लामो विवादपछि अन्ततः पाकिस्तानमा गैरमुस्लिमका लागि आरक्षण र संरक्षण

इस्लामाबाद । पाकिस्तानको संसदले लामो बहस र कानुनी विवादपछि अन्ततः अल्पसंख्यक अधिकार विधेयक २०२५ पारित गरेको छ। ७९ विरुद्ध १६० मतले पारित यस ऐनले मुलुकमा गैर–मुस्लिम समुदायको अधिकार संरक्षणका लागि स्वतन्त्र र शक्तिशाली आयोग गठन गर्ने संवैधानिक मार्ग प्रशस्त गरेको छ। यससँगै २०१४ मा सर्वोच्च अदालतले दिएको निर्देशन अल्पसंख्यक अधिकार संरक्षणका लागि स्वतन्त्र निकाय गठनको […]

दिल्लीमा भीषण आगलागी, ४ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको राजधानी दिल्लीको सङ्गम बिहार क्षेत्रको टिग्री एक्सटेन्सनको ब्लक बीमा रहेको चारतले भवनमा शनिबार साँझ भीषण आगलागी भएको छ। यस घटनामा अहिलेसम्म चार जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर रूपमा जलेका छन्। शनिबार साँझ ६:१५ बजेतिर भुइँतलामा रहेको जुत्ता पसलमा आगो लागेको थियो। अचानक आयो फैलिएपछि भाग्न नसक्दा चार जनाको […]

सफ्टवेयरमा गडबडीपछि एयरबसका ६ हजार जहाज अस्थायी ग्राउन्डेड

काठमाडौँ । विश्वका ६ हजार भन्दा बढी जहाजहरू शनिबार अस्थायी रूपमा ग्राउन्डेड भएका छन्। युरोपेली विमान निर्माता कम्पनी एयरबसले ए३२० सिरिजका विमानको सफ्टवेयरमा समस्या देखिएकाले सबै विमानहरुमा त्यसको चेकजाँच गर्नू भनेपछि विश्वका विभिन्न एयरलाइन्सहरूको उडान अवरूद्ध भएको हो। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार गत अक्टोबर ३० मा मेक्सिकोको क्यानकुनबाट न्यू जर्सी उडेको जेटब्लु अचानक उचाई […]

यी १९ देशका नागरिकको ग्रीनकार्ड पुनः जाँच गर्ने अमेरिकी घोषणा

काठमाडाैँ । अमेरिकाले १९ देशका नागरिकलाई विगतमा प्रदान गरिएको ग्रीन कार्ड (स्थायी आवास अनुमति पत्र) पुनः जाँच गर्ने घोषणा गरेको छ। अमेरिकन सिटिजनसिप एन्ड इमिग्रेशन सर्भिसेजका प्रमुख जोसेफ एड्लोका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले ती देशका नागरिकका ग्रीन कार्ड कडाइका साथ पुनः जाँच गर्न निर्देशन दिएका छन्। बीबीसीका अनुसार जाँचको सूचीमा अफगानिस्तान, क्यूबा, हैटी, इरान, सोमालिया, […]

बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन

काठमाडौँ । बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको निधन भएको छ। टाइम्स अफ इन्डियाका अनुसार उनको ८९ वर्षको उमेरमा सोमबार मुम्बईस्थित आफ्नै निवासमा निधन भएको हो। सन् १९६० बाट अभिनय यात्रा सुरू गरेका धर्मेन्द्रले ३०० भन्दा बढी फिल्ममा अभिनय गरेका छन्। ‘शोले’ मा बहुचर्चित वीरूको भूमिकासहित ‘फूल और पत्थर’, ‘सीता और गीता’, ‘चुपके चुपके’, ‘प्रतिज्ञा’ र ‘धर्म […]

लगातार वर्षापछि भियतनाममा बाढीपहिरो, कम्तिमा ९० जनाको मृत्यु

काठमाडौं । भियतनाममा भीषण बाढी र पहिरोका कारण एक हप्ताको अवधिमा कम्तीमा ९० जनाको ज्यान गएको छ । अक्टोबरको अन्त्यदेखि दक्षिण–मध्य भियतनाम लगातार वर्षाको चपेटामा परेपछि पर्यटकीय सहरहरू बारम्बार डुबानमा परेका छन ्। यसले करोडौं डलर बराबरको आर्थिक क्षति पुर्‍याएको बताइन्छ । तटीय सहर न्हा ट्राङका विस्तृत क्षेत्र पानीमा डुब्दा प्रख्यात पर्यटन केन्द्र दा लाट […]

ट्रम्पसँग नजिकको सम्बन्ध रहेका ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो पक्राउ

काठमाडौँ । ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारो पक्राउ परेका छन्। शनिबार राजधानी ब्रासिलियास्थित पूर्वराष्ट्रपति बोल्सोनारोकै निवासबाट उनलाई प्रहरीले पक्राउ गरेको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ। उनीमाथि २०२२ को चुनाव हारेपछि ‘कु’ प्रयास गरेको आरोपमा अदालतले २७ वर्षको जेल सजाय सुनाएको थियो। अदालतको उक्त फैसला कार्यान्वयनका लागि बोल्सोनारोलाई पक्राउ गरिएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै सिएनएनले लेखेको छ। उनका […]

बङ्गलादेशले शेख हसिनाको विषयमा चाल्यो अर्को ‘कठोर’ कदम

काठमाडौँ । बङ्गलादेशमा मोहम्मद युनुसको अन्तरिम सरकारले शेख हसिनाकाे विषयमा ‘कठाेर’ कदम चालेकाे छ । युनुसको अन्तरिम सरकारले प्रेस सेन्सरशिप लागू गर्ने दिशामा कदम चालेको छ । विशेष न्यायाधिकरणले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएपछि, युनुस सरकारले छापा, इलेक्ट्रोनिक र अनलाइन मिडिया आउटलेटहरूलाई अपदस्थ प्रधानमन्त्री शेख हसिनासँग सम्बन्धित कुनै पनि बयान प्रकाशित वा प्रसारण […]

माडवी हिड्मा : नक्सल आन्दोलनको त्यो आदिवासी अनुहार, जसले युद्धनीति नै बदलिदियो

काठमाडौँ । भारतको दक्षिण बस्तरका घना जंगलहरूमा वर्षौंदेखि एक नाम फुसफुसाहट जस्तै गुन्जिरहन्थ्यो— हिड़मा। माड़वी हिड़मा— कसैका लागि ‘खूँखार’ माओवादी कमाण्डर, भने स्थानीय युवाहरूका लागि ‘बस्तरको नायक’। हालै सुरक्षा निकायले एक ‘मुठभेड़’मा उनको मृत्यु भएको दाबी सार्वजनिक गरे पनि बस्तरमा उनको कथा अझै वर्षौंसम्म सुनिरहनेछ। सन् १९८१ मा छत्तीसगढको सुकमा जिल्ला अन्तर्गत पर्ने पुवर्ती गाउँमा […]

बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय

ढाका । बंगलादेशमा गत वर्ष विद्यार्थी आन्दोलन दबाउन ‘मानवताविरुद्धको अपराध’ गरेको भन्दै त्यहाँको अदालतले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ । अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी)ले सोमबार हसिनालाई मृत्युदण्ड हुने सजाय सुनाएको हो । न्यायाधीश गुलाम मुर्तजाको नेतृत्वमा न्यायाधीशद्वय मोहम्मद अफीउल आलम महमुद र मोहम्मद मोहितुल हक एनाम चौधरीसमेत रहेको तीन सदस्यीय इजलासले उक्त […]