ईयूले बेलारुसविरुद्ध प्रतिबन्ध थप विस्तार गर्ने

बर्लिन– युरोपेली सङ्घले बेलारुस र त्यहाँ अवैध आप्रवासीहरू ओसारपसारमा संलग्न व्यक्ति र कम्पनीहरूमाथि क्षेत्रगत प्रतिबन्धहरूसहित अन्य प्रतिबन्धहरू विस्तार गर्ने भएको छ । कार्यवाहक विदेशमन्त्री हेको मासले बिहीबार जनाएअनुसार ईयूले बेलारुसका राष्ट्रपति अलेक्जेन्डरे लुकाशेन्कोको शासनविरुद्ध प्रतिबन्धहरू थप विस्तार गर्दै कडा बनाउने छ । मन्त्री मासले जर्मन संसद्लाई बताएअनुसार सोमबार ब्रसेल्समा परराष्ट्र मन्त्रिपरिषद्मा यसबारे निर्णय लिइने छ […]

पुटिन र सीआईए निर्देशकबीच फोनवार्ता

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सेन्ट्रल इन्टेलिजेन्स एजेन्सीका निर्देशक विलियम बर्न्ससँग टेलिफोन वार्ता गरेका छन् । वार्तामा द्विपक्षीय सम्बन्ध र साइबर सुरक्षालगायत अन्य मुद्दाहरूमा छलफल गरेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सोमबार जानकारी दिएका छन् । सो अवसरमा दुवै पक्षले द्विपक्षीय तथा कूटनीतिक सम्बन्धमा देखा परेको सङ्कटको स्थिति र क्षेत्रीय द्वन्द्वका बारेमा विचार आदानप्रदान गरेको […]

जापानको तल्लो सदनमा एलडीपीको बहुमत

एजेन्सी- लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) का अध्यक्ष समेत रहेका जापानी प्रधानमन्त्री फुमियो किशिदाले संसदको तल्लो सदनमा आफ्नो पार्टीले चुनाव जित्नु ठूलो कुरा भएको बताएका छन् । कोमेटो पार्टीसँगको गठबन्धनमा एलडीपीले कुल ४६५ सिटमध्ये २९३ सिट जितेको छ भने एलडीपी एक्लैले २६१ सिट जितेको छ । ‘हाम्रो पार्टीले राजनीतिक शक्तिका लागि चुनावमा आधाभन्दा बढी मत प्राप्त […]

रेलभित्र अन्धाधुन्दा चक्कु प्रहार गर्दा जापानमा १७ यात्रु घाईते

टोकियो । जापानमा जोकरको पोसाकमा सजिएका एक व्यक्तिले रेलभित्र यात्रुलाई अन्धाधुन्दा चक्कु आक्रमण गरेका छन् । चक्कु आक्रमणमा कम्तिमा १७ यात्रु घाइते भएका छन् । आक्रमणपछि आक्रमणकारीले बसभित्र तेल खन्याएर आगो लगाएका थिए । आक्रमणपछि बसभित्र यात्रुहरुको भागदौड मच्चिएको थियो । आक्रमणकारी घटनास्थलमै पक्राउ परेका थिए । सामुहिक नरसंहार गर्न खोजेको आशंकामा उनीमाथि अनुसन्धान सुरु […]

सेनाको कब्जाबाट सुडानका प्रधानमन्त्री रिहा

एजेन्सी । सुडानी प्रधानमन्त्री अब्दल्ला हम्डोकलाई सेनाले रिहा गरेको छ । मङ्गलबार अबेर राति उनी रिहा भएको उनको कार्यालयले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय रुपमा भएको कडा दबाबपछि उनलाई सैन्य कूबाट हटाइएको छ । यद्यपि सेनाले हम्डोकलाई ‘निकट निगरानीमा’ राखिएको बताइएको छ । अन्य मन्त्रीहरु र नागरिक नेताहरू गिरफ्तारमा नै रहेका उनको कार्यालयले थप जानकारी […]

इन्डोनेसियाकी पूर्वराष्ट्रपति सुकार्नोकी छोरी हिन्दू बनिन्

जाकार्ता । इन्डोनेसियाका पूर्व राष्ट्रपति सुकार्नोकी छोरी सुकमावती सुकार्नोपुत्रीले मुस्लिम धर्म परिवर्तन गरेर हिन्दू बनेकी छन् । मंगलवार बालीस्थित सुकार्नो सेन्टर हेरिटेजमा आयोजित एक कार्यक्रमबीच कर्मकाण्ड गरी हिन्दू धर्ममा प्रवेश गरेकी हुन् । उनलाई हिन्दू बन्न तत्कालिन हजुरआमा इडा आयु नोम्यान राई स्रिम्बेनको मुख्य प्रभाव रहेको सीएनएनले जनाएको छ । सुकमावतीलाई हिन्दू धर्मबारे पर्याप्त ज्ञान […]

भोलिदेखि नेपाल–भारत द्विपक्षीय परामर्श समूहको बैठक बस्ने

काठमाडौं । नेपाल–भारत द्विपक्षीय परामर्श समूह (एनआइबीसीजीएसआइ) को १४औँ बैठक भोलिदेखि भारतको बेंगलुरुमा शुरू हुँदैछ । उक्त बैठकमा भाग लिन परराष्ट्र मन्त्रालयका सहसचिवको नेतृत्वमा रक्षा मन्त्रालयका प्रतिनिधि र नेपाली सेनसहितको टोली आजै त्यसतर्फ जाने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाल तथा भारतबीच सुरक्षासम्बन्धी विषयमा नियमित रुपमा छलफल गर्ने उद्देश्यले सन् २००३ मा उक्त […]

पिताले बिस्फोटमा खुट्टा गुमाए, छोरा हात–खुट्टा बिना नै जन्मिए

एजेन्सी । टर्कीका फोटोग्राफर मेहमत असलनले एउटा यस्तो तस्बिर खिचेका छन् जसले धेरैलाई भावुक बनाउन सक्छ । यो तस्विरले भावुक मात्रै बनाउँदैन यसले जीवनमा हारिसकेका मानिसहरुको हौसला बढाउने कामसमेत गर्छ । यो तस्बिर मार्फत् एक बाबु–छोराको प्रेम देखाइएको छ जो असंख्य समस्या र पीडाबीच पनि हाँसिरहेका छन् । यो तस्विरलाई वर्षको सर्वश्रेष्ठ फोटोको रुपमा चुनिएको […]

विद्रोहीको आक्रमणले जम्मु–कश्मीरमा पाँच जना भारतीय सैनिकको ज्यान गयो

काठमाण्डाै । जम्मु–कश्मीरमा विद्रोही समूहको आक्रमणमा पाँच जना भारतीय सैनिकको ज्यान गएको छ । जम्मु–कश्मीरको पुन्छ जिल्लामा सेनाले चलाइरहेको आतङ्कवाद विरोधी अभियानका क्रममा विद्रोही समूहले गरेको आक्रमणमा परि सेनाका एक अधिकृत र चार जवानसहित पाँच जनाको ज्यान गएको बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमध्ये दुई जना पञ्जाबका राज्यका छन् । पञ्जाब मुख्यमन्त्री चरणजित सिंह चन्नीले […]

पत्रकार मारिया रेसा र दिमित्री मुराटोभले जिते यस वर्षको शान्ति पुरस्कार

एजेन्सी । यस वर्षको नोबेल शान्ति पुरस्कार फिलिपिन्सकी पत्रकार मारिया रेसा र रुसका पत्रकार दिमित्री मुराटोभलाई प्रदान गरिएको छ । अभिव्यक्ति स्वतन्त्रताको पक्षमा गरेको योगदानलाई कदर गर्दै उक्त पुरस्कार पत्रकारद्वयलाई प्रदान गरिएको हो । नर्वेको नोबेल समितिका अध्यक्ष बेरिट रीस-एन्डरसनले भने, ‘यो अभिव्यक्ति स्वतन्त्रताको रक्षा को लागि उनीहरूले गरेको प्रयासको सम्मान हो जो लोकतन्त्र र […]