अमेरिकामा ८ जना सवार निजी विमान दुर्घटना

काठमाडौँ । अमेरिकामा ८ जना सवार एउटा निजी विमान दुर्घटना भएको छ। अमेरिकाको मेन राज्यको बांगोर सहरस्थित बांगोर अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार आइतबार साँझ पौने ८ बजे निजी विमान दुर्घटना भएको हो। अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार विमान टेकअफको समयमा दुर्घटना भएको हो। अमेरिकाको संघीय उड्डयन प्राधिकरणले उक्त विमान बम्बार्डियर च्यालेन्जर ६५० मोडलको व्यावसायिक विमान रहेको […]

अमेरिकामा भीषण हिमआँधी : तीन जनाको मृत्यु, १० लाख घरमा अन्धकार

वासिङ्टन डिसी । शक्तिशाली हिमआँधीका कारण अमेरिकाको जनजीवन नराम्ररी प्रभावित भएको छ। टेक्ससदेखि न्यू इङ्गल्याण्डसम्म फैलिएको यो आँधीका कारण १० लाखभन्दा बढी घरमा विद्युत् आपूर्ति बन्द भएको छ भने अहिलेसम्म लुजियाना र टेक्ससमा गरी कम्तीमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ। राष्ट्रिय मौसम सेवाले हिउँ, बरफ र ठिहिर्‍याउने वर्षाका कारण आगामी केही दिनसम्म अवस्था […]

मदुरो गिरफ्तारीबारे भेनेजुएलाकी कावा राष्ट्रपतिको दाबी : १५ मिनेटभित्र भनेको नमानेको भए मारिन्थ्यौं

काठमाडौं । भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले पूर्व राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिने क्रममा अमेरिकी सेनाले आफ्नो मन्त्रिमण्डलका सदस्यहरूलाई अमेरिकाको माग पूरा गर्न वा मृत्यु रोज्न १५ मिनेटको समय दिएको दाबी गरेकी छन् । ‘राष्ट्रपतिलाई अपहरण गरेको पहिलो मिनेटदेखि नै धम्कीहरू सुरु भएका थिए। उनीहरूले डियोस्डाडो (गृहमन्त्री), जर्ज (कार्यवाहक राष्ट्रपतिका भाइ तथा कङ्ग्रेस अध्यक्ष) र […]

सामाजिक सञ्जालमा बालबालिकालाई प्रतिबन्ध लगाउँदै फ्रान्स

काठमाडौ ।  शक्तिशाली राष्ट्र फ्रान्सले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न नदिने कानुनी प्रक्रिया तीव्र बनाएको छ। राष्ट्रपति इमानुएल म्याक्रोँले सरकारले द्रुत प्रक्रियामार्फत विधेयक छिटो पारित गर्नुपर्ने बताएका छन्। बीएफएम टेलिभिजनमा प्रसारित भिडियो सन्देशमा म्याक्रोँले यो प्रतिबन्ध आगामी शैक्षिक सत्र, सेप्टेम्बरदेखि लागू गर्ने लक्ष्य राखिएको स्पष्ट गरेका छन्। फ्रान्सेली संसदमा यससम्बन्धी विधेयकमाथि बहस भइरहेको […]

त्रिपक्षीय वार्ता जारी रहँदा रूसले युक्रेनमा गर्‍यो यो वर्षकै ठूलो हमला

काठमाडौँ । आबुधाबीमा त्रिपक्षीय वार्ता नसकिँदै रूसले युक्रेनको राजधानी किभ लगायतका क्षेत्रमा रूसले यो वर्षकै ठूलो हमला गरेको छ। गएराति रूसले राजधानी लगायतका क्षेत्रमा ठूलो संख्यामा मिसाइल र ड्रोनले हमला गरेको अमरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ। शुक्रबार अबुधाबीमा रूस-युक्रेन-अमेरिकी अधिकारीबीच पहिलो चरणको वार्ता सकिएलगत्तै रूसले हमला सुरू गरेको हो। वार्ता शनिबार पनि बस्ने तय भएको […]

जापानमा पनि संसद विघटन, मध्यावधि निर्वाचनमा जाने

टोकियो । जापानका प्रधानमन्त्री साने ताकाइचीले शुक्रबार संसद्को तल्लो सदन विघटन गर्दै फेब्रुअरी ८ मा मध्यावधि (स्न्याप) चुनाव गराउने मार्ग प्रशस्त गरेकी छिन् । यो निर्णय हालैका वर्षहरूमा ठूलो नोक्सानी व्यहोरेको शासक दललाई पुनः सुदृढ बनाउने उद्देश्यले उनको उच्च लोकप्रियताको सदुपयोग गर्ने प्रयासका रूपमा हेरिएको छ । यद्यपि, यस कदमका कारण सङ्घर्षरत अर्थतन्त्रलाई गति दिने […]

ट्रम्पको धम्की- जसले ग्रिनल्याण्ड कब्जाको विरोध गर्छ, त्यसलाई भन्सार शुल्क लगाउँछु

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डलाई अमेरिकामा गाभ्ने अमेरिकी निर्णयविरुद्ध बोल्ने देशहरूलाई खुला धम्की दिएका छन्। ट्रम्पले कुनै पनि देशले ग्रिनल्याण्ड कब्जा गर्ने उनको योजनामा साथ नदिए ती देशहरूमाथि अत्यधिक भन्सार शुल्क लगाउने बताएका छन्। ट्रम्पले शुक्रबार ह्वाइट हाउसमा आयोजित एक बैठकमा उक्त अभिव्यक्ति दिएका हुन् । यद्यपि, उनले कुन-कुन देशमाथि भन्सार शुल्क लगाइनेछ […]

मस्कको एआई कम्पनीमाथि उनकै छोराकी आमाले हालिन् मुद्दा

वासिङ्टन डीसी । अमेरिकी खर्बपति व्यापारी एलन मस्कका एक सन्तानकी आमाले उनको कृत्रिम बौद्धिकता कम्पनीमाथि मुद्दा हालकी छिन् । एक्सएआई कम्पनीको एआई च्याटबोट ग्रोकले आफ्नो अश्लील डिपफेक तस्बिर बनाएको भन्दै एश्ले सेन्ट क्लेयरले न्यूयोर्कमा मुद्दा दायर गरेकी हुन् । ग्रोकले आफ्नो सहमति बिना यौनजन्य डीपफेक तस्बिरहरू बनाएको उनको आरोप छ । ग्रोकले वास्तविक व्यक्तिहरूलाई डिजिटल […]

तालिबान शीर्ष नेतृत्वमा फुट : सरकार नै ढल्न सक्ने गरी देशको भविष्यसम्बन्धी दृष्टिकोणमा मतभिन्नता

एजेन्सी । अफगानिस्तानको सत्तामा रहेको तालिबान समूहको शीर्ष नेतृत्वमा विभाजन उत्पन्न भएको देखिएको छ। दुइटा गुटमा अफगानिस्तानको भविष्य र कसरी शासन सञ्चालन गर्ने भन्ने तिनका धारणा र शैली नितान्त भिन्न छन्। अफगान सरकार ढलेपछि र अमेरिकाको नेतृत्वमा रहेका विदेशी सैनिकहरू फिर्ता भएपछि तालिबान सन् २०२१ मा सत्तामा पुगेको थियो। त्यस बेलादेखि कट्टरपन्थी इस्लामिस्ट समूहले देशमा […]

इरानमा सैन्य आक्रमणको योजना स्थगित गर्न ट्रम्पलाई इसराइल र अरब राष्ट्रहरूको अनुरोध

काठमाडौँ । इसराइल र अरब राष्ट्रहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमा सैन्य हमलाको योजना स्थगित अनुरोध गरेका छन्। इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बुधबार ट्रम्पसँग भएको टेलिफोन वार्तामा इरानमा हमला गर्ने निर्णय नगर्न अनुरोध गरेको अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले जनाएको छ। त्यस्तो कदमले मध्यपूर्वमा क्षेत्रीय अस्थिरता थप बढ्न सक्ने चिन्ता व्यक्त गर्दै नेतन्याहूले सैन्य हमलाको […]