कुवेतमा चार नेपालीको मृत्यु

एजेन्सी, कुवेतको अल–मुत्ला क्षेत्रको एक निर्माणस्थलमा कार्यरत चार नेपालीको ज्यान गएको छ । कुवेत टाइम्सका अनुसार निर्माणस्थलमा कार्यरत उनीहरुमाथि बालुवा र ग्राभल खस्दा मृत्यु भएको हो। सो दुर्घटनामा अन्य तीन जना कामदार हराइरहेका छन्। उनीहरुको परिचय भने खुलाइएको छैन। समाचारमा ज्यान गुमाएका नेपालीहरु त्यहाँको चिनियाँ कम्पनीमा कार्यरत थिए । ब्लक १, एन फाइभमा काम गर्ने […]

केजरीवालले रामलिला मैदानमा मुख्यमन्त्रीको शपथ लिने

एजेन्सी । दिल्ली विधानसभा चुनावमा भारी बहुमतका साथ जित हात पारेपछि आम आदमी पार्टीले अरविन्द केजरीवाललाई विधायक दलको नेता चयन गरेको छ। केजरीवालले आइतबार (फेब्रुअरी १६) मा दिल्लीको रामलिला मैदानमा तेस्रो पटक दिल्लीको मुख्यमन्त्रीको सपथ लिने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनले बुधबार बिहान राजभवन पुगेर उपराज्यपाल अनिल बैजलसँग भेट गरेका थिए। करिब १५ मिनेट भएको […]

पुल्चोकको एक पसल करोडौको सुन चोरेर भाग्दै गरेका तीन भारतीयलाई थानकोटमा प्रहरीले यसरी पक्रियो

काठमाडौं, २९ माघ । ललितपुरको पुल्चोक क्षेत्रको एक सुन पसलबाट करोड बढीको सुन लुटिएको छ । प्रहरीले एक सुन पसलबाट लुटेको एक करोड बराबरको सुनसहित तीन भारतीय पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग पुल्चोक र अपराध महाशाखा ललितपुरको टोलीले उनीहरूलाई सतुंगल र थानकोटबाट पक्राउ गरेको हो । एक साताअघि रातको समयमा पसल फोडेर ‘सेफ’ […]

नासाकी महिला अन्तरिक्षयात्रीले बनाइन् नयाँ इतिहास

२८ माघ, अमेरिकी अन्तरिक्ष निकाय नासाकी क्रिस्टिना कुकले महिलाले गरेको अहिलेसम्मकै लामो अन्तरिक्षयात्रा पूरा गरेकी छन्।कुक चढेको रुसी सोयुज अन्तरिक्षयानले गत साता शुक्रवार जीएमटी ९:१२ बजे काजकस्तानको मैदानमा अवतरण गरेको थियो। अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा ३२८ दिन बिताएर उनले यसअघि अमेरिकाकी अन्तरिक्षयात्री पेगी विट्सनको कीर्तिमान भङ्ग गरेकी हुन्।कुकको कीर्तिमान अमेरिकाका पुरुष अन्तरिक्षयात्री स्कट केलीको […]

चीनमा कोरोना भाइरसबाट मर्ने १ हजार १६ नाघ्यो

एजेन्सी, माघ २८ । चीनमा कोरोना भाइरसबाट हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएपछि केही वरिष्ठ अधिकारीलाई कारवाही गरेको छ । सरकारले हुबेईको स्वास्थ्य आयोगका पार्टी सचिवलगायत आयोगका प्रमुखलाई कार्वाही गरेको हो । यसरी पद गुमाउनेमा स्थानीय रेडक्रसका डेप्युटी जनरल पनि छन् । उनलाई कर्तव्यबाट पछि हट्दै चन्दा संकलन गरेको भन्दै हटाइएको हो । सोमबार मात्रै १०३ […]

महान् फुटबलर पेले लाजको कारण घरबाट निस्कदैनन्

काठमाडौं, २८ माघ । ब्राजिलका महान् फुटबलर पेले लाजका कारण आफ्नो घरबाट निस्कन नसक्ने उनका छोराले बताएका छन् । उनी कसैको सहारा बिना हिंड्न सक्दैनन् त्यसकारण उनलाई घरबाट बाहिर निस्कन लाज लाग्ने छोराले बताएका छन् ।  तीन पटक विश्वकप बिजेता उनलाई सर्वोत्कृष्ट खेलाडीको रुपमा लिइन्छ । पिसाब संक्रमणका कारण उनलाई गत वर्ष अस्पताल पुर्‍याइएको थियो […]

दिल्लीमा आम आदमी पार्टीको अग्रता, मोदीको पार्टीलाई धक्का

एजेन्सी, २८ माघ । दिल्लीको विधानसभा निर्वाचनको मतगणना सुरु भएको छ । प्रारम्भिक गणनामा दिल्लीको सत्तारूढ आम आदमी पार्टी आप ले अग्रता लिइरहेको छ । केन्द्रीय सत्ताधारी प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी भाजपा भने सुरुमा निकै पछि परेको छ । एक र्कायकाल दिल्लीको सत्ता चलाइरहेको आपले यसपटक पुनः ठूलो जित हासिल गर्ने विभिन्न […]

कोरोना भाइरसविरुद्ध लड्न सक्ने क्षमता छ: चिनियाँ राष्ट्रपति

एजेन्सी काठमाडौं, २८ माघ । चिनियाँ राष्ट्रपति सी चिन फिङले कोरोना भाइरसविरुद्ध लड्न सक्ने आफ्नो क्षमतामा विश्वस्त हुन आग्रह गरेका छन् । चीनको वुहान शहरबाट गत डिसेम्बरमा फैलिएको भाइरसका कारण एक हजार भन्दा बढीको मृत्यु भएसकेको छ । चीनले भाइरसको महामारी नियन्त्रण गर्न नसकेको भन्दै सर्वत्र आलोचना भइरहेका बेला राष्ट्रपति सीको यस्तो भनाइ आएको हो […]

विधानसभा चुनावको मतगणना सुरु: आम आदमी पार्टी अगाडि

काठमाडौं, २८ माघ । दिल्ली विधानसभा चुनावको मतगणना आजबाट शुरु भएको छ । आज बिहानबाट सुरु भएको मतगणनाको प्रारम्भिक नतिजाहरुमा अरविन्द केजरीवाल नेतृत्वको सत्तासिन आम आदमी पार्टी अगाडि देखिको छ । प्रतिष्पर्धी मानिएको भारतीय जनता पार्टी भाजपा दोश्रो स्थानमा रहेको छ भने भारतीय काँग्रेस तेस्रो स्थानमा रहेको छ । विधानसभाको चुनावमा आम आदमी पार्टीले नै […]

अस्ट्रेलियामा परेको भारी वर्षाले ७५ हजार घर डुबानमा

एजेन्सी, अस्ट्रेलियाको सिड्नीमा परेको भारी वर्षाले जनजीवन प्रभावित भएको छ । भारी वर्षापछि आएको बाढीले त्यहाँ ७५ हजारभन्दा बढी घर डुबानमा परेका छन्। अधिकारीका अनुसार यो पछिल्लो दुई महिनायताकै यो सबैभन्दा ठुलो वर्षा हो । बाढी बस्तीमा पसेपछि यातायात ठप्प भएको छ भने हजारौं मानिस विस्थापित भएका छन् । रुख ढलेर बाटो अवरुद्घ हुने सम्भावना […]