उपकरण’ लगाउन त्यहाँको सर्वोच्च अदालतको आदेश दिएको छ । इलेक्ट्रोनिक निगरानी उपकरण व्यक्तिको खुट्टाको गोलीगाँठोमा बाँधिन्छ । यो यस्तो उपकरण हो जसले त्यो व्यक्ति कहाँ छ, कुनै निश्चित क्षेत्रभन्दा बाहिर गएको छ/छैन ट्रयाक गर्छ । यो आदेश प्रहरीले ब्रासिलियामा बोल्सोनारोको घर र उनको पार्टीको मुख्यालयमा छापा […]

समाचार झुटो भएको भन्दै वाल स्ट्रिट प्रमुखविरुद्ध ट्रम्पले दायर गरे मुद्दा

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाल स्ट्रिट जनरलमा प्रकाशित समाचारमा आपत्ति जनाउँदै मुद्दा दायर गरेका छन्। सन् २०१९ मा नै आत्महत्या गरेका एप्सटनको जन्मोत्सवमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुभकामना दिएको भन्ने वाल स्ट्रिट जनरलमा प्रकाशित समाचारमा आपत्ति जनाउँदै मुद्दा दायर गरेका हुन्। ट्रम्पले वाल स्ट्रिटका प्रमुख रुपर्ट मर्डकविरुद्धमा मुद्दा दायर गरेका हुन्। ट्रम्पले मुद्दा […]

बंगलादेशमा हिंसात्मक प्रदर्शन, गोली लागेर ४ जनाको मृत्यु, ९ घाइते

काठमाडौं । बंगलादेशको गोपालगञ्ज शहरमा बुधबार नेसनल सिटिजन पार्टी (एनसीपी) आबद्ध युवाहरूको नेतृत्वमा गरिएको र्‍यालीका क्रममा हिंसा भड्किएको छ। हिंसा नियन्त्रण गर्न प्रहरीले चलाएको गोलीमा ४ जनाको ज्यान गएको छ भने ९ जना घाइते भएका छन्। गोपालगञ्ज बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहजिल्ला हो। बंगलादेशको समाचार संस्था ‘प्रोथोम आलो’का अनुसार, एनसीपीको र्‍यालीका क्रममा शेख हसिनाको पार्टी […]

इजरायली आक्रमणमा इरानका राष्ट्रपति घाइते भएको रिपोर्ट बाहिरियो

काठमाडौं । गत महिना भएको इजरायली आक्रमणमा परेर इरानका राष्ट्रपति मसाउद पेजेस्कियन हल्का घाइते भएको रिपोर्ट बाहिरिएको छ। इरानको रेभुलेसनरी गार्डसँग निकट फार्स न्युज एजेन्सीका अनुसार १६ जुनका दिन तेहरानको अन्डरग्राउन्डमा लक्षित गर्दै बम प्रहार हुँदा उनी घाइते भएका थिए। राष्ट्रपति राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा सहभागी भएकै समयमा आक्रमण भएको थियो। फार्स समाचार एजेन्सीलाई उद्धृत […]

अन्टार्कटिकामा साउदी अरबको भन्दा ठूलो तेलखानी फेला

मस्को,रुस । रुसी वैज्ञानिकहरूले अन्टार्कटिकाको जमेको हिउँमुनि तेलको ठूलो भण्डार फेला पारेको दाबी गरेका छन् ।  रुसी वैज्ञानिकहरूले वेडेल सागरको मुनि लुकेको ५११ अर्ब ब्यारेल तेलको विशाल भण्डार रहेको अनुमान गरेका हुन् ।  यस ‘कालो सुनको खजाना’ को खोजले अन्टार्कटिक सन्धि र ऊर्जाको लागि भविष्यको प्रतिस्पर्धामा नयाँ प्रश्न र शंकाहरू खडा गरेको छ। रुसको यो […]

उत्तर कोरियाको प्रतिबद्धता – युक्रेन युद्धमा रुसलाई ‘बिना सर्त समर्थन’

प्योङयाङ । उत्तर कोरियाका नेता किम जोङ उनले रुसका शीर्ष कूटनीतिज्ञलाई प्योङयाङ युक्रेन युद्धमा मस्कोले चालेका सबै कदमहरूलाई बिना सर्त समर्थन गर्न तयार रहेको बताएका छन्। दुई देशबीच उच्च-स्तरीय रणनीतिक वार्ताबारे यो जानकारी राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले दिएका हुन् । रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभ तीन दिने भ्रमणका लागि उत्तर कोरियामा छन्। उत्तर कोरियाले रुसको युक्रेन युद्धका […]

बौद्ध विहारमा हवाई आक्रमणमा हुँदा २३ को हताहती

काठमाडौं । म्यानमारको सागिङ क्षेत्रमा बिहीबार राति भएको एक बौद्ध विहारमा भएको हवाई आक्रमणमा २३ जनाको मृत्यु भएको छ ।  उक्त आक्रमण लिन टा लु गाउँमा रहेको एउटा गुम्बामा भएको थियो, जहाँ नजिकैका गाउँहरूबाट १५० भन्दा बढी मानिस आश्रय लिन आएका थिए। आक्रमणमा ३० जना घाइते भएका छन् जसमध्ये १० जनाको अवस्था गम्भीर छ । […]

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार

न्यूजकारखाना, क्यानडा । भारतीय कमेडियन कपिल शर्माको बारेमा एउटा ठूलो खबर बाहिर आएको छ ।  कपिल शर्माको क्यानडा स्थित हालै खोलिएको क्याफेमा गोली प्रहार भएको छ । यो घटनाको भिडियो पनि सामाजिक सञ्जालमा शेयर भइरहेको छ । भिडियोमा एक व्यक्तिले राति क्याफेको झ्यालमा गोली हानेको देखिन्छ । उक्त व्यक्ति कारमा छन् र यो भिडियो पनि […]

एक दशकपछि पाकिस्तानी बायुसेवा प्रमुखको अमेरिका भ्रमण

रावलपिन्डी । पाकिस्तानी वायुसेनाका प्रमुख एयर चिफ मार्शल जाहिर अहमद बाबर सिद्दुले अमेरिकाको आधिकारिक भ्रमण गरेका छन्। करिब एक दशकपछि बायुसेवा प्रमुखले गरेको यो पहिलो भ्रमणले पाकिस्तान–अमेरिका रक्षा सहकार्यलाई नयाँ उचाइमा पुर्‍याएको छ। अमेरिकी भ्रमणका क्रममा एयर चिफ मार्शल सिद्दुले पेन्टागनमा अमेरिकी वायुसेनाका स्टाफ प्रमुख जनरल डेविड डब्ल्यू. अल्भिन र अन्तर्राष्ट्रिय मामिलासम्बन्धी सचिव केली एल. […]