अस्ट्रेलियामा परेको भारी वर्षाले ७५ हजार घर डुबानमा

एजेन्सी, अस्ट्रेलियाको सिड्नीमा परेको भारी वर्षाले जनजीवन प्रभावित भएको छ । भारी वर्षापछि आएको बाढीले त्यहाँ ७५ हजारभन्दा बढी घर डुबानमा परेका छन्। अधिकारीका अनुसार यो पछिल्लो दुई महिनायताकै यो सबैभन्दा ठुलो वर्षा हो ।

बाढी बस्तीमा पसेपछि यातायात ठप्प भएको छ भने हजारौं मानिस विस्थापित भएका छन् । रुख ढलेर बाटो अवरुद्घ हुने सम्भावना अझै रहेको अधिकारीले जानकारी दिएका छन् । सिड्नीको मौसम विभागका अनुसार त्यहाँ ४०० मिलिलिटर पानी परेको छ । बाढीले विद्युत आपूर्तिसमेत कटौती भएको छ ।

Loading...