एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर गरेका छन् । सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गा अघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने गरी प्रस्तुत गरिएको आरोप लगाउँदै बेलायती प्रसारक बीबीसीविरुद्ध उक्त मुद्दा दायर गरेका हुन् । फ्लोरिडाको मियामीस्थित सङ्घीय अदालतमा सोमबार दायर […]
विश्व
अष्ट्रेलिया गोलीकाण्डमा मृतकको संख्या १५ पुग्यो, ४० जना घाइते
काठमाडौं । अष्ट्रेलियाको सिड्नीस्थित बोन्डी बीच (समुद्री तट) मा भएको गोलीकाण्डमा एक १० वर्षीया बालिकासहित कम्तीमा १५ जनाको मृत्यु पुष्टि भएको छ । यस घटनालाई अष्ट्रेलियामा करिब तीन दशकयताकै सबैभन्दा भयावह सामूहिक गोलीकाण्डका रूपमा लिइएको छ । आइतबार स्थानीय समयअनुसार साँझ ६:४७ बजे बोन्डी बीच नजिकैको पार्कमा गोली चलेको थियो । प्रहरीका अनुसार मृतकमध्ये एक जना […]
ट्रम्पले दबाब बढाइरहँदा भेनेजुएलाका राष्ट्रपतिलाई पुटिनको फोन
काठमाडौँ । अमेरिकाको चर्को दबाब खेपिरहेका भनेजुएलाका राष्ट्रपति निकोलस मदुरोसँग रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले टेलिफोन संवाद गरेका छन्। बिहीबार पुटिनले मदुरोसँग कुराकानी गरेको क्रेमलिनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ। टेलिफोन संवादमा पुटिनले भेनेजुएलाको सार्वभौमसत्ता,अखण्डता र मुलुकको हितका लागि लागि राष्ट्रपति मदुरोले लिने नीतिमा समर्थन रहने बताएका हुन्। रूसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले […]
भ्रष्टाचार आरोपमा चिनी बैंकरलाई मृत्युदण्ड
बेइजिङ । चीनले राज्य नियन्त्रित सम्पत्ति व्यवस्थापन कम्पनीका पूर्व कार्यकारीलाई भ्रष्टाचारको आरोपमा मंगलबार मृत्युदण्ड दिएको चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् । चिनियाँ हुआरोङ इन्टरनेसनल होल्डिङ्स (सिएचएच) की पूर्व महाप्रबन्धक बाई तियानहुईलाई सन् २०१४ देखि सन् २०१८ को बीचमा परियोजनाहरूको अधिग्रहण र वित्तपोषणमा अनुकूल व्यवहार गर्ने क्रममा १५६ मिलियन डलरभन्दा बढी रकम स्वीकार गरेको अभियोगमा दोषी […]
गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु (नामावलीसहित)
काठमाडौं । भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा परी चार नेपालीको पनि मृत्यु भएको खुलेको छ । सो घटनामा कुल २५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते छन् । घटनामा मृत्यु हुने २० जना क्लबका कर्मचारी हुन् भने उनीहरूमध्ये चार जना नेपालका नागरिक भएको गोवा सरकारले सार्वजनिक गरेको […]
अमेरिकाको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिप्रति रुस ‘सकारात्मक’, युरोपद्वारा आपत्ति
मस्को । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सार्वजनिक गरेको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिलाई रुसले स्वागत गरेको छ। मस्कोले उक्त रणनीति आफ्नो दृष्टिकोणसँग ‘धेरै हदसम्म मेल खाने’ बताएको हो। यस हप्ता सार्वजनिक गरिएको ३३ पृष्ठ लामो दस्ताबेजमा युरोपले ‘सभ्यता मेटाउने’ जोखिमको सामना गरिरहेको उल्लेख गरिएको छ र यसले रुसलाई अमेरिकाका लागि खतराको रूपमा चित्रण गरेको छैन। […]
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
गोवा । भारतको तटीय क्षेत्र गोवास्थित एक प्रसिद्ध नाइट क्लबमा आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीको विश्वास छ । गोवाका प्रहरी महानिर्देशक […]
अर्बौँ डलरको एआई पूर्वाधार निर्माण सम्झौता
सिड्नी, अस्ट्रेलिया । कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा ऐतिहासिक कदम चाल्दै ओपनएआई र अस्ट्रेलियाली डाटा–सेन्टर अपरेटर नेक्स्टडीसीबीच सिड्नीमा अर्बौँ डलरको एआई पूर्वाधार निर्माण गर्ने सम्झौता सम्पन्न भएको छ। शुक्रबार सार्वजनिक गरिएको विज्ञप्तिअनुसार दुवै कम्पनीले पश्चिमी सिड्नीमा अत्याधुनिक ‘एआई क्याम्पस’ र उच्च क्षमताको ‘जिपियु सुपरक्लस्टर’ निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। नेक्स्टडीसीको S7 साइटमा बन्ने उक्त क्याम्पसलाई […]
मोदीले पुटिनलाई उपहारमा दिए रूसी भाषामा अनुवाद गरिएको भागवत गीता
काठमाडौँ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन भारत पुगेका छन्। पुटिन आइतबार बेलुकी दिल्लीस्थित पालम विमानस्थलमा अवतरण गरेका थिए। उनलाई स्वागत गर्न प्रधानमन्त्री मोदी विमानस्थलमै पुगेका थिए। एयरपोर्टमा स्वागतपछि पुटिन र मोदी एउटै गाडी चढेर ७ लोक कल्याण मार्ग पुगेका बिबिसीले जनाएको छ। ७ लोक कल्याण मार्ग प्रधानमन्त्री मोदीको आवास हो। मोदीले आयोजना गरेको निजी रात्रिभोजपश्चात पुटिनलाई रूसी […]
पुटिनसँग कुरा गरेर फर्केका ट्रम्पका दूत विटकफले फेरि युक्रेनसँग छलफल गर्ने
काठमाडौँ । रूस र युक्रेनको युद्ध अन्त्य गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजनाबारे रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग छलफल गरेपछि ट्रम्पका विशेष दूत स्टिभ विटकफले फेरि युक्रेनसँग वार्ता गर्ने भएका छन्। ट्रम्पका ज्वाइँ जेरेड कुश्नर र विटकफको पुटिनसँग मंगलबार पाँच घण्टा भएको छलफल निष्कर्षविहीन टुंगियो। कुराकानीपछि पुटिनका सहयोगी युरी उशाकोभले समाधान नभएका भूमिजन्य विषयहरूलाई मुख्य अवरोधका […]











